कविता : आखिरी

~नयराज पन्त~

प्यारा दौंतरि इष्टमित्रहरुका अाशामुखी बन्धन,
मेरो जीवनको कठोर पथ यो लाग्यो सखे ! सिद्धिन !
यो यौटा धुकधुक छ बाँकि यसले चेष्टा अझै गर्दछु,
केही पारि पुयाउने चिज भए देऊ सखे ! थाप्तछु ॥
(१)

लामा दुःख कडा असंख्य शिरमा बजेर लाग्दा अगि,
गाहो खप्न हुँदा प्रमत्त हुन गै दूर्वाच्य बोलें कति ।
ती सारा अब माफ माग्दछु सखे ! जे जे गरे ती अगि;
छाडेकै छु यही विचार यसमा राखे नि, मेरो सँगी ॥
(२)

आएथे जुन रीतले अगि यहाँ उस्तै गरी हिँडदछु
वर्‌बर् आँसु बगाउने अब थयो बेला सखे ! हिँड्दछु ।
प्यारा मित्र ! नपार खिन्न मुख यो प्रस्थान हो, यो मन,
होला भेट कसो गरीकन कहाँ मैले म यो जान्दिन ॥
(३)

जागेमा किन व्यर्थमा प्रिय सखे ! चिन्ता बडो. गर्दछौ ?
जानैपर्छ अवश्य यो जड कुरा के आज नै बिर्सियौ ?
आँखा बन्द भयो सुके अब नसा, पाऊँ बिदा सम्झना
राखे भित्र यही भए अब पुग्यो लेऊ सखे वन्दना !
(४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.