~चक्रपाणि चालिसे~
विद्वानमा गुण नै हुन्छ, मूर्खमा दोष नै सब ।
तस्मात् मूर्ख हजारैाँमा विद्वान यैाटै विशेष छ ।। १ ।।
विद्वान हुनु नृप हुनु कसै हुन्न बराबर ।
राजा स्वदेशमा पूज्य हुन्छ, विद्वान सबैतिर ।। २ ।।
गुण छैन भने ठूला कुलमा जन्मि हुन्छ के ?
अकुलीन पनि विद्वान भए पुजिन्छ लोकले ।। ३ ।।
विद्यामा नलगाएर छोरा स्वाँठ बनाउने ।
आमा बाबु दुबै शत्रु हुन् ती धोखा दिलाउने ।। ४ ।।
हाँसको फैाजमा जस्तो बकुल्लो हुन्न शोभित ।
त्यस स्वाँठ पनि विद्वत्सभामा हुन्न शोभित ।। ५ ।।
मूर्ख पुत्र हजारैाँमा बेश यैाटै गुणी सुत ।
जस्तो ताराविशे अन्धनाशक सूर्य झैँ ।। ६ ।।
जलेको वृक्ष यैाटैले वनै सारा जलाउँछ ।
त्यस्तै कुपुत्र यैाटैले कुलै सारा बहाउँछ ।। ७ ।।
सुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के ?
नङ्गाको देशमा धोबी गर्इ पाउँछ काम के ? ।। ८ ।।
(स्रोत : ‘नीतिशतक’बाट सभार)