कविता : क्रान्ति

~नेकी धनेन्द्र~

शब्दहरुले क्रान्ति हुँदैन
भाषणहरुले क्रान्ति हुँदैन
क्रान्तिकारी नारा लेखेर
भोका, नाङ्गाको ढाडमा टेकेर
कुर्सिका महत्वकांक्षि भएर
कुर्सिकै विरोध गरेर
जनतालाई थाहा नभए जस्तै गरि
दश गजाको कुरा गरेर
कसैको भाग खोसेर, मारपिट गरेर
क्रान्ति हुन सक्दैन
क्रान्ति तब मात्र हुन्छ
जहा, अप्ठ्यारो परिस्थितिसँग
पौठे जुरी खेलेर अगाडि बढिन्छ
जस्तो कि,
किसानले एक मुरी फल्ने ठाउँमा
चार मुरी अन्न फलाइदिन्छ
विद्युवाले रातो साडी र
चुरा पोते लगाइदिन्छे
दलित र गैर दलित एकै भैदिन्छन्
बालबालिकाको अधिकार
कहि पनि हनन् हुँदैन
महिला, पुरुषमा समानता देखिन्छ
सरकारले कुना कुना
विकास गरिदिन्छ
नेताले जनताको
आँशुमा,आँशु मिसाइदिन्छ
तब क्रातिन्कारी शब्दहरु
नलेखिकनै क्रान्ति हुन्छ
क्रान्तिकारी भाषण
नबोलिकनै क्रान्ति हुन्छ
त्यसैले होला ,
कसैले मञ्चमा क्रान्तिकारी
भाषण बोल्नासाथ
कसैले दुइ हरफ कवितामा
क्रान्तिकारी शब्द लेख्नासाथ
मेरो आँखाबाट विद्रोहोको
आगो दन्किन्छ ।
–नेकी धनेन्द्र
शब्दहरुले क्रान्ति हुँदैन
भाषणहरुले क्रान्ति हुँदैन
क्रान्तिकारी नारा लेखेर
भोका, नाङ्गाको ढाडमा टेकेर
कुर्सिका महत्वकांक्षि भएर
कुर्सिकै विरोध गरेर
जनतालाई थाहा नभए जस्तै गरि
दश गजाको कुरा गरेर
कसैको भाग खोसेर, मारपिट गरेर
क्रान्ति हुन सक्दैन
क्रान्ति तब मात्र हुन्छ
जहा, अप्ठ्यारो परिस्थितिसँग
पौठे जुरी खेलेर अगाडि बढिन्छ
जस्तो कि,
किसानले एक मुरी फल्ने ठाउँमा
चार मुरी अन्न फलाइदिन्छ
विद्युवाले रातो साडी र
चुरा पोते लगाइदिन्छे
दलित र गैर दलित एकै भैदिन्छन्
बालबालिकाको अधिकार
कहि पनि हनन् हुँदैन
महिला, पुरुषमा समानता देखिन्छ
सरकारले कुना कुना
विकास गरिदिन्छ
नेताले जनताको
आँशुमा,आँशु मिसाइदिन्छ
तब क्रातिन्कारी शब्दहरु
नलेखिकनै क्रान्ति हुन्छ
क्रान्तिकारी भाषण
नबोलिकनै क्रान्ति हुन्छ
त्यसैले होला ,
कसैले मञ्चमा क्रान्तिकारी
भाषण बोल्नासाथ
कसैले दुइ हरफ कवितामा
क्रान्तिकारी शब्द लेख्नासाथ
मेरो आँखाबाट विद्रोहोको
आगो दन्किन्छ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.