गजल : उसैले फालेको हो

~सुजन बुढाथोकी ‘कान्छा’~

सुरुमा सङ्गकेत त्यस्तो उसैले फालेको हो
यसैले त्यो रात मैले कपडा फुकालेको हो

अर्कैको भैन सफलता उनि आफै पर गैन
हाल्न त मैले धेरै ठांउमा हात हालेको हो

चोरी भएकै छैन भन्नू भो, कुकुर महोदय !
हाम्ले हैन के तलाइ त्यहि चोरले पालेको हो?

मालिक उखुमा किसानको आँसु मिसिएको छ
यसैले आजकल चिया नुनिलो हुन थालेको हो

ती दुबै जना ,मान्छे माथी गएको हेर्न चाहदैनन
यसैले साथि र दुस्मनले हामिलाई उचालेको हो

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.