~रुजन न्यौपाने~
मैले जाने मन्दिरहरुको
तिमि नयाँ काली
नयाँ मन्त्र र भाबहरुमा
पुकार्दैछु ए मेरी काली।
हेर बाटोहरु हुनेछन
यसैगरि सँधै खाली
तैपनि सुनिरहनु
बोलाऊँछू ए मेरी काली।
जानुपर्ने थियो बिहानिमा
हुन्छ सँधै राती
त्यसैलेत होला
सँधै हुन्छ खाली।
धेरै भने एसो उसो
बिर्सिदिन्छु सबै
भैगो आज पुजा गर्छु
बोकि नयाँ थाली।