~अर्जुन उपाध्याय~
कती उज्यालो छ यो संसार
फेरी किन यती अन्ध्यारो छ ?
जलले छ्याप्त छ यो संसार
फेरी किन यती प्यासी छ ?
नियम कानूनको भण्डार हो संसार
फेरी किन यती अन्याय छ ?
ईश्वरको थलो हो यो संसार
फेरी किन यती अधर्म छ ?
पूर्ण स्वतन्त्र छ यो संसार
फेरी किन यस्तो अमानविय बन्धन छ ?
– अर्जुन
कपिलवस्तु , नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)