~हरि बहादुर भुजेल ‘विभास’~
अव फुलमाया एक्लै हुदै हुन्न
अव फुलमाया
विनाकारण
आशुमा डुब्दै डुब्दीन
फाटिएर पनि सुख नपाएको
उसको चोलिले
परेलीको सोकेश पुछ्नु छैन
अव फुलमाया
आनाहाकमा एकान्तमा टोलाउदै
बर्बर आशु झादै झार्दिन ।
जीवनको उचाइमा उसले पाएको
पिठ्यू सम्म न हो
जीवनको सारमा उसले पाएको
आँशु न हो ।
जीवनको गन्तब्यमा उसले भेटेको
पिडा न हो
जीवनका आधार हिउद र बर्खा कटि सके
खोला किनार र बगरमा बगेका आशु
सागर भेटे भेटेनन्
फुलमायालाई थाहा भएन
आशुँमा डुबुल्की मारेका
उनका आँखाले
अब भने चिहाउन चाहेको छ क्षितिज
र देख्न चाहेको छ विगत
खोज्न चाहेको छ विगत
र सोध्न चाहेको छ कारण
फुलमायाको पसिना र आशुलाई
कसले बँनाउदो रहेछ डिनर
फुलमायाले चोलि फेर्न नपाउदाँ
कसले गर्दे रहेछ कक्टेल ।
फुलमायाले आँशु बन्द गरि सकि
विनाकारण उ अब रुदै रुन्न
उसलाई त अव खोज्नु छ
आँशुको मुहानमा को को रहेछन् ?
त्यसैले फुलमाया अब रुदै रुन्न
र हेर्छ विहानको लागि क्षितिज सम्म ।।।।
– पोखरा
(स्रोत : रचनाकारको ब्लगबाट सभार)