~इन्द्रकुमार ‘विकल्प’~
कसैलाई नाम प्यारो कसैलाई राम प्यारो
किन—किन हाम्रा नेतालाई भने दाम प्यारो
कसैलाई घाम प्यारो कसैलाई गाम प्यारो
किन—किन हाम्रा नेतालाई भने साम प्यारो
कसैलाई काम प्यारो कसैलाई माम प्यारो
किन—किन हाम्रा नेतालाई भने जाम प्यारो
कसैलाई आम प्यारो कसैलाई धाम प्यारो
किन—किन हाम्रा नेतालाई भने लाम प्यारो
कसैलाई खाम प्यारो कसैलाई हाम प्यारो
किन—किन हाम्रा नेतालाई छलछाम प्यारो ।
– कुश्मा, पर्वत
(स्रोत : रचनाकारको ब्लगबाट सभार)