~विश्वास दीप तिगेला~
नव बर्ष तिमी आऊ
प्रत्येक घर आँगनीमा आऊ
यस बर्ष तिम्रो इमान्दारिता देखाऊ
यही सम्झौता-पत्रमा हस्ताक्षर देऊ
आऊ नव बर्ष तिमी आऊ
रोल्पा रुकुमबाट वेपत्ता सबैलाई फर्काऊ
बृद्धा आमाबुबाको जीउदो लासलाई उठाऊ
विदुर विधुवा सबैलाई फर्काऊ
आऊ नव बर्ष तिमी आऊ
बाँच्न पाउने सबैको भावना बोकेर आऊ
देशको लागि लड्नेको खबर मस्तिमा भूल्ने कहाँ पठाऊ
आजै बाचा गर आतंक शब्दलाई, शब्दकोशबाटै हटाऊ
आऊ नव बर्षा तिमी आऊ
निर्दोषा बृद्धा मेरी आमाको रुवाइलाई बुझाऊ
देशविदेशबाट वेपत्ता मेरा नेपालीलाई फर्काऊ
शून्यशुन्य मेरो गाँउबस्तिमा फर्काऊ
आऊ नव बर्ष तिमी आऊ
तीनजुरेको जंगल ढाक्ने लाली गुराँसमा आऊ
प्रत्येक पालुवा पालुवामा आऊ
अँ साच्चै,
इराकी अलसुन्नालाई पनि खबरदारी पठाऊ
आऊ नव बर्ष तिमी आऊ
पटक पटक लाचारी बन्ने नियती त्यागेर आऊ
देश भित्रैका शरणार्थी प्रत्येक पेटमा आऊ
बिन्ति छ, मेरो देश प्यारो नेपाल जोगाएर ल्याऊ
आऊ नव बर्ष तिमी आऊ
बाँच्नको लागि घर छोडेका ती सबैलाई
अब गाँउटोलको लागि फर्काऊ
बाँच्न हाँस्न र रम्नको लागि आऊ ।
धनकुट्टा, नेपाल,
हाल: ब्रुनाई