~कृष्ण बाउसे~
जवानी पानीजस्तो पोखे निख्रिजाने
जतन गर्यौ, जोगाऊँ भन्यो , एकदिन बिग्रिजाने !
गोधूलीको घामजस्तो उसै झुकिदिने
मध्यान्हको छायाँजस्तो आफैँ लुकिदिने
छोडिदिऊँ मात्र भने सधैँ उडिजाने
जवानी पानीजस्तो पोखे निख्रिजाने !
कि त बन्ने बल्छी आफै कि त माछो हुने
डुबिजाने सागरमा कि त सगर छुने
उत्ताउलो अङ्कुसे भै मुटु तानिलिने
हाँस्ने कि त छताछुल्ल कि त रोइदिने
जवानी पानीजस्तो पोखे निख्रिजाने !
-कृष्ण बाउसे
-सुनसरी, हालः काठमाडौँ
(स्रोत : खुलामञ्च डटकम)