गजल : नखुलेको आकाश खुलेर आयो

~रवि प्राञ्जल~Ravi Pranjal

नखुलेको आकाश खुलेर आयो
उ सायद यो बाटो भुलेर आयो

झर्यो त के भो त्यो जुई र जाइ
त्यो पलास मनमा फुलेर आयो

न तर्न सक्नु न त डुब्न सक्नु
यो भेल कस्तो उर्लेर आयो

पीडा भुलाउन उठाएँ प्याला
यो प्यालामा आशु घुलेर आयो

भर्खरै फुलेको फूल’थ्यो ‘रवि’
आँसुको झरीमा रुझेर आयो

गजल सङ्ग्रह : उही बाढी उही भेल(२०६०)
शब्द : रवी प्राञ्जल
स्वर : सजल न्यौपाने
सङ्गीत : सागर न्यौपाने
एल्बम : सजल न्यौपानेको “नमन” र रवी प्राञ्जलको “प्यालामा आँसु”

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.