कविता : उनकै भयो जीत!

~कृष्ण बाउसे~

मन्दिर घुम्न जाँदा
आइन् बाँदर सानी
खै-खै हेरौँ भन्दै
लगिन् पोको तानी।

रूख चढी पोको
खोतल-खातल पारिन्
कति मीठो स्याउ
टोकी-टोकी झारिन् ।

बाँकी थियो पोकोमा
केरा एक काइँयो
पुजारीको सट्टामा
उनले गरिन् रमाइलो ।

फेरि आइन् म नजिक
लाऊँ भन्दै मीत
साथी मैले भनेकै हो
उनकै भयो जीत!

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : नेपाल रैबार डटकम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.