~जसु पुन~
चाहे म जहाँ बसे पनि, जता रहे पनि
तिम्रो याद हरदम-हरपल मेरो साथ छ,
चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि
तिम्रो हर धड्न मेरो साथ छ।
जिन्दगीको यो सुनौलो यात्रामा
हरबखत तिम्रो माया, मेरो साथ छ,
तिमीलाई भनुँ या नभनु,यो मेरो भाबनामा
तिम्रो न्यानो माया मात्रै मेरो साथ छ ।
लाग्छ जिन्दगि कस्तो यात्रा रहेछ..??
कहिल्यै पनि नटुंगिने,
लाग्छ माया कस्तो खानी रहेछ..??
जो कहिले नरित्तिने।
चाहे म जहाँ बसे पनि,जता रहे पनि
तिम्रो याद हरदम-हरपल मेरो साथ छ,
चाहे म अहिले तिम्रो नजरमा, नरहे पनि
तिम्रो हर धड्न मेरो साथ छ।
जसु पुन
दाङ नेपाल
हाल इजरायल बाट