बाल कविता : पानी

~कृष्ण बाउसे~

मूल भै फुट्छु
तलतिर कुद्छु

सिमसारमाथि
उँघीउँघी सुत्छु।

दहमा बस्छु
नदी भै बग्छु

खेत गरामा
डुलीडुली पस्छु।

बादल हुन्छु
हिउँ भै जम्छु

वर्षा भएर
मैलो धुन्छु।

चुम्बन गर!
तिमी मलाई

म तिमीलाई
जीवन दिन्छु।

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : नागरिक न्यूज डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.