जीर्ण भागेदारका चार रुबाईहरू

~जीर्ण भागेदार~

१. चित्त बुझाएँ
नदुख्ने मुटु बेसरी दुखाएँ
के–के सोचेँ, आँसुले भिजाएँ
उनले मलाई नहेरे पनि
मैले हेरेरै चित्त बुझाएँ ।

२. पागल बनियो
फक्रेको फूल उनैलाई भनियो
हजारौँहजारमा उनैलाई गनियो
कसो–कसो गरेर तर्केर गइन्
हिजोआज यसरी पागल बनियो ।

३. सोमरस धोक्छु
खल्तीभरि उनैका फोटा बोक्छु
देउरालीमा गएर देउता ढोग्छु
तैपनि शान्त हुँदैन यो मन
भट्टीतिर गएर सोमरस धोक्छु ।

४. धोका दिइन्
नपिउने पानी नजानी पिइन्
हिजोसम्म उनी मेरै थिइन्
मनमुटु साटिन् र डाँडा काटिन्
बेरोजगारी भएँ, धोका दिइन्

—ओखलढुङ्गा

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.