छन्द कविता : वैँश नै स्वादिलो !

~जीर्ण भागेदार~

छन्द : स्रग्विणी

फूलझै फुल्दिने धानझै झुल्दिने
लाखमा चम्किने लाखमै खुल्दिने ।
जूनझै बल्दिने चाँदनी पोख्दिने
बाँसुरी बज्दिने दीलमा बोक्दिने ॥

ढल्किदै पाइला चाल्दिने चालले
पस्किने वैँश त्यो प्रेमको तालले ।
मच्किने कम्मरै मच्किदा मस्किने
मातले मात्तिदा होसमा झस्किने ॥

क्या मिठो हेर्दिने मोहनी लाउने
क्या छिटो जिस्किने छेउमै आउने ।
लोभिने जीउ त्यो भागभागै अहो
वैँश नै स्वादिलो रागरागै अहो !!

—ओखलढुङ्गा

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.