गीत : जति माया दियो

~जीर्ण भागेदार~

जति माया दियो उति टाढा हुँँदो रै छ
छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ

देउरालीमा उसैगरि नपर्खे भयो अब
धाँजा–धाँजा मुटु लिई नफर्के भयो अब
निष्ठुरीको देहभित्र काँडा हुँँदो रै छ
छुटेपछि पिरती झन् गाढा हुँदो रै छ

अरुकै बागभित्र राम्रो फूल देखिदिँदा
अरुकै मनमुटुमा उसले नाउँ लेखिदिँदा
चुकाएर प्रिती चुक्ने भाडा हुँदो रै छ
छुटेपछि पिरती झन् गाढा हुँँदो रै छ

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.