~डिल्लीराज आचार्य~
जयजय नेपाल
जय नेपाल
जन्मभूमि कर्मभूमि,
पूण्यभूमि नेपालीको
मेची र काली तराई पहाड
साथ छ सधै हिमालीको
शान्तिको प्रतीक बुद्दको देश
संसारको छानो सगरमाथा
स्वतन्त्र सधै स्वाभिमानी सबै
जनमुक्तिको उच्च वलिदानी कथा
सामन्ती जरो उखेल्दै चढ्ने
मिलेर सधै अगाडि बढ्ने
स्वच्छ र सुन्दर शान्त यो नेपाल
जय जय नेपाल जय नेपाल
डिल्लीराज आचार्य
(२०६३।४।३१ गते राती ९ वजे शब्द ४९, राष्टियगानको रचनाको सन्दर्भमा)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)