शास्त्रीय गजल : खोज्दिएँ तिमीलाई

~जीर्ण भागेदार~

तिमी त दूर भयौ खोज्दिएँ तिमीलाई
दिएर प्रेम अहो ! रोज्दिएँ तिमीलाई

छ भोक प्यास बुझ्दा छैन फेरि मायामा
मबाट सिक्छु भन्यौ बोक्दिएँ तिमीलाई

पिरोल्छ यो मुटुले बाँच्नु छैन मैले त
बलिन्द्र आँसु सबै रोक्दिएँ तिमीलाई

म मात्र नै कसरी सम्झुँ निष्ठुरीलाई
भयो, भयो अब यो पोख्दिएँ तिमीलाई

१२१२-११२२-१२१२-२२

—ओखलढुङ्गा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.