~गोविन्दराज विनोदी~
जसै हेर्छु छाया म तृष्णा जगाई
तँ बूढो भइस् भन्छ ऐेना मलाई
अनेकौँ मुजा हेर् तँ गाला दुवैमा
उड् यो रङ्ग ती ओठ प्याला दुवैमा
दुवै नेत्र खाल्डाहरूमा पसेझैँ
भयो केश तेरो तुषारो खसेझैँ
तँमा छैन पैले थियो कान्ति जस्तो
तँ हेर् रूप आफ्नो भएको छ कस्तो ?
सयौं दुःख पीडाहरू पोखिएझैँ
कठै! जिन्दगीका खुसी खोसिएझैँ
कुनै रोगले पर्खिएको छ जस्तो
कुनै शोकले चर्किएको छ जस्तो
छ थोत्रो कुनै थालजस्तो मुहार
भएतुल्य लाखौँ युगीन प्रहार !
हरायो कि झैँ फूलबाटै सुवास
उडेझैँ कुनै चित्रको रङ्ग खा
बनेको तँ हेर् रूप बाँझो गराझैँ
भयो देह नै अस्थिको पिन्जराझैँ ”
भनोस् वृद्ध आदर्शले किन्तु जत्ति
म बूढो छु भन्दैन यो चित्त कत्ति
जसै हेर्छु छाया म तृष्णा जगाई
तँ बूढो भइस् भन्छ ऐेना मलाई
अनेकौँ मुजा हेर् तँ गाला दुवैमा
उड्यो रङ्ग ती ओठ प्याला ….