~जीर्ण भागेदार~
दिनरात तड्पिएँ तिमीलाई भनेर
जिन्दगी नै अर्पिएँ तिमीलाई भनेर
कोपिला नै थियौ हिजोसम्म तिमी
आजसम्म पर्खिएँ तिमीलाई भनेर
नहिँड्नु हिँडेपछि किन एक्लै हिँड्नु
सम्झी सम्झी फर्किएँ तिमीलाई भनेर
सपनीमा आयौ विपनीमा छायौ
मुटुभरी धड्किएँ तिमीलाई भनेर
(२o६८/१o/o१)
—ओखलढुङ्गा