~नयराज पन्त~
सानो क्षुद्र लिएर भित्र मुटुमा उद्देश्यको नीचता,
नाच्ने दुच्छर यो स्वभाव मनको हट्तै गए दूरता ।
हामी सत्ययुगी प्रपञ्चतिरको सारा कुरा बुझ्दथ्यौं,
सच्चा त्यो इतिहासको पनि सबै पत्ता त्यसै लाउँथ्यौं ॥
(१)
थोरै काम गरेर धेर फलको इच्छा लिने केवल
यो यौटा मति मात्र नै हुन’ गए हाम्रो यहाँ बेगल।
सारा दुःखहरु त्यसै मनमनै दुःखी भई बस्तथे
यो पृथ्वीकन देवता पनि सबै सत् स्वर्ग नै ठान्दथे ॥
(२)
के होला यसले पछाडि’ यतिको सोची विचारीकन ।
सर्यौँ ता दृढता लिएर बलले रोकेर आफ्नो मन ॥
सारा न्यायविभाग नै भुवनमा उड्ने अवश्यै थियो ।
‘यो अन्याय भयो, भनेर अनि ता को मूर्ख चिच्च्याउँथ्यो ?
(३)