बहरवद्ध गजल : बित्दैछ आज मेरो

~जीर्ण भागेदार~

खाएर मोज गर्दै बित्दैछ आज मेरो
… छाती तिमीबिनाको रित्तै छ आज मेरो

जो हेर पाउँदैनन् यस्तो अपार माया
लाखौँ छ मूल्य खोज्दा सित्तैँ छ आज मेरो

मायाबिना त मर्ने, बाँच्ने कुरा अनौठो
तिम्रो अभावमा यो सिक्दैछ आज मेरो

स्वार्थी हुँदैछ माया, फाटो भयो सबैको
थोत्रो अझै त माया टिक्दैछ आज मेरो

मुजारे बहरमा
२२१-२१२२-२२१-२१२२

(२o६८/o९/१७)

—ओखलढुङ्गा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.