कविता : माफ गर्नुहोला मेडम

~बि कुलुङ रंगबुले राई~

आउनु होस् याहाँ
चाहे सौदागार बनेर
चाहे भ्रमणकारी बनेर
चाहे पर्यटकको नैं रूपमा
निर्धक्कसितले यहाँ
आउनु होस्
मेडम !
सदैव हाम्रो
न्यानो स्वागत छ हजुरलाई
भव्य खुल्ला मंञ्च तयार छ
हजुरको निम्ति यहाँ
साथै
कान टोकुवा हाम्रा
स्थानिय यी हेभिवेट
माइक टाइशनहरू
लगायत
कान टोकी माग्ने
स्थानीय ती हेभिवेट
होलिफिल्डहरू पनि
गोजीमा नै छ हजुरको
अनि
माइकल, माइकल्नी
ज्याक्सन मनहरू चाँहि
नाँच्नलाई
फेरि पनि आँतुर नै छन्
मेडम आँतुर नै छन् यहाँ
आउनु होस्
मेडम !
चाहे व्यापारी नै बनेर,
चाहे भ्रमणकारी बनेर,
चाहे पर्यटकको नै रुपमा
तर
आश्वासनको डोजर
सँधै जस्तै
आफुसंगै लिएर आउनु होला
अनि, त्यो आश्वासनको डोजर
चडाई
कुल्चेर गइदिनु होस्
यी हाम्रा
स्थानीय टाइशन,
होलिफिल्ड अनि
माइक ज्याकसनहरूको छातीमा
तर
त्यो साइकलहरू चाँहि
तलतिर नै बाँडिदिनु होला,मेडम
गएको सालझै
आउनु होस मेडम
दिल खोलेर आउनु होस्
चाहे व्यापारीको रूपमा
चाहे भ्रमणकारीको रूपमा
या भोट भिकारीकै रूपमा
विन्ती छ मेडम !
दया गरेर
यो दुर्गमी अविकासित ठाँउलाई
विदेशी स्विसहरूको रैथाने
स्विटजरल्याण्ड चाँहि
नभनि दिनु होला कहिल्यै
माफ गर्नु होला मेडम !
यो गोर्खाल्याण्ड हो
यो गोर्खाल्याण्ड नै रहनेछ
विगतको जस्तै
यहाँ रबर बुलेटहरूका,
आश्रु ग्यासको गोला अनि
थ्रीनट थ्रीको बुलेटको खोकाहरू
हजुर मेडमको दया धर्ममा
काँचो खनिज पर्दाथहरू झैं बनेर
व्यापारवाणिज्यको रुपमा
फस्टाएर जाने छ यश !!

-दार्जिलिङ्ग भारत

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.