~सुजन बुढाथोकी ‘कान्छा’~
हुदै हुदैन यहाँ कदापी मुल्याङ्गकन हुदैन
जब सम्म तिम्रो प्रसस्त श्रोतसाधन हुदैन
त्यो बेला अर्कै थियो त्यसैले रामले जित्यो
यो कलियुग हो ऐले सत्यको समर्थन हुदैन
यो सन्सारमा स्वयम् र समय नबद्लिए सम्म
यो मुलुकजिवन र युगमा कुनै परिवर्तन हुदैन
सपना देख्न थाले मैले कस्तो गजल लेख्न लागे
देख्यो भेट्यो बिग्रीयो लेख्यो मेट्यो झन हुदैन
यस्तै हो,उ हजार युवतीसङ्ग बराल्ली रहन्छ
जिवनमा जबसम्म एउटिको आगमन हुदैन
सङ्गक्रमित र पिडितलाइ न्याय नै मिल्ने छैन
जबसम्म शोषक र भाइरसहरुको पतन हुदैन
बामगठबन्धन बन्छ कानुन बन्छ त्यो कुन देस हो
जहाँ कार्यन्वन हुदैन आममान्छेको शासन हुदैन
नेता र प्रेमिका कैले पनि फर्किएर आएनन सायद
सोच्यो कि मनमा माया छैन र अर्को निर्वाचन हुदैन
सरकार किसानको अपमान भएरै यस्तो भएको हो
यो देस्मा अब कैले पनि उखु उत्पादन हुदैन
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )