~जीर्ण भागेदार~
चिठी पठाएँ भन्छ्यौ मैले पाएको छैन
तिमीबाहेक अन्त माया लाएको छैन
तिम्रै मुटुमा बस्छु, तिम्रै सपनी देख्छु
तिमी छाडेर अरु मैले चाहेको छैन
माया दिएर तिमी, टाढा भएर गयौ
धोका दिएर मैले बाचा खाएको छैन
कता–कता यो मन, पोले–पाले झैँ लाग्छ
बिस्र्यौ कि जस्तो लाग्छ, खुसी छाएको छैन ।