गीत : के बर मागी फर्क्यौ

~रमेश पौडेल~

के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउटासित

मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै’छ
निधारको टीकामाथि सिउदो त्यसै खालि रै’ छ
बर माग्दा सिन्दुर माग्नु दिन्छन् भने देउतासित
दुनियालाई नभने नि भन्न हुन्छ एउटासित

जिन्दगीमा कसैसाग आखिर नाता जोड्नै पर्छ
अरुलेझैं तिम्ले पनि जन्म घर त छोड्नै पर्छ
स्वर्ग जस्तै घर माग्नु दिन्छन् भने देउतासित
दुनियालाई नभने नि भन्नै पर्छ एउटासित !

शब्द: रमेश पौडेल
स्वर: रामभक्त जोजिजू
संगीत: नारायण रायमाझी

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.