कविता : यात्रा

~इश्वरवल्लभ~

क्षोबको आकाश
साँझजस्तो आकाश
किनारहरू छुँदै पहाड र पर्वत पनि
त्यो, गइरहेछ त्यसतिर क्षितिजमा
– शब्दहरू बन्दै
– दूरन्तमा स्वरहरू बन्दै
त्यो, गइरहेछ त्यसतिर खम्बा र तोरणहरू बन्दै
– पताका बन्दै
त्यो, गइरहेछ त्यसतिर जतासुकै पात र साँझहरू बन्दै
त्यो, गइरहेछ सर्प आकाश प्रारम्भ
ठूलो घेरा पार्छ
रेखा हुँदै परसम्म ठूलो रेखा पार्छ
निल्छ अवयव
उचाइ खान्छ, होचाइ खान्छ
बेलुकी मेरो देख्छ–
गरा र चपरी टाँगिएको उसको अग्नि
क्षणसित आँग दल्दै समयसित
आँधी र हुरी हुँदै गइरहेछ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.