~नेकी धनेन्द्र~
यो देश विग्रिएको कारण देखाउँछ ।
उ नेताहरुको उदारण देखाउँछ ।
सत्ता, शक्ति र सम्मान खोज्नेहरुलाई
फोटोले पनि आफ्नो न्वारण देखाउँछ
विदेशी डलरले भुँडि भर्नेले पनि त
खैरे बोलाएर सर्बसाधारण देखाउँछ ।
मैले कलम उठाएको देखेर नेकी–
फलाम ठोक्दै गरेको आरण देखाउँछ ।
कवि भन्ने कि टेलिभिजन भन्ने ?
घट्ना घटेपछि प्रसारण देखाउँछ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)