जीर्ण भागेदारका तीन रुबाईहरू

~जीर्ण भागेदार~

पहिले पहिले ढल्केर हेरियो
नहेर्नु हेरेपछि सल्केर हेरियो
हेराइको मज्जा तब पो आयो
जबदेखि झन् पल्केर हेरियो

तिम्रो वैँशले ढल्नेहरुले, तिमीलाई मजाकै लागि छोलान्;
तिमी अरुसँगै मस्किँदै हिँड्दा, देख्नेहरु धकी धकी रोलान्;
दुनियाँको अनौठो चाला देख्ता, मलाई त सधैँ यस्तो लाग्छ;
भगवान्ले मलाई नै भनेर, तिमीलाई बनाएका होलान् ।

सारा इज्जत फालेर चर्चा जमाउन नाङ्गिँदै छन्,
आफ्नो जवानी हेरेर आफैँ रमाउन नाङ्गिँदै छन्,
हेर्नोस् दिनहुँ ‘बजार’मा नाङ्गिने कत्ति नाङ्गिँदै छन्,
हिजो पो लाउन पुग्दैनथ्यो आज कमाउन नाङ्गिँदै छन् !

—ओखलढुङ्गा

This entry was posted in रुबाई and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.