कविता : भोलीबाट बगान लक आउट !

~बि कुलुङ रंगबुले राई~

ब्रिटिशको बुद्धिको उपज हो यो
चिया बोटहरु
त्यसैले त अाज पनि
शोषित यी हातहरुबाट
केवल रहर चुडिन्छ
थुन्से भरीभरी सपनाहरु खाँदिन्छ
बास्ना छर्दै फिका बन्छन्
पाउनु पर्ने अधिकारहरु सबै-सबै ।।

ब्रिटिशको नै भाषा हो कमान पनि
त्यसैले त अाज पनि
गरिबी अाँगमाथि बिवास्ताका सिर्कुनाले

सुम्ल्याई सुम्ल्याई
अादेशहरु थोपिन्छ,
हैकमवादका ढाम भरिन्छ
अनि
फ्याक्ट्रीहरुका गेटको पिलरमाथि
सुचनापत्र टालिन्छ
भोलीबाट लक आउट।

-दार्जिलिङ्ग भारत

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.