~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~
बोलुँ –
बोलिपासो,
नबोलुँ –
नबोलिपासो;
जब म चूप हुन्छु
चिच्याउँछौं तिमीहरु
कि योसँग वाणी नै छैन
र जब म बोल्न थाल्छु
टाउको दुख्न थाल्छ तिमीहरुको
कि यो साह्रै बोल्यो
-यो हामी भन्दापनि बढि बोल्यो;
बोलुँ –
बोलिपासो
नबोलुँ –
नबोलिपासो ।
रचना मिति – २०५३।१२।७ बिहीबार, रातको ठीक पौनेबाह्र बजे ।
स्पीकर्स कर्नरमा प्रकाशित
(स्रोत : रचनाकारको ब्लगबाट सभार)