कविता : जीवन यो

~निर्मलमणि अधिकारी ‘आयोदधौम्य’~

सम्झेजस्तो हुन्न जीवन
देखे जस्तो हुन्न जीवन
– एक गीतको टुक्रा

जीवन कस्तो छ
यसलाई भोगेर हेर
यसलाई जोखेर हेर
यो तिमीले हेरेजस्तो बोलेजस्तो पटक्कै छैन
जीवन सुस्वादु छैन
चाखेर हेर राखेर हेर
यो त काँचो केराजस्तो टर्रो छ
सुन्तलाजस्तै रसिलो र पोटिलो छैन पटक्कै
जीवन पहरा हो
यो सजिलै फोरिइन्न
नपत्याए कुहिनाले फोर औंलाले कोर
यो त हिराजस्तै कठोर छ

(रचना : २०४७।९।२१)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.