समीक्षा : कवि सिद्धिचरण र जूनकीरी

~विष्णुप्रसाद शर्मा~

जस्तै हओस् प्रकृति नूतन, स्वच्छ ताजा
जन्माउँछे सरस भार र स्नेह साजा
बाँझो रहन्छ, नभए मनभित्र प्रेम
हो प्रेेम नै सब कुरा मधु-दिव्य धाम ।

कवि सिद्धिचरण श्रेष्ठको उत्कृष्ट नव्यकाव्य जूनकीरीभित्रका कैयन कलात्मक सुन्दर श्लोकमध्येको एउटा श्लोक हो, यो । यसमा कविले सच्चा प्रेमलाई सृष्टिकर्ता ब्रहृम मानेका छन् । सिद्धिचरण श्रेष्ठद्वारा सृजित स्वच्छतावादी सामाजिक आदर्शोन्मुख यथार्थवादी काव्यधाराको अनुपम छटा हो ‘जूनकीरी’ खण्डकाव्य । धार्मिक आडम्बर, जातीय विभेदमाथि सच्चा मानवीय प्रेमको विजयको जयगान हो यो । जुरे क्षेत्री र जूनकीरी लमेनीका पवित्र प्रेमको घामछाया र घामको अनुपम सङ्गम यसमा पढ्न पाइन्छ । हिंसत्वमाथि बुद्धत्वको विजय देखाइएको धार्मिक सहिष्णुताको कालजयी रचना हो, यो ।

जूनकीरी नव्यकाव्य वर्णमात्रिक छन्दमा लेखिएको ३११ श्लोकद्वारा आख्यान पूरा भएको नौ उच्छ्वासभा
बाँडिएको मझौला आयामको रचना हो । यसमा कवित्वमा र आख्यानीकरणबीच अनुपम मिलन देखिन्छ । न त आख्यान अगाडि बढाउँदा कवित्व कमजोर भएको छ न त कवितात्मकतिर कवि जाँदा आख्यान बरालिएको छ । यस काव्यमा कर्मको सुख के हो प्रश्नका उत्तर कविले यसरी दिएका छन्-

भारी लिएर दिनहुँ वन दाउराको
विश्रान्ति निम्ति रूखमुन्तिर पल्टिनाको
शौभाग्य छैन जसको उसलाई भित्र
के थाह कर्म सुखको जीवनको पवित्र

दुःख भोगेपछि मात्र सुखको अनुभूत गर्न सकिन्छ भन्ने कविको मान्यता छ । त्यस्तैगरी मानिसको जवानीलाई पनि कविले उलर्ंदो नदीसँग तुलना गर्दै यसलाई बेलैमा ठेगान लगाउनुपर्ने कवितामार्फत व्यक्त गर्छन्-

हो उर्लंदो नदीसमान नयाँ जवानी
जो जान खोज्छ सदैव किनार नाधी
जो सामु पर्छ त्यसलाई अँगाल्न पुग्छ
यै हेतु, लाउन कुलो अघि सर्न पर्छ ।

मस्त जवानीमा युवायुवतीमा एक-अर्काप्रति प्रेमभाव जागृत भएपछि कसरी ऊ प्रेममा मग्न बन्छ भन्ने कुरा जूनकीरीको प्रेमी जुरेको व्यवहारबाट थाहा हुन्छ-

आँखा उतैतिर छ, कान उतै दगुर्छ
हर्दम् उही हृदयमाझ धुमिरहन्छ
एक्कासि शब्द मुखबाट ‘जुनू’ चाहिन्छ
यो प्रेमको विजय घोष अचिन्त्य बन्छ ।

जुरे क्षेत्रीपट्ट िलहसिन लागेको थाहा पाएर रणवीर लामा आˆनो जात मिल्दो वर खोजेर हर्केसँग जूनकीरीको निवाह गर्ने कुरा तय गर्छ । जूनकीरी हर्केसँग विवाह नगर्ने कुरामा दृढ छ । उक्त कुरा खुलस्तसँग आˆनो बाबु रणवीर लामा र हर्के दुवैलाई बताइदिन्छे । रणवीरले जुरेलाई बोलाएर जातपात नमिल्ने र विवाह हुन नसक्ने कुरा भन्दा जुरे बरु प्रेमका निमित्त स्वजाति र स्वधर्मको बलिदान गर्न तयार हुन्छ र भन्छ-

हो भन्नुहुन्छ यदि जात मिलेन हाम्रो
त्यो जात वास्तविक होइन तथ्य राम्रो
राजी मलाई छ, म बन्छु सहर्ष तामाङ
यो जातको जलप शीध्र म पुछ्न सक्छु ।

उता ‘जुनू’ जस्ती अनुपम अप्सरा युवतीसँग विवाह गर्न पाउने आसले प्रमत्त हर्के जूनकीरीले आˆनै अगाडि आफूसँग विवाह हुन नसक्ने बताएपछि आगो हुन्छ । ऊ आˆनो विवाहमा तगारो नबन्न जुरेलाई सम्झाउन थाल्छ-

यौटा छ म्यान दुइटा तरवार हामी
पाइन्न पस्न यसमा दुइटै नमानी
लौ के गराँै भन स्वयम् अब लौ मलाई
प्यारो छ ज्यान त तिमीलाई हटिदेऊ भाइ ।

यता जुनू र आˆनो पवित्र प्रेममा बाधक बनेर देखापर्न थालेको हर्के आक्रोश व्यक्त गर्दै सगर्व जुरे कड्कन्छ-

यसको जवाफ पनि चट्ट दियो जुरेले
‘नाङ्लो ठटाईकन हट्छ र हात्ती कैले
मेरी जुनू मसित नै उनको छ नाता
व्यर्थै तिमी अघि सरी नबढाऊ टन्टा ।

एक युवतीका निमित्त दुई युवक आपसमा मल्ल युद्ध गर्छन्, जुन शक्ति देश निर्माणका निमित्त खर्च गर्नुपथ्र्यो । यी दुवैको कुस्ताकुस्ती, भकुराभकुरपछि जुरे मरणासन्न अवस्थामा पुग्छ । जुरेलाई त्यस अवस्थामा पुर्‍याएकोमा हर्केमा पश्चाताप हुन्छ । गाउँले जूनकीरी पाउने जुरेको सपना सपनामै सीमित रहने भयो, के जुरे बाँच्न सक्ला त भन्न थाल्छन्-

हा पाउने जूनकीरी उसको मुराद
के फेरि पूर्ण कहिले नहुने भयो त ?
के आजसम्म जति जे उसले गरेको
भत्केर त्यो सकल मिल्छ त शून्यभित्र ?

जूनकीरीमा जुरेप्रतिको प्रेम झनै खारिन्छ । जुरेको त्यो अवस्था हुनुमा आफू जन्मनुको दोष हो भन्दै ऊ भन्छे-
मेरो स्वजन्म जगमा नहुँदो भए त जुरेकनै विपत यो खनिने थिएन

चिन्ता प्रचण्ड नि त अग्नि बनेर जल्दा
प्यारो भयो झन् सुनैसरि खारिएको ।

गाउँको युवक जुन आˆनो सहयोगी हो त्यसलाई अनाहकमा घाइते बनाउने व्यक्ति हर्के तामाङलाई छोरीको विवाह गराउनु ठीक होइन भनी मुखिया रणवीरको मन परिवर्तन हुन्छ । आˆनो जीवनको अन्तिम क्षणमा छोरीलाई बोलाएर आˆनो इच्छाएको व्यक्तिसँग विवाह गर्न अनुमति दिन्छ । आफूले विवाह गराइदिएर पुरानो प्रथाको बागी बन्न भने ऊ चाहँदैन ।

हर्केमा आत्मज्ञान प्राप्त हुन्छ र आफूले गरेको गल्ती स्वीकार गर्छ । ऊ रणवीर लामाको नाममा स्तूप बनाउन फेरि चखेल र्फकन्छ र जूनकीरीलाई प्रस्ट भन्छ-

कर छैन चित्त नबुझे नगरे विवाह
हर्के स्वतन्त्रसित बस्न नि गर्छ चाह ।

जुरे अपाङ्ग भएर घर र्फकन्छ, जुनू उसलाई आˆनो प्रेम अझै खारिएको सुनझैँ भएको विश्वास दिलाउँछे । अर्कोतिर हर्केमा कुनै इष्र्याभाव छैन ऊ स्पष्ट भन्छ-

पोथी निमित्त मरिमेटिरहेर खालि
के काम गर्नु धन इज्जत धर्म फाली
मेरो निमित्त त विहार बिहा हुने भो
आनन्द सर्व-हितनिम्ति त्यहाँ हुने भो ।

विहार बनाएर सबतिर आनन्दको शीतल वषर्ा गराउने, शान्तिको दूत भएर हिँड्न तम्सने हर्के आˆनो प्रेममा हार भएको र जुरे र जूनकीरी जित भएको कुरा यसरी ओकल्छ-

तिम्रै छ जित, म भएँ हरुवा सधैँको
सन्मान गर्छु म झुकेर तिमी दुवैको

रुन्चे पिन्चे तथा अवलाका रूपमा नारी पात्र प्रयोग भइरहेको नेपाली साहित्यमा आˆनो निर्णयप्रति अटल रहने दृढ विश्वासी नारी पात्र जन्माउने नेपाली साहित्यको पहिलो कवि श्रेष्ठ नै हुन् । स्वच्छ प्रेेमको क्षेत्रका कवि सशक्त कवि सिद्धिचरण श्रेष्ठको ‘जूनकीरी’ नव्यकाव्य यथार्थवादी धाराको विशिष्ट सशक्त उपलब्धि ठहरिन आएको छ ।

यस कृतिको प्रकाशनले एउटा कोसेढुङ्गारूपी खण्डकाव्य नेपाली साहित्यले पाएको छ ।

(स्रोत : सिद्धिचरण शतबार्षिकी विशेष – ओखलढुङ्गा साहित्य”को ब्लगबाट सभार )

This entry was posted in समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.