कविता : प्रेमबाद अबिस्वास र अस्तित्व

~सुजन बुढाथोकी ‘कान्छा’~

सुन्दर युवती राधाको चाहा थियो
कि जिवनमा एउटा इमान्दार
केटासङ्ग प्रेमबिवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरु आए
नारिबादी कुराहरु सुनाए
अनि उन्लाइ फकाए फुल्याए
र बिस्तारै उन्लाइ आफ्नु
मायाजालमा फसाए ।

हजार मान्छेहरुको भिडमा
सबैभन्दा सुन्दर
गोपाललाइ उन्ले रोजिन
किनकी,उस्को बिचार र रुपसङ्ग
उनि अत्याधिक मोहित थिन ।

उस्ले अति लामो समय अन्तरालसम्म
यौबनको फाइदाहरु उठाइरह्यो
जब उन्ले बिवाहको प्रस्ताब राखिन
तब उ भागेर उनिदेखी टाढा गयो
र फर्खिएर उन्को नजिन
कैले पनि आएन।

अनि फेरि उनी
गोबिन्दसङ्ग प्रेमसमन्धमा बाधिन
तर,त्यस्ले पनि त्यसै गर्यो
जस्तो गोपालले गरेको थियो ।

क्रमस मोहन,घनश्यामसङ्गको
रिलेशनसिप पनि त्यस्तै भयो ।

यो सन्सारको नियम हो
कि मान्छे भैसकेपछि
एकदिन त कोहि न कोहिसङ्ग त
जिन्दगी कटाउनै पर्छ
एकसाथ एउटा घर बसाउनै पर्छ
नौजवान युवक होस या
कुनै कन्या !
जो कोहिको रहर हुदो हो
कि मेरो पनि एउटा घर होस।

अन्तत अन्तिम पटक
उन्को जिवनमा कृष्ण नामको
केटाको आगमन भयो
तर अफसोच ,
उस्ले पनि त्यसैगरी मजा लिरह्यो ।

म आकासको जुनताराहरु टिपेर
तिम्रा दुबै हत्केलाहरुमा राख्दिन्छु भन्थ्यो
नत, कैले पनि त्यो ल्याएर नै दियो
नत ,कैले पनि गगन हराएर जमिन फर्कियो
जुन बखत पृथ्बिमा एकदम अन्धकार थियो ।

उनी हिउँ जस्तै नरम थिन
यसैले ,उनी गरम गरम मौसमहरुमा पग्लिन
र नजानिदो तरिकाले,
कयौ केटाहरुबाट बलात्कृत हुन पुगिन ।

उनी सबैको सार्बजिक सम्पत्ती बनिन
हो अबसरहरु बोकेर आएका
उनिहरुले एकसाथ
उन्लाइ बेस्या बनाएर गए ।
र चरम उत्कर्षमा पुगेर
उनिहरु सबै जना सन्त्रीप्त भए
सायद,भावनाहरुमा पग्लिएर
उनी कठोर ढुङ्गाहरुले बोल्ने बचनहरुमा बिकिन ।

रक्सी पिएर
अनि हर्दम भाबुक भासणहरुमा उत्रीएर
उनिहरुले उनैलाइ आफ्नु सितन बनाएर गए ।

प्रेमका बलगमहरु चुसेर
उन्लाइ जमिनमा फ्याकिदिए
अनि आफु स्वयम् बिलिन भए ।
किनकी,उनिहरु किराहरु थिए
यसैले अनुराग पिएर
अनि आफ्नु ओठका अनन्त प्यासहरु बुझाएर
आकास हराएर गए ।

आफ्नै पति सम्झिएर
सहमतीमा आफ्ना दुबै हात
र औलाहरुको भोट दिएर
स्वागरात मनाएर
प्रतिकुल मौसमहरुमा
उनिहरुलाइ माथी उठाएका
ती फुलहरु
त्यही गार्डेनको सबैभन्दा मुनि उभिएर
रोइरहेका थिए ।

परिवार बसाएर जिन्दगी बिताउने उन्को
सपना पनि बेकार भएर गयो
नत उन्को मनमा अब अलिकती
आसा भरोसा र बिस्वास नै बाकी रह्यो

हजार अनुहारहरु लिएर
भगवानको अबतारमा खुद
उनिहरु आए अनि उनैलाइ
आफ्नु सिकार बनाएर खाए

नत घर नै बन्यो
नत मन्दिर नै
मन्दिरको बद्लामा
उनिहरुले बेस्यालय बनाए ।


कयौ क्रीण्णहरु आए पनि
ब्यवहारका महान कृष्ण
कैले पनि भेटिएन
सबै भाइरस र राछ्यसहरु भएर निस्किए
किनकी ,प्यारको नाममा सबै
एकसय एक गद्दारहरु थिए ।

हजार नामहरु फेरिए
र कयौ क्रीस्णहरु आए
तर ,नत घर नै बन्यो
नत मन्दिर नै
मन्दिरको बद्लामा
उनिहरुले त्यहा बेस्यालय बनाए ।

उनी ऐले ज्युदै मर्न तयार छिन
तर,यो सन्सारमा सत्य र पबित्र प्रेम
हुन्छ भन्ने बिसयलाई उनी नकार्छिन
हो यो प्रेम र पुरुस बकवास हो
उनी भनिरहिछिन
र जिन्दगिभर बुढी कन्या भएर उनी
अब अबिबाहित नै रहने बिचार गरिरहिछिन

बाघचालमा परेर बिलाइरहेकी
अभागी बाख्रीहरु झै
अनि सम्झिएर आफ्नै बुद्दीहरुलाई
र एकसाथ बिगतका ती गद्दारहरुलाइ
कल्पिएर कुनै निर्धो
जन्ताहरु जस्तै गरेर
उनी ऐले रोहिरहिछिन।

किनकी,भक्तिभाषणहरु सुनाएर
र नारिबादी नाराहरु लगाएर
उन्को सारा अस्मिता लुटियो

र त्यो यो देसको थियो !

####
यहाँ आएको उक्त राधा प्रतिकात्मक राधा हो ।

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.