~सुजन बुढाथोकी ‘कान्छा’~
डुबिरहेछ डुङ्गा सुतिरहेछ माझि हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुदै हुदैन उद्दार,के गर्नु ?
यो देसमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर,के गर्नु?
~
बिन्ती गर्यो करायो र उ राहत भन्दै भुँडी फुटेरै मर्यो,
मेयर,हातमा बोकेर आयो कुहिएको आहार,के गर्नु ?
~
सम्बिधानमा जतिनै जाति र नारिका नारा लेखिए पनि
बढेकै छ बलत्कार,र मारिएकै छ सुनुवार, के गर्नु?
~
मेरो प्रेमिकाको ब्यहवार,गतिलो छैन छदै छैन
छन त छनी उन्को पनि हसिलो अनुहार,के गर्नु ?
~
त्यो गैरजिम्मेवार अस्पतालले दबाइ नै गरेन मलाइ
भाइरस हैन खास ,लागेको थियो बुखार, के गर्नु?
~
कुकुर झै आगनमा आएर मज्दुर थुक निकालिरहेछ
मालिक बाघ झै डकारिरहेछ अपचको डकार,के गर्नु?
~
माया दिनु भनेकै कसैलाइ मुटु सुम्पिनु हो
आफैलाइ मारेर अरुलाइ प्यार, के गर्नु ?
~
को बन्छ होला दाबेदार देस,र के होला भोलि?
यदि भयो भने यो सन्सारमा तृतियवार, के गर्नु?
~
घर आग लागि भएरै सकियो,तर उ चुपचाप हेरिरह्यो
सायद मान्छे हैन त्यो जनावार थियो जनवार, के गर्नु
~
कोरोनाको दबाइ नभएरै मान्छे मरेर गयो! हार भयो
बिग्यान बनाएर यति धेरै आणबिक हतियार,के गर्नु?
जति नै चिच्याए पनि यहा हुदै हुदैन उद्दार~के गर्नु ?
डुबिरहेछ ढुङ्गा सुतिरहेछ माझि गरेर गुहार~के गर्नु?
रचनामिती! २०७७/०४/०२
*यो रचनामार्फत पाठक वा जनभावनालाई निरास तुल्याउन खोजिएको हैन । बरु सम्बन्धित निकायलाई अझ जिम्मेवार बनाउन खोजिएको हो ।
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )