कविता : नयाँ वर्ष!

~राम विक्रम थापा~

नयाँ बोतलमा
पुरानै रक्सी भरेर
किन ल्यायौ तिमीले
रक्सी पिउने मान्छे
म कहिल्यै बोतल खाँदिन,
बिना आमन्त्रण
तथाकथित पाहुना भएर
अखाद्य र विषालु कोसेली
ख्वाएर हरेकसाल मार्ने
तिम्रो षड्यन्त्र स्वीकार छैन ;
रामको भेषमा
रावणको करतूत बोकेर
त्यही कंश, कृष्ण बनेर
आयु घटाउन एक वर्षफेरि, किन यहाँ नकच्चरो < आकर्षक पहिरनमा नयाँ दुलहीको नखरा रतिक्रियामा सल्केर मैले पुनः आफूलाई एड्स सारेर मार्नु छैन । Ram Bikram Thapa
Address : Faktung-2 Khotang

(स्रोत : अभिव्यक्ति – दुइ महिने साहित्यिक पत्रिका – वर्ष 45 | पुर्णाङ्क 87 | Paush-Magh,2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.