~इन्द्रकुमार ‘विकल्प’~
जता गयो उतैतिर खलबल भयो
जिन्दगीको लेन—देन गलमल भयो
तिमीलाई देख्नु पनि तलबल भयो
यताउता कताकता अलमल भयो
बुझ्न खोजेँ तिमी मन रनमल भयो
तिम्रो साथ नपाएको पलपल भयो
तिमी गयौ टाढा तन ढलपल भयो
जता जान्छु उतैतिर हलचल भयो
आफ्नो भाग्य आफैलाई सलबल भयो
जता टेक्छु त्यतैतिर ढलपल भयो ।
– कुश्मा, पर्वत
(स्रोत : रचनाकारको ब्लगबाट सभार)