कृष्ण बाउसेका चार मुक्तकहरू

~कृष्ण बाउसे~

१.
न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई
न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई
मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने
बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई ।

२.
दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन्
चारखुट्टे र पँखेटेहरू लुरुलुरु मर्न गइरहेछन्
दुवैथरी गइरहेछन् त्यही गढीमाईको मेला भर्न
जहाँको रक्तपात सम्झेर बुद्ध कतै रोइरहेछन्।

३.
यो त अखिरमा माटोकै एउटा चपरी न रहेछ
थिचिदाथिचिदै मक्केर जाने रेलको पटरी न रहेछ
जीवन नाउँको यो खटारोलाई अमूल्य पनि के भन्नु !
यो त केवल प्रयोगपछि मिल्काइने टपरी न रहेछ।

४.
तिनको राजनीति सेवा नभएर ब्यापार बनेको छ
देशको सम्पत्ति तिनै पतीतहरूको पेवा बनेको छ
डलर र भारुसँग सार्वभौमसत्ता साट्नेहरू छन् यहाँ
र तिनकै हालीमुहालीमा देशको सरकार चलेको छ।

-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ

(स्रोत : एभरेस्ट टाइम्स न्युज डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.