~पल हिरा~
गला कानमा सजाउने सुन दिन्छु
मनै उज्यालो बनाउने जुन दिन्छु
जन्तीको लावालस्कर मात्रै होइन
पन्चे बाजामा प्रिरतिको धुन दिन्छु
साथ बिताउने कसम मात्रै किन
परि आए मुटु काटी गुन दिन्छु
जिबन भरि जिउन साथ तिमीले मागे
हजार जन्म तिम्रो साथ पुन दिन्छु
तिम्रो मिलन बिना “म” कोहि होइन
मर्न परे तिम्रो लागि खुन दिन्छु
(स्रोत : रचनाकारको ब्लगबाट सभार)