कविता : सँगिनि

~शम्भुप्रसाद ढुङ्गेल~

सँगिनि किन भयौ अती मलीन
तिमिकन कुन् विपत् नवीन ।
अधर दुइमहाँ छ चोटचाट
किन सखि ! बिग्रनगो समस्त छाँट ।।१।।

दुइतिर पसिना चुहीरहेछन् ।
नयन समेत गुराँस झैं भयेछन् ।
किन सखि ! तिमि बस्तछयौ नबोली
हृदय लियो कुन पापि आइ खोली ।।२।।

चलि चलि गहना खसे समान
अलि अलि गो निहुरेर भू(कमान ।
किन सखि ! बबुरी भयौ यसोरी
भन हँसिलो मुख गो कहाँ कसोरी ? ।।३।।

निशि बसि तिमिले कहाँ गवायौं
सुख सब छाडि लियेर दुःख आयौ ।
भन भन सुकुमारि ! केहि हाल
म त ननिको अति बुझ्छु देखि चाल ।।४।।

००००

आशुकवि शम्भुप्रसाद ढुङ्गेल (विक्रम सम्वत(१९४६-१९८६)

१९७५ सालतिर छापिएर अत्यन्त लोकप्रिय भै शासकहरूको आँखामा चढेको र प्रतिबन्धित भएको पुस्तक थियो श्यामजीप्रसाद अर्ज्यालले प्रकाशित गरेको श्रृङ्गार रसको पुस्तक ‘सूक्तिसिन्धु’ ।

(स्रोत : कमल दीक्षितद्वारा सम्पादित जगदम्बा प्रकाशनद्वारा २०२४ सालमा प्रकाशित पुस्तक “सूक्तिसिन्धु-फेरि” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.