कविता : लाठो र लठेत

~जीर्ण भागेदार~

कहिले पाक्ला पेन्शन
त्यो थाहा छैन ।

अर्काको आकांक्षा धुतेर
आफ्नो इज्जत लुटेर
दिनहुँ लठेतहरु
जागिर खाइरहन्छन् ।

लाठो बोक्नेहरु
(म लठेत भन्छु ।)
के जान्दछन्
केही जान्दैनन्
अरुको आदेशको भरमा
केवल-
चुट्न जान्दछन्,
धुत्न जान्दछन्
यहाँभन्दा शिवायँ
केही पनि जान्दैनन्
रामाराम जान्दैनन् ।

तैपनि,
लाठोको सहारामा
मस्तकहरु भन्दैछन्-
हाम्रा कार्यकर्ता द्यौता हुन्
हाम्रा समर्थक जनता हुन्
हामी राष्ट्र हौँ
र हाम्रो नीति राष्ट्रियता हो ।

ए ! हेरौँ त-
लाठो नभए
लठेत कसरी बाँच्छन् ?

२o६५/o६/o७ गते ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.