~वेद प्रसाद कंडेल ‘युबराज’~
लघु उपन्यास : छाँयासँग प्रेम | वेद प्रसाद कंडेल ‘युबराज’
समर्पण
“तिमीलाई” –
जसले प्रेमको पवित्रतामा पैसासँग तुलना गरी धोका दियौ ,
जसले प्रेमको नाउँमा फोहरी खेल खेली जीवन समाप्त ग¥यौ ,
जसले जीवनलाई रसमय बनाउने बाचा गरी कलङ्क फैलायौ ,
जसले तुच्छ भौतिक सम्पत्तीलाई जीवनमा सर्वेसर्वा ठान्यौ ।
– “तिमीलाई”
यो प्रथम प्रयास तिम्रो लागि सप्रेम समर्पित छ ।
प्राक्कथन
बुटवल बहुमुखी क्याम्पसमा पढ्दा पढ्दै यौटा सामाजिक उपन्यास लेख्न चलेको पहिलो कलम र कापि जुन मैले पुरा गर्न सकेन जसको कारण मैले आफ्नै चाहाना र इच्छालाई नै च्यातेर नष्ट गर्न विवश भएँ । त्यसपछि मैले उक्त क्याम्पसमा मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत एम.ए. पहिलो वर्षमा अध्ययन गर्ने क्रममै अदम्य उत्साह लिएर प्रस्तुत उपन्यास लेख्न अग्रसर भएँ ।
विविध कारणले गर्दा प्रस्तुत उपन्यास त्यस वर्ष अपूर्ण रह्यो । एक दिन बुटवल बहुमुखी क्याम्पसमै अध्यापन गराउनुहुने प्राध्यापक श्री शालिकराम पौडेलको लेखन प्रेरणाबाट पुन त्यो अपूर्ण लेखौटको स्मरण भयो । त्यसै दिन नै मैले आफ्नो अपूर्ण लेखौटलाई पूर्ण गर्ने र प्रकाशन गर्ने निर्णय लिएर लेखन कार्यमा निरन्तर लागेर अपूर्ण लेखौटलाई पूर्ण गरेँ ।
प्रस्तुत उपन्यास लेखन देखि प्रकाशनको क्रममा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई हार्दिक धन्यवाद छ ।
बेदप्रसाद कंडेल (युबराज)
छाँयासँग प्रेम
सुवोद आफ्नो छोरो प्रमोदलाई काखमा राखेर टोलाइरहेको छ र छोराले बाबुको जुङ्गा मसार्दै बाबुसँग खेलीरहेको छ । अकस्मात सुवोद आफ्नो छोरोलाई धेरै पढाएर एक योग्य व्यक्ति बनाउने कल्पना गर्छ । त्यत्तिकैमा प्रमोदकी आमा कोपिला कोठामा प्रवेश गर्छे र तरकारी पकाउने कुनै कुरा नभएको बताउँछे । सुवोदले आफू बजार गएर तरकारी ल्याउने कुरा गर्दै घरबाट निस्कन्छ । सुवोदले बजारमा गएर आफूसँग पैसा नभएको भोली पैसा दिन्छु भन्दै तरकारी पसलमा तरकारी माग्छ तर कुनै पनि पसलेले उधारो तरकारी दिँदैनन् । त्यसपछि सुवोद काम खोजेर पैसा कमाउने र तरकारी लिएर घर जाने निधो गर्दै कामको खोजीमा बजारभर भौतारिन्छ तर उसले काम पाउँदैन र रित्तै हात घर फर्किन्छ । कोपिला सुवोदले तरकारी नलिई घर आएकोमा रिसाउँदै लोग्नेलाई नामर्द भन्छे । सुवोदले अब आफू नेपाल नबस्ने विदेश गएर पैसा कमाउने बताउँछ । आफू भोलि नै विदेश जाने कुरा कोपिलालाई सुनाउँछ तर कोपिलाले लोग्नेको विश्वास गर्दिन । सुवोद आफूले पढ्न नसकेको र कुनै सीप नभएको कारणले स्वदेशमा रोजगार नपाएको र आफ्नो श्रीमती कोपिला शिक्षित नभएको कारण बारम्बार घरमा झगडा भइरहने र आफ्नो दुःखमा कोपिलाले साथ नदिएको बरु झन् बढी कोपिलाको घोच पेचले पिडा थपेको बताउँदै मनमनै सोच्छ तर आफूले आफ्नो छोरालाई धेरै पढाउने सीप सिकाउने, स्वदेशमै रोजगारमा लगाउने र एउटा शिक्षित परिवारकी छोरीलाई आफ्नो बुहारी बनाएर आफ्नो छोरो प्रमोदको सुखद जीवनको कल्पना गर्दा गर्दै निदाउँछ । विहानको मिर्मिरे उज्यालो सँगै सुवोदका आँखा खुल्छ बाहिर थोत्रा साइकलको चुइ–चुइ आवाज सुन्छ र आफू पनि साइकल जस्तै थोत्रो भएको त्यसकारण घरमा मेरै कारणले झगडाका आवाजहरू निस्कने गरेको ठान्छ । सुवोद विस्ताराबाट जुरुक्क उठ्छ र कोपिला र छोरो प्रमोदलाई हेर्छ उनीहरूको अझै आँखा खुलिसकेको हुँदैन । छोरो प्रमोदलाई सुस्त मसार्छ र कोपिलालाई विस्तारै उज्यालो भयो उठ म पनि जाने बेला भयो । भन्छ ।
कोपिलाले कहाँ जाने भन्छे , सुवोदले पैसा कमाउन भन्छ । पैसा भन्ने सुन्दा बित्तिकै कोपिला खुसी हुन्छे । प्रमोद घरबाट निस्कन्छ , सहर पुग्छ अनि हवाइ विमानस्थलमा प्रवेश गर्छ उसले अरु पनि आफू जस्तै पैसाको पछि लागेर विदेश जानेको भिड देख्छ । अरुलाई परिवारका कोहीका छोरा, कोहीका बुबा, कोहीका दाई, कोहीका स्वास्नी छोड्न आएको देख्छ र आफूलाई एक्लो भएको महसुस गर्छ । उसको आँखा पल्लो पट्टि एक जोडीमा पर्छ । ऊ नजिकै पुग्छ , त्यो जाडी लोग्ने–स्वास्नीको भएको पत्ता पाउँछ । लोग्नेले श्रीमतीलाई आफू चाँडै फर्किने त्यसैले नरुन भन्दै सम्झाउँछ तर स्वस्नी झन्–झन् चर्को स्वरले घुक्क–घुक्क गर्दै रुन्छे । उसले रुँदै पैसा नै सबथोक होइन , पैसा÷सम्पत्ति नासवान छ भन्छे तर लोग्नेले त्यो कुरा मान्दैन र श्रीमतीबाट विदा हुन्छ । सबैजना हवाइ जहाजमा चढ्छन् , सुवोद पनि जहाजमा चढ्छ र उसले देखेको लोग्ने मान्छे पनि जहाजमा चढ्छ । केही समयपछि जहाज उड्छ । उसले अघी देखेकी स्वास्नी मान्छेले जहाज तिरै आँसु खसाल्दै हेरिरहेकी देख्छ । जहाज विस्तारै अगाडी बढ्दै जान्छ , त्यो स्वास्नीमान्छे विस्तारै मधुरो दृश्य हुँदै हराउँछे । सुुवोदका मनमा कुरा खेल्न थाल्छ आफूलाई त कोपिलाले हाँसेरै विदा गरेको सम्झन्छ र त्यो स्वास्नी मान्छेले भनेको पैसा नै ठूलो होइन भनेको सम्झन्छ तर कोपिला पैसा भन्दा वित्तिकै खुसी भएको सम्झन्छ । जहाज एउटा ठूलो विमानस्थलमा गएर रोकिन्छ जहाँ ठूला ठूला अत्यन्त धेरै हजाइजहाजहरू देख्छ । सबै जहाजबाट ओर्लिन्छन् । सुवोदले त्यो विमानस्थलमा थुप्रै जहाजहरू र मानिसहरूको भिडै भिड देखे पनि कतै फोहोर देख्दैन । केही समयको पैदल यात्र पश्चात एउटा ठूलो गेट आउँछ , त्यो गेटबाट सबैजना बाहिर निस्किरहेको देख्छ । उसले धेरैजसो अनुहारहरू नेपाली भएको पाउँछ । ऊ पनि त्यो गेटबाट बाहिर निस्कन्छ गेटबाट बाहिर हेर्दा उसले एकदमै ठूलो सहर देख्छ र आफ्नो देशमा रहेका सम्पूर्ण सहरहरू मिलाउँदा पनि यत्रो सहर बन्न नसक्ने अनुमान गर्छ । केही समयपछि हिड्दै जाँदा ऊ सहरको भित्र भित्र जान्छ । ऊ जति भित्र जान्छ उसले झन् ठूला–ठूला घरहरू देख्छ । ऊ हिँडदै जान्छ , ऊ पत्तै नपाइकन एउटा घरको गेट भित्र प्रवेश गर्छ । त्यहाँ एउटा मान्छेले घर सफा गरिरहेको हुन्छ । त्यो मान्छेलाई हेर्छ । घुर बढारीरहेको मान्छेले नेपाली जस्तो मानेर तपाई भन्ने एक शब्द मात्र निकाल्छ ।
सुवोदले पनि हजुर भनेर एक शब्द निकाल्छ । घर सफा गरिरहेको मानिसले नेपाली रहेछ भनेर आफ्नो काम रोकेर उसँग कुराकानी गर्न थाल्छ । सुवोदले पनि आफ्नो अवस्था उसलाई बताउँछ र आफूले काम खोजेको तर यहाँको भाषा नजानेकोले बाटामा हिडिरहेको र यहाँ बाटो बिराएर घरको गेटमा पस्न पुगेको बताउँदै आफूलाई काममा लगाईदिन अनुरोध गर्दछ । केही समय दुवैले कुराकानी गर्छन र एक अर्काको समस्या एउटै भएको बताउँदै परिचय गर्छन् । घर सफा गर्ने मान्छेले आफ्नो नाम आकाश भएको बताउँछ , सुवोदले पनि आफ्नो परिचय दिन्छ । घर सफा गरिरहेको मान्छेले सुवोदलाई आफ्नो कोठामा लैजान्छ र आफू यहाँ आएको तीन वर्ष पुग्न मात्र १० दिन रहेको र आफू १० दिनपछि नेपाल फर्किने बताउँछ । सुवोदले आकाशलाई काममा लगाईदिएर मात्र नेपाल फर्कन आग्रह गर्दछ । आकाशले म नेपाल फर्केपछि मेरै ठाउँमा एक जना कामदार चाहिन्छ , त्यही ठाउँमा तिमीलाई लगाउन म साहुसँग अनुरोध गर्छु भन्छ । सुवोदलाई कोठामा आराम गर्न पठाएर प्रकाश आफ्नो काममा फर्किन्छ । आकाश साँझ कामबाट कोठामा फर्किन्छ । सुवोदले आकाशलाई नेपालमा जताततै फोहोर भएको तर यहाँ यत्रो ठूलो सहरमा पनि फोहोर नदेखेको बताउँछ । त्यसको प्रतिउत्तरमा आकाशले हामी नेपालमा आफै फोहोर गर्छौ र छोडेर हिड्छौँ तर यहाँ आएर हामीले पैसाको लागि सम्पूर्ण फोहोर उठाएर सफा गर्छौं । त्यसैले यहाँ फोहोर नदेखिएको हो । यदि नेपाली यहाँ नआएमा यहाँ फोहोरै फोहोर हुने र सफा गर्ने मान्छे पैसामा अरु देशबाट ल्याउन नसक्ने बताउँछ । प्रकाशले साहुलाई आफू घर जान लागेको र आफ्नो ठाउँमा सुवोदलाई काम लगाउन अनुरोध गर्दछ । आकाशको कुरा सुनेर साहु कामदार खोज्नै नपरेकोमा खुसी हुन्छ । आकाशले सुवोदलाई तिम्रो काम पक्का भयो भनेर सुनाउँछ र घर साफा गर्ने काम पनि सिकाउँछ । आकाशले घर सफा गर्दा घरमा जडान गरिएका विद्युत उपकरणसँग होसियार भएर घर सफा गर्नुपर्ने नत्र आफ्नो ज्यानै जानसक्ने जोखिम रहेको कुरा सुवोदलाई बताउँछ । आकाशले आफ्नो तलब बुझेर साहु तथा सुवोदसँग विदा भएर नेपाल फर्किन्छ ।
आकाश घर फर्केपछि घर सफा गर्ने सम्पूर्ण काम सुवोदले गर्छ । सुवोदले आफूले कहिल्यै आफ्नो घर सफा नगरेको तर यहाँ पैसाको लागि अर्काको घर सफा गरेकोमा पश्चताप मान्छ र आफू नेपाल फर्केपछि आफ्नो छोरो प्रमोदलाई आफ्नो घर सफा गर्न सिकाउने विचार गर्छ । सुवोदले आफ्नो छोरो प्रमोदलाई सम्झन्छ – प्रमोदले के गरे होला ? बिचरा प्रमोदलाई के थाहा बुबाले घर किन छोड्को भनेर ऊ त एक नाबालक न हो । उसलाई पैसाको के मतलब लगाउन, खान पाए भयो उसलाई पैसा किन चाहियो र ? सुवोदले काम गर्न थालेको पनि थुप्रै समय बितिसकेको हुन्छ । उसले साहुबाट आफ्नो तलब बुझ्छ र घरमा पठाउँछ । सुवोदले पठाएको पैसा कोपिलाले प्राप्त गर्छे ।
यता सुवोद गएपछि बल्ल कोपिलाले सुवोदको अभाव महसुस गर्छे , उसलाई काम वासनाले सताउँछ । उसले पैसा भन्दा पनि काम वासनालाई महत्वपूर्ण ठान्छे । कोपिलाले सुवोदले पठाएको पैसाको प्रलोभनमा परी प्रकाशलाई आफ्नो घरमा ल्याएर राख्छे र कोपिलाले प्रकाशका सम्पूर्ण आवश्यकताहरू पुरा गरिदिन्छे तर प्रकाश एक युवक भएकोले एक दिन ऊ सहरको एउटा पसलमा काम गर्न पुग्छ र मासिक तवबबाट आफ्ना आवश्यकताहरू पुरा गर्न थाल्छ । उसलाई खाने बस्ने सम्पूर्ण व्यवस्था पसलेले नै गर्छ । प्रकाश हिडेदेखि कोपिलालाई रातभर निद्रा पनि लाग्दैन र जतिखेर पनि कोपिला प्रकाशलाई सम्झेर उसँग खेलेको बसेको कल्पनामा डुब्न थाल्छे । एकदिन कोपिलाले प्रकाश सहरको एक पसलमा काम गरेर बसेको र उसले पसलेकोमा खाने बस्ने गरेर मासिक तलबबाट आफ्नो गुजारा गरेको थाहा पाउँछे । कोपिला सहरका प्रत्येक पसल पसलमा डुलेर प्रकाशको खोजी गर्छे । कोपिलाले पसल पसलमा डुल्दा डुल्दै एउटा पसलमा प्रकाशले चामल जोखीरहेको देख्छे । कोपिला त्यहीँ पसलमा प्रवेश गर्छे , प्रकाशले कोपिलालाई पसलबाट केही चाहिन्छ की भनेर सोध्छ । कोपिलाले आफू बजारमा सामान किन्न नआएको तिमीलाई लिन आएको कुरा बताउँछे । प्रकाश आफू सहरबाट फर्केर घर नजाने त्यहाँ आफू बेकामको हुने बताउँछ । कोपिलाले म तिमीलाई तिमीले पसलमा काम गरेर कमाउने पैसा भन्दा बढी दिन्छु र तिमीलाई इस्टमित्रसँग आफ्नो दिदीको छोरो भनेर चिनाउँछु जाऊ हिड भन्छे । तर प्रकाश मान्दैन । कोपिलाले तिमी मसँग नगए तिम्रै अगाडी म विष पिएर मर्छु भन्छे । प्रकाशले कोपिलाको ज्यान लिन भन्दा उसैसँग जानु नै राम्रो ठान्छ र पसलेसँग आफूले काम छोडेको बताउँदै पसलेबाट विदा भएर कोपिलाको साथमा कोपिलाको घर फर्किन्छ । कोपिलाले प्रकाशलाई आफ्नो घरमा कुनै कुराको अभाव महशुस हुन नदिएर आफ्नो छोरो प्रमोदको भन्दा बढी सेवा प्रकाशलाई दिन्छे । कोपिलाले आफ्नो लोग्ने सुवोद नआउँदा सम्म प्रकाशलाई फकाएरै भएपनि जसरी पनि आफ्नो घर राख्ने सोच्छे । प्रकाश बिस्तारै कोपिलालाई माया गर्दै जान्छ र कोपिलालाई छोडेर एक्लै बस्नै नसक्ने अवस्थामा पुग्छ । कोपिलाले पनि प्रकाशलाई प्रेमको नाटक गर्छे , जुन प्रेमको नाटक प्रकाशले बुझ्न सक्दैन ।
कोपिलाले पसलेकोबाट प्रकाशलाई छुटाएर ल्याउँदाको बाचा अनुसार प्रकाशलाई पैसा दिन्छे तर प्रकाशले पैसा लिँदैन र प्रेमको अगाडि पैसाको कुनै मूल्य हुँदैन , जसरी बास्तविक मान्छेको अगाडि मान्छेको शालीकको मूल्या हुँदैन त्यसरी नै प्रेमको अगाडि पैसाको महत्व हुँदैन । पैसा , भौतिक सम्पत्ति नासवान वस्तु हुन् तर प्रेम सँधै जीवित रहन्छ कहिल्यै मर्दैन भन्छ । कोपिला आफ्नो बाचा मान्न अनुरोध गर्छे तर प्रकाश पहिलेको बाचा कसम अहिलेको अवस्थामा काम नलाग्ने भएकोले र पहिलेको अवस्था र अहिलेको अवस्था फरक भएकोले नयाँ बाचाको कसमको अवश्यक भएकोले नयाँ बाचा कसम खान कोपिलालाई अनुरोध गर्छ । कोपिलाले तिम्रो बाचा सहजै मान्छु भन्छे । प्रकाशले कोपिलालाई हामी सँधै सँगै हुन्छौ, सँगै हिड्नेछाँै र सँगै बाच्नेछौँ भनेर कसम खाना पठाउँछ । कोपिलाले कसम नखाएमा प्रकाशले छोडेर जान्छ भन्ने डरले गर्दा कोपिलाले प्रकाशसँग सँगै जीवन बिताउने सँगै बाच्ने भनेर कसम खान्छे । कोपिलाको कसमले प्रकाश खुसी हुन्छ । प्रकाशले कोपिलाको हरेक काम, हरेक भावना, हरेक आवश्यकता र हरेक चाहानामा साथ दिन्छ । कोपिलाले प्रकाशलाई आवश्यकता भन्दा बढी ध्यान दिँदा उसले आफ्नो छोरो प्रमोदको स्याहारमा समय दिन सक्दिने । विद्यालयमा भर्ना भए पनि उसले राम्रो उपलब्धी हाशिल गर्न सक्दैन । कोपिला र प्रकाश सहर जाँदा , मेला हेर्न जाँदा, घरमा रहँदा रात दिन जुनसुकै समयमा पनि एकै साथ रहेको देख्दा इस्टमित्रले कोपिला र प्रकाशको सम्बन्धका बारेमा कुरा उठाउन थाल्छन् । एकदिन कोपिलालाई छिमेकीले प्रकाश सँगको सम्बन्ध के हो ? भनेर सोध्छन् । छिमेकीलाई कोपिलाले प्रकाश आफ्नो दिदीको छोरो भएको र ऊ आफ्नो छोरो समान रहेको बताउँछे ।
छिमेकीले प्रकाश र कोपिलाको अनैतिक सम्बन्ध भएको बताउँछन् तर कोपिलाले प्रकाश आफ्नो दिदीको छोरो भएकोल ऊ छोरो समान भएको बताउँदै के आमा छोराको अनैतिक सम्बन्ध हुन सक्छ ? भनी छिमेकीलाई नै प्रति प्रश्न गर्छे । कोपिलाको प्रति प्रश्नको उत्तर दिन छिमेकीले सक्दैनन् । कोपिला घर आएर प्रकाशलाई छिमेकीसँग आफूले दिदीको छोरो भनेर मनाउन सफल भएको बताउँछे । तर प्रकाश कोपिलासँग बस्न थालेदेखि नै प्रमोदले प्रकाशलाई अङ्कल भन्ने गरेको थियो । अब कोपिलालाई प्रकाशसँग रहेको अनैतिक सम्बन्धलाई लुकाएर राख्न छोरो प्रमोदले प्रकाशलाई अङ्कलको ठाउँमा दाजु भन्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले प्रमोदले प्रकाशलाई दाजु भन्न नसिकाउँदा सम्म प्रकाश र प्रमोदलाई अरुको अगाडि भेट नगराउने उपाय सोच्छे । प्रकाशलाई घरमा प्रमोदले अङ्कल भनेमा पिटेर दाजु भन भन्दै पिटिन्छ र यदि फेरी अङ्कल भनेमा नाक–कान काट्ने भनेर डर देखाइन्छ । प्रमोद बिचरा जम्मा आठ वर्षको बालक न हो उसलाई आफ्नी आमा कोपिला र प्रकाशको सम्बन्धका बारेमा केही थाहा हुँदैन । उसले पहिलो चोटी प्रकाश घर प्रवेश गर्दा प्रकाशलाई अङ्कल भन्छ र प्रकाशलाई अङ्कल भन्ने बानी परेको छ । उसले अब प्रकाशलाई दाजु भन्न सक्दैन । प्रमोद अङ्कल भनेमा नाक–कान काटिन्छ भन्ने डरले ऊ प्रकाशलाई केही नाता नभनीकनै बोल्दछ र सकेसम्म नबोलेरै बस्न थाल्छ । प्रमोद विस्तारै बढ्दै जान्छ तर पनि उसको बालापनमा परेको नाक–कान काटिन्छ भन्ने डर ठूलै हुँदासम्म रहिरहन्छ । एक दिन प्रकाशसँगै पढ्ने रोहीतको बुबाले प्रमोदलाई घरमा बोलाउँछन् । रोहीतको बुबाले प्रमोदलाई चकलेट दिन्छन् । प्रमोदले रोहीततको बाबुले दिएको चकलेट खान्छ र चकलेट साह«ै मिठो भयो अझै छ भनेर सोध्छ । रोहीतको बुबाले तिम्रो घरमा बस्ने को होनी भनेर सोध्छन् तर प्रमोदले रोहीतको बुबालाई उत्तर दिँदैन । रोहीतको बुबाले किन तिमीले चिन्दैनौ र भन्छ ।
प्रमोदले चिन्छु भन्छ । अनी को हो त ? प्रमोदले नाक–कान काटिन्छ भन्छ । अरु केही बोल्दैन । प्रमोदको कुरा सुनेर रोहितको बुबा छक्क पर्छन् उनले केही कुरा बुझ्दैनन् । प्रमोदले रोहितले सधैँ चकलेट खान पाउँछ तर आफूले कहिल्यै चकलेट खान नपाएको यदि आफ्नो पनि बुबा भएको भए विद्यालय छोड्न जाने , चकलेट खान पाउने थिए भन्दै मनमा कुरा खेलाउँदै घर पुग्छ । प्रकाश र कोपिला कुरा गरिरहेका हुन्छन् । उनीहरू एक अर्कालाई अङ्कमाल गरिरहेका हुन्छन् । प्रकाशले एकचोटी मन्टो उठाएर प्रमोदलाई हेर्छ । बिचरा प्रमोद प्रकाशलाई देख्ने वित्तिकै उसले नाक–कान काटिन्छ भन्ने सम्झिन्छ र डराएर अर्को कोठामा जान्छ । कोपिलाले प्रमोदलाई विद्यालयबाट आउँदा भोक लागेको छ की ? भन्ने सोच्न सम्म सोच्दिन । प्रकाशले भोक लाग्यो भन्छ बल्ल कोपिला हतार हतार गर्दै मैले त तिमीलाई भोक लागेको ख्यालै नगरेकी भनेर नास्ता बनाएर प्रकाशलाई दिन्छे । अनी भान्सामा गएर आफूलाई एउटा भाँडामा राख्छे , प्रमोदलाई पनि पिलेटमा राखेर दिन्छे । प्रमोदलाई भान्सामै बसेर खा भन्दै आफ्नो भाँडो लिएर प्रकाश भएको कोठामा आउँछे ।
सुवोदले विदेशमा धेरै समय काम गरेमा धेरै पैसा हुन्छ भनेर आफ्नो आरामको समयको ख्यालै नगरी काम गर्न थाल्छ र आफूले पठाएको पैसाले छोराले राम्रो कपाडा लगाएको, कोपिला राम्रो कपडामा गहनाले झपक्कै हुँदा राम्री देखिएको र प्रमोदले विद्यालयमा राम्ररी पढेको कल्पना गर्छ । सुवोदले फेरी पैसा पठाउँछ । कोपिलाले लोग्नेले पठाएको सम्पूर्ण पैसा प्रकाशलाई राख्न भन्छे तर प्रकाशले मलाई पैसा चाहिएको छैन तिमी भए पुग्छ भन्छ । कोपिलाले सुवोद आउने थाहा नहुदाँसम्म आफैले राखेर सुवोद आउने बेलामा प्रकाशलाई पैसा दिएर फकाएर घरबाट अन्यत्र पठाउने सोच बनाउँछे । प्रकाश कोपिलालाई आफ्नै श्रीमती नै सम्झिन्छ उसले कोपिलाका हरेक काममा पहिले भन्दा बढी सघाउँछ । सुवोद आफू अब वर्ष दिन भित्र घर आउने खबर पठाउँछ । सुवोदको खबर सुन्नासाथ कोपिलालाई प्रकाशलाई के गर्ने , कसरी घरबाट पठाउने होला भन्ने चिन्ता पर्न थाल्छ । कोपिला प्रकाशले छोडोस् भन्ने उद्देश्यले प्रकाशलाई पहिलेको जस्तो व्यवहार नगरी अन्यत्रीको जस्तो व्यवहार गर्छे आफ्नो पहिलेको नाटकीय प्रमलाई चुडाएर घृणा गर्न थाल्छे – पोइको कमाइ खान नसकेकी श्रीमती र आफ्नो कमाइ खान नसकेको लोग्ने मानिस एउटै हो भन्न थाल्छे तर प्रकाशले कोपिलालाई वास्तविक माया गरेको हुनाले उसले कोपिलालाई हृदयमा राखेर आत्मिक माया गरेको कारणले गर्दा कोपिलाले जतिसुकै घोचपेच सुनाए पनि कोपिलालाई छोडेर अन्यत्र जान सक्दैन । कोपिलालाई पहिलेको जस्तै माया गरिरहन्छ ।
सुवोदलाई साहुले तलब बढाइदिने आस्वासन दिएर घर नजान अनुरोध गर्छ । सुवोदलाई कोपिला कस्ती भई होली, छोरो कस्तो भयो होला , छोराले मलाई खोजीरहेको होला भन्ने कल्पना गर्छ । सुवोदले म यत्रो समयसम्म घरमा नजाँदा कोपिला रिसाएकी होली भनेर कोपिलालाई फोन सम्पर्क गर्छ । कोपिलालाई साहुले घर नजा भनेको तथा तलब बढाइदिने बताएको बताउँछ । कोपिलाले तलब बढाइदिने सुन्ने वित्तिकै अहिले घरमा प्रमोदले पनि राम्रै पढेको र घरको अवस्था पनि राम्रो भएकोले नआउन भन्छे । बिचरा सुवोद कोपिलाले छिटो आउन भन्छे भन्ने आसामा सम्पर्क गरेको त कोपिलालाई सम्पर्क गरेपछि घर जाने आफ्नो बाटो रोकिएको ठान्छ र कोपिलालाई छोराको राम्रो ख्याल राख्न भन्दै केही समय आफू घर नआउने बताउँछ । कोपिला केही समय सुवोद नआउने भएपछि मन ढुक्क गराएर प्रकाशलाई घृणा गरेकी कोपिला पुन प्रकाशलाई नाटकीय प्रेमको खेल खेल्छे र आफूले घृणा गरेको तथा चित्त दुखाएकोमा माफी देऊ भन्छे । प्रकाशले कोपिलालाई अन्तरआत्मा देखि प्रेम गर्छ त्यसैले उसले कोपिलाको चालै नबुझी तिमीले मलाई माया गरेपनि , मेरो लागि प्रेमै हो र घृणा गरेपनि म प्रेमकै रुपमा , मयााकै रुपमै ग्रहण गर्छु । त्यसैले मसँग माफी मागीरहनु जरुरी छैन । तिमीले बोलेका कुराहरू अरुलाई नराम्रो लाग्ला तर मेरा लागि अरुले नराम्रा मानेका कुरा पनि राम्रै हुन्छ किनकी म तिमीलाई प्रेम गर्छु भन्दै कोपिलाको आँखासँग आफ्नो आँखा जुधाउँछ ।
कोपिलाले आफू विवाहित भएर पनि तिमी अविवाहित प्रेम प्राप्त भएकोले खुसी छु भन्छे । प्रकाशले प्रेममा धन, सम्पत्ती , जात– भात, सानो , ठूलो, राम्रो, नराम्रो, विवाहित र अविवाहित केही हुँदैन । प्रमलाई नत उमेरले छेक्न सक्छ , नत स्वास्नीले लोग्नेलाई, नत लोग्नेले स्वास्नीलाई प्रेमलाई त कसैले पनि छेक्न सक्दैन भन्छ । कोपिलाले तिमीले मलाई यति धेरै माया गर्छौ । यदि मलाई कालले लगेर म मरे मने प्रेमलाई कालले त छेक्न सक्छनी होइन र । प्रकाशले भन्छ तिमीले भनेको जस्तो कालले छेक्न सक्ने प्रेम वास्नात्मक प्रेम हो जसलाई कालले छेक्न सक्छ तर म तिमीलाई अन्तरआत्मादेखि हृदयदेखि प्रेम गर्छु , तिम्रो रुप यौवनलाई नभएर तिमीलाई नै प्रेम गर्छु , त्यसैले तिमी मेरो छायाँ बनेर जतिखेर पनि मसँगै हुन्छ्यौ तिमीलाई कालले लगेर तिम्रो शरीरलाई लान्छ , तिम्रो यौवनलाई लान्छ , तिम्रो रुपलाई लान्छ तर मेरो मनभित्र तिमी बसेकी छौ , मेरो छायाँ भएर, त्यसैले कालले मेरो छायाँलाई लान सक्दैन । म त अहिले पनि तिम्रो शरीरलाई प्रेम नगरेर तिमीलाई प्रेम गरेको छु , मेरो छायाँलाई प्रेम गरेको छु । अखिर कालले तिम्रो शरीर लैजान्छ तिमीलाई लान सक्दैन किनकी तिमी मेरो छायाँ बनेर बसेकी छ्यौ । म त तिम्रो शरीरलाई प्रेम गरेको छैन तिमीलाई प्रेम गरेको , छायाँसँग प्रेम गरिरहेको छु । कोपिला प्रकाशको कुरा सुनेर दङ्ग पर्छे, चकित पर्छे, आफूले त अझै सम्म प्रेम गर्नै नजानेको महसुस गर्छे र आफ्नो लोग्ने आएपछि प्रकाश मेरो शरीरलाई सुवोदलाई छोडेर मलाई आफ्नो छायाँ बनाएर लैजाने भयो , छायाँसँग प्रेम गर्ने भयो भन्दै सोच्दै लठ्ठ पर्छे । मनमनै प्रकाशको कुरा झुटो हो छायाँसँग कसरी प्रेम हुन्छ ? भन्ने प्रश्नको उत्तर आफ्नै मनलाई सोध्छे तर त्यसको उत्तर कोपिलाको मनले दिन सक्दैन ।
प्रमोद रोएको आवाज कोपिलाले सुन्छे तर कोपिलाले त्यो आवाजको केही प्रवाह नै नगरी नसुनेजस्तो गरी प्रकाशलाई हेरी रहन्छे र प्रकाशले भनेका कुराहरू मनमा खेलाइरहन्छे । छोरो रोएको आवाज झन् झन् जोडसँग सुनिन्छ । कोपिलालाई फेरी छिमेकीले के भन्लान प्रमोद रोएको धेरै बेर भयो भन्दै प्रकाशलाई जाऊ हिड भनेर ऊ घर जान्छे । प्रमोदलाई घरमा देख्दिन र कोपिलाले घरको सिँडीमा रगतै रगत देख्छे । छोरालाई नदेखेपछि छिमेकीलाई सोध्छे छिमेकीले भर्खर अस्पताल लगेको जानकारी दिन्छन् । कोपिला हतार–हतार अस्पताल पुग्छे छोरालाई तालुमा हात राखेर मसार्न खोज्छे तर प्रमोद कोपिलाको हात आफ्नो तालुबाट हटाउँछ र कोपिलाले आफूलाई माया नगरेको अनुभव गर्छ । किनकी उसले आफू लोटेर चिच्चाइरहँदा कोपिला प्रकाशको अनुहारमा लाटी जस्ती भएर वाल्ल हेरीरहेकी थिई छोराको चिहावटलाई वास्ता गरेकी थिइन । कोपिलाले पनि आफ्नो छोरालाई आफूले आमाले गर्नुपर्ने माया त परै जाओस् आमाको कर्तव्य पनि पुरा गर्न नसकेको अनुभव गर्छे । कोपिला अब सुवोद आउने बेला भएको विदेशबाट उसले पठाएको पैसा पनि नबचेको छोराको पढाई पनि बिग्रेको र प्रकाशसँग अनैतिक सम्बन्ध गाँसेको छिमेकमा पनि आफ्नो इज्जत नरहेको , आफ्नै कारणले गर्दा यस्तो अवस्था आएको पैसाको – सम्पत्तीको लोभमा लागेर लोग्नेलाई विदेश पठाएपछि आफ्नो घर बिग्रेको महसुस गरी अब प्रकाशसँगको सम्बन्ध अन्त्य गर्ने विचार गर्छे । डाक्टरले प्रमोदको घाउ सफा गरेपछि औषधी लगाईदिएर पट्टिले बाधेर पठाउँछन् र दैनिक घाउ सफा गर्न आउन सुझव दिन्छन् । कोपिला छोराको हात समाएर घर ल्याउन खोज्छे तर प्रमोद कोपिलाबाट आफ्नो हात फुकाल्छ र आमाको पछि पछि घर आउँछ ।
कोपिलाले दैनिक रुपमा घाउ सफा गर्न छोरोलाई डाक्टरकहाँ लैजान्छे र विस्तारै प्रमोदको घाउ निको हुन्छ । सुवोदले छोराको खुट्टामा लोटेर चोट लागेको खबर पाउँछ । छोराको खबरले सुवोद एक महिनाभित्र काम छोडेर घर फर्किने निर्णय गर्न पुग्छ । सुवोदले आफ्नो छोरालाई पढाएर योग्य बनाउने र सीप सिकाएर स्वदेशमै रोजगारीमा लगाउने उद्देश्य छोराको हेरचाहमा कोपिलाले ध्यान नदिएकोले चकनाचुर हुने सोच्दै अब छोराको हेरचाह, छोराको इच्छा, छोराको क्षमता बुझेर छोरोलाई सही बाटो देखाउने काम स्वयं आफैले गर्ने निर्णय गर्दछ र आफू एक महिनाभित्र घर फर्किने भनी कोपिलालाई खबर पठाउँछ ।
कोपिलाले सुवोदको खबर पाउनासथ अब तुरुन्तै सुवोद घर नआउँदै प्रकाशलाई अर्कै कुनै केटीसँग विवहा गरिदिएर घरबाट टाढा पठाउने मनमनै विचार गर्दै मनमा अनेक कुरा खेलाउन थाल्छे । प्रकाश कोपिलाको कोठामा प्रवेश गर्छ र कोपिलाको छेउमा गएर बस्छ । कोपिलाले प्रकाशलाई तिमीसँग मैले आज महत्वपूर्ण कुरा गर्नु छ । जुन कुरा तिम्रो भविष्य र मेरो भविष्य दुवैको भविष्यको लागि राम्रो हुनेछ र म तिमीलाई जतिसको चाडो त्यही बाटोमा लगाउन चाहान्छु भन्छे । प्रकाशले कस्तो कुरा ? कस्तो निर्णय ? सुनाउ न भन्छ । कोपिलाले प्रकाश अब तिम्रो विवहा गर्नुपर्छ र तिमी एक महिनाभित्र सुवोद नआउँदै जतिसको चाडो यो घर छोडेर जानुपर्छ भन्छे । प्रकाश आश्चर्यमा पर्छ किन विवहा गर्ने मैले त तिमीलाई आफ्नो बनाइसके तिमीलाई मैले शिन्दुर नलगाईदिए पनि, विवहा मण्डपमा नराखे पनि मनभित्र राखिसके यदि घर छोड्ने हो भने सुवोद नआउँदै अहिले तुरुन्तै घर छोड्न सक्छौँ तर म एक्लै तिमी विना घर छोडेर एक्लै घरबाट निस्केर जान सक्दैन । हामी दुवैजना एकै साथ घर छोड्न सक्छौ । कोपिलाले प्रकाशलाई हामी दुईको विचमा जस्तो सम्बन्ध रहे पनि समाजको अगाडि हामी आमा छोरा हौँ , त्यसैले म तिम्रो श्रीमती बन्न सक्दिन, म समाजबाट भाग्न सक्दिन ।
प्रकाशले समय धेरै अगाडि बढेको बताउँछ र अतितमा तिमीले मलाई कहाँबाट कसरी किन यस घरमा ल्याएर राख्यौ ? यसमा मेरो के दोष छ भन कुनै दिन म आफ्नो जीन्दगीको यात्रा एक्लै गरिरहेको , म आफै आफ्नो यात्राको ड्राईभर थिए तर तिम्रै कारणले मैले मेरो जीन्दगीको यात्राको ड्राईभर तिमीलाई बनाए, अब मेरो जीन्दगीको यात्रालाई तिमीबाहेक कसैले गति दिन सक्दैन मेरो यात्रालाई अगाडि बढाउने अथवा रोक्ने तिमी मात्रै हौ । कोपिला प्रकाशलाई जसरी पनि घर छोडेर आफ्नो नयाँ जीन्दगीको यात्रा शुभारम्भ गर्न आग्रह गर्दछे । कोपिलाको आग्रह प्रकाशले सुन्न सक्छ तर कोपिलालाई छोडेर कोपिला विनाको जीवन सोच्न सक्दैन । कोपिलाले प्रकाशलार्य आग्रह गर्दा गर्दै सुवोद आउने समय नजिकिँदै जान्छ । तर कोपिलाले प्रकाशलाई जति प्रयास गर्दा पनि घरबाट निकाल्न सक्दिने । कोपिलाले प्रकाशले घर छाड्न नमाने पछि प्रकाशलाई मार्नु सिवाय अर्को कुनै उपाय देख्दिने । त्यसपछि कोपिलाले प्रकाशलाई मार्ने उपाय रच्दै योजना बनाउन थाल्छे । कोपिलाले प्रकाश लोग्ने मान्छे, युवक, बलबैसको मान्छे भएकोले आफूले एक्लै मार्न नसक्ने र त्यसलाई मार्नको लागि आफ्नो अत्यन्त मिल्ने छिमेकी साथी सविनाको सहयोग लिने निर्णय गर्दछे । कोपिलाले एक दिन प्रकाशलाई बजारमा सामान लिन पठाउँछे र प्रमोद विद्यालय गएको समयमा दिउँसो सविनालाई घरमा बोलाउँछे । कोपिलाले सविनालाई आफूले बोलाउनुको सम्पूर्ण कारण बताउँछे र प्रकाशलाई मार्ने कार्यमा सहयोग गर्न अनुरोध गर्छे । सविनाले प्रकाशलाई घरबाट फकाएर घरबाट टाढा पठाउन सल्लाह दिन्छे तर कोपिलाले प्रकाशले आफ्नो सल्लाहलाई नमानेको र प्रकाशलाई मानुपर्ने आफ्नो बाध्यात्मक अवस्था रहेको बताउँछे । सविना आफ्नो आत्माले अप्ठ्रो महसुस गर्दा–गर्दै पनि साथीको नाता छुट्ने र कोपिलाले पनि आफूलाई समस्या पर्दा सहयोग गरेको सम्झना गर्दै कोपिलालाई उक्त कार्यमा साथ दिने बचन दिन्छे ।
सविनाले प्रकाश हामीभन्दा ज्यादा धेरै बलियो छ त्यसलाई कसरी मार्न सकिन्छ ? भनेर कोपिलालाई प्रतिप्रश्न गर्छे । कोपिलाले पनि त्यो कुरा अफ्ट्यारो भएकोले आफूलाई झन् बढी चिन्ता परेको र अरु कुनै लोग्ने मान्छेको सहयोग लिँदा पनि कुरा बाहिर जाने र ज्यानमाराको रुपमा जेलमा बस्नुपर्ने समस्या आउन सक्ने खतरा देखेको बताउँछे । सविनाले त्यसोभए के गर्ने त ? भनेर कोपिलालाई प्रश्न गर्छे । कोपिलाले सविनालाई आफ्नो मनबाट अत्यन्त उपयुक्त उपाय निस्केको बताउँछे । सविनाले कस्तो उपाय भनेर जान्न उत्सुक हुन्छे । कोपिलाले प्रकाश बजारबाट साँझ आउँदा ऊ धेरै थाकेको हुनेछ र उसलाई एकदम माया गरेको जस्तो निभ्न लागेको बत्तीको प्रकाश जसरी चहकीलो हुन्छ त्यसरी नै उसलाई अन्तिम मायाको रुपमा सकेसम्म बढी माया गरेजस्तो गर्ने जसको कारणले प्रकाशले हामीमाथी कुनै शंका नगरोस् , आफूलाई मार्न थालेको कुरा पत्ता नपाओस् । त्यसपछि छोरालाई खाना खुवाएर चाडै सुताउने । त्यसपछि छोराबाट कुनै पोल खुल्दैन । जब प्रकाश बजारबाट थाकेर आएको हुन्छ , ऊ आउँदा कुखुराको भाले काटेर मासुमा विष राखेर खुवाउने अनि त्यो विषको कारणले उसको मृत्यु हुन्छ । जब उसको मृत्यु हुन्छ , त्यसपछि रातीनै उसलाई कोठामा झुण्डाउने अनि बल्ल छिमेकीलाई प्रकाश झुन्डेको खबर दिने । कोपिलाको कुरा सुनेर सविना मौन रहन्छे । सविनालाई मौन देखेर किन नबोलेकी मेरो योजना राम्रो छैन र ? भनेर सविनालाई प्रश्न गर्छे । सविनाले दबेको स्वरमा राम्रो छ भन्छे । त्यसो भए तयारी गरौँ भनेर कोपिलाले कुखुराको भाले काट्छे र राम्रोसँग पकाउँछे । प्रकाशले रक्सी पनि खाने भएकोले प्रकाशलाई एक बोत्तल रक्सी ल्याएर राखिदिन्छे ।
विद्यालयबाट छोरो आउँछ, कोपिलाले छोरालाई सविनाको घरमा खेल्न पठाउँछे, र कोपिलाले कुखुराको मासुमा विष राखेर तयार गर्छे । साझँ पर्न थालेको अवस्थामा प्रमोद खेलेर भित्र पस्छ र केही समयको अन्तरमा प्रकाश आउँछ । प्रकाशले गाडि नपाएको कारणले ज्यादै थाकेको र भोक लागेको बताउँछ । कोपिलाले प्रकाशलाई कोठामा आराम गर्न पठाउँछे । प्रकाश धुलै धुलो भएकोले हातखुट्टा, मुख धुन्छ र कोठामा गई विस्तारामा पल्टिन्छ । कोपिलाले छोरालाई भान्सामा लैजान्छे र छिटो–छिटो खाना खुवाएर सुताउन लैजान्छे । प्रमोद विद्यालयबाट आएदेखि अध्यारोसम्म खेलेको कारणले तुरुन्तै भुसुक्कै निदाउँछ । सविनाले पनि घरमा गई सबैलाई खाना खुवाएर कोपिलाको घरमा आउँछे । कोपिलाले बोत्तलमा रक्सी दिन्छे र रक्सि खाएपछि थकाइ मेटिन्छ भन्छे । प्रकाशलाई मासु पनि दिन्छे प्रकाशले कोपिला र सविनालाई पनि मासु खान आग्रह गर्छ । सविनाले आफूलाई ज्वोरो आएको बताउँदै मासु खान अस्वीकार गर्छे । कोपिलाले पनि आफूलाई दिउँसैबाट पेट दुखेको र पेट दुख्न छोडेमा केही समयपछि खाने कुरा गर्छे । प्रकाश कोपिला र सविनाको अनुहारमा हेर्दै आफ्नो भोक मेट्न छिटोछिटो मासु र रक्सी खाँदै जान्छ । कोपिलाले प्रकाशलाई उक्साउँदै सबै मासु नखाएमा आफू रिसाउने बताउँछे । प्रकाशले कोपिलाले आफूलाई धेरै माया गर्छे भन्दै सबै मासु र एक बोत्तल रक्सी सिध्याउँछ । केही समयपछि प्रकाशलाई विषले आक्रमण गर्न थाल्छ र एक्कासी पल्टिएर आत्तिन थाल्छ । कोपिलाले प्रकाशको टाउको आफ्नो काखमा राखेर केही हुँदैन भनेर प्रकाशलाई थुम्थुमाउँछे । प्रकाशले जोड जोडसँग खुट्टा र हात फाल्छ र झन्–झन् आत्तिन थाल्छ । प्रकाश आत्तिएर ढोका खोलेर भाग्न थाल्छ कोपिलाले बाहिर अध्यारो छ भनेर प्रकाशलाई रोक्न खोज्छे र सविनाले ढोकामा चुक्कल लगाउँछे । प्रकाशले ढोकामा टाउको ठोक्छ र पल्टिन्छ र मुखबाट फिज निकाल्छ ।
प्रकाश विषले गर्दा बेहोस् जस्तो भएर पल्टिन्छ । कोपिलाले डोरी प्रकाशको घाटीमा लगाउँछे र घाटीमा एकदमसम्म डोरो कस्छे विस्तारै प्रकाशले कोपिलाको अनुहारमा हेर्छ र आफ्नो प्राण त्याग गर्छ । कोपिला आत्तिन थाल्छे र पङ्खा लगाउने छडमा डोरी झुन्डाएर प्रकाशको शरीरलाई सविना र कोपिलाले उठाउँछन् र डोरी तानेर प्रकाश आफै झुण्डिएर मरेको हो भन्ने पार्न डोरी कस्छन् र प्रकाशको लासलाई एकटकसँग हेर्छन् । कोपिलाले आफू सफल भएको सम्झिन्छे भने सविनाले आफूले गलत साथीको सङ्गत गरेको कारण प्रकाशको हत्यामा संलग्न हुन पुगेकोमा पश्चाताप गर्छे । सविनाले अब के गर्ने भनेर कोपिलालाई आत्तिँदै सोध्छे । कोपिलाले अब दुवै जना चिचाउँदै छिमेकमा गुहार माग्ने र प्रकाश झुण्डिएर म¥यो भन्ने भन्छे । दुवैजना राती एक्कासी चिच्चाउँदै गुहार–गुहार गर्दै घरबाट बाहिर निस्किन्छन् । छिमेकीहरू गुहार गुहारको आवज सुनेर हतार हतार गर्दै सविनाको घरमा मान्छेहरूको भिडभाड हुन्छ । प्रकाशको खुट्टाले भुइमा अलिअलि छोएको देखेर धेरै जसो मानिसले प्रकाश आफै नझुण्डिएर उनीहरूले नै मारेर झुण्डाएको भन्दै एक आपसमा खासखुस कुरा गर्छन् । विस्तारै उज्यालो हुन थाल्छ र प्रहरी कार्यालयमा घटनाको खबर पुगेपछि प्रहरी कार्यालयबाट प्रहरीहरू आउँछन् र प्रकाश झुण्डिएको डोरी, प्रकाशको उचाई सबै कुरा नापेर प्रकाशको घाटीमा अठ्ठिएको डारी काट्छन् । प्रकाशको लास कोठामा लम्पसार परेर सुतिरहेको हुन्छ । प्रहरीले प्रकाशको लासलाई पोस्टमाटम गर्नको लागि लैजान गाडिको व्यवस्था गर्छन् र अनुसन्धानको लागि भन्दै कोपिला र सविनालाई प्रहरी कार्यालयमा लैजान्छन् ।
प्रहरी कार्यालयमा प्रकाशको लास पु¥याइन्छ र प्रहरी हवलदारले कार्यालयको प्रमुख अविनासलाई प्रकाशको लास आएको बताउँछ । अविनासले आफूले चिनेको अस्पतालमा प्रकाशको लासलाई पोष्टमाटम गर्न निर्देशन दिन्छ । अविनासको निर्देशन अनुसार उक्त अस्पतालमा डाक्टरले प्रकाशको लासलाई पोष्टमाटम गर्छ र सम्पूर्ण शरीरको जाँच गर्छ र प्रकाश विष खाएर मरेको रिपोर्ट निकाल्छ । डाक्टरले अविनासलाई फोन गरेर प्रकाश विष खाएको कारणले मरेको बताउँछ । अविनासले रिपोर्ट गोप्य राख्न अनुरोध गर्दै फोन काट्छ र बाहिर प्रकाशको लासलाई दाहसंस्कार गर्न कुरेर बसेका मानिसलाई प्रकाशको रिपोर्ट केही समयपछि प्रहरी कार्यालयमा पुग्छ तपाईको लासलाई प्रहरी कार्यालयमा लैजानुहोस् भन्छ । एक समूहले प्रकाशको लासलाई गाडीमा राखेर प्रहरी कार्यालयमा लैजान्छन् । प्रहरी कार्यालयमा पुगेपछि अविनासले तपाईको रिपोर्ट पछि पाउनुहुन्छ घटनाको अनुसन्धानको लागि सविना र कोपिलालाई थुनामा राख्न आदेश दिँदै तपाईहरू आफ्नो लासलाई दाहसंस्कारको लागि लास लैजान सक्नुहुन्छ भन्ने कुरा गर्छ । एउटा समूहले प्रकाशको लासलाई परम्परा अनुसार अन्तिम दाहसंस्कार गरेर घर फर्किन्छन् । इष्टमित्रले कोपिला र सविनाले प्रकाशलाई मारेको कुरामा कुरा मिलाउँदै प्रहरीले ठीक गरेको भन्दै अविनासको प्रशंसा गर्दछन् ।
सुवोद विदेशबाट घर फर्किन्छ । सुवोद घर आएपछि आफ्नो घरमा ताल्चा मारेको देखेर आश्चर्यमा पर्दै छिमेकीलाई कोपिला ताल्चा मारेर कहाँ गएकी ? के कोपिलालाई त सन्चै छ ? , के प्रमोदलाई त ठीक छ ? भन्दै एकाएक प्रश्न गर्छ । छिमेकीले सुवोदले सोधेको एउटा पनि प्रश्नको उत्तर दिन सक्दैनन् । वरिपरी सुवोद आएको हल्ला फैलिन्छ धेरै जसोले बिचरा सुवोदले अब के गर्ने होला ? भन्दै कुरा खेलाउँछन् । एउटा प्रमोदसँगै पढ्ने सम्राटले तिम्रो बुबा आउनुभएको छ भन्छ । प्रमोदले कहाँ ? भनेर सम्राटलाई सोध्छ । सम्राटले तिम्रो घर भन्छ । प्रमोद बाबा–बाबा भन्दै दौडिँदै घर पुगेर सुवोदको खुट्टा समाउँछ । सुवोदले आफ्नो छोरो प्रमोदलाई उचाल्छ र काखमा राखेर छोराको अवस्था देखेर बर्बर्ती आँसु खसाल्छ । इष्टमित्रले जिल्ल परेर सुवोद र प्रमोदलाई हेरिरहन्छन् । सुवोदले छोरासित आमा खोइ भनेर प्रश्न गर्छ । प्रमोदले आमालाई प्रहरीले लगेको बताउँछ । सुवोदले कहिले हो बाबु ? भनेर प्रश्न गरेपछि बल्ल इस्टमित्रले सम्पूर्ण घटनाको बारेमा बताउँछन् । सुवोद आफूले घर छोडेर विदेश जानुले नै परिवार विग्रको आफ्नो छोरालाई राम्रो बनाउने सपना बेकारको भएको महसुस गर्दै छट्पटाउँन थाल्छ र सकेसम्मको आफ्नो आखाँबाट आसु नखसोस् भनेर बल गर्छ ऊ अरुलाई आफ्नो दुःख देखाउन खोज्दैन र यता जाउँकी उता जाऊँ गर्छ । सुवोदको छिमेकी गगनले साँचो मसँग छ , आज हाम्रै घर बस्नुहोस् भनेर अनुरोध गर्छ । सुवोद आफ्नै घरमा बस्ने निधो गरेर साँचो माग्छ र ताल्चा खोल्छ ।
सबैजना विस्तारै आ–आफ्नो घरतर्फ लाग्छन् । सुवोदको घरमा सुनसान हुन्छ । प्रमोद बाबा आएकोमा खुसी देखिन्छ र आमा प्रहरीदाईसँग जानुभएको छ तपाई आएको खबर पाएपछि भोली नै आउनुहुन्छ भन्छ । सुवोद आफूले छोरालाई ल्याएको लुगा, मिठाई, खेलौना दिन्छ । प्रमोद असाध्यै खुसी हुन्छ । सुवोद अब आफू कोपिलाको नभएको तर छोराको स्याहार सुसार गरेर छोराकै लागि मात्र बाच्ने अठोट गर्दै कोपिलालाई जेल भित्र भेट्न नजाने सोच्दै छोरालाई सुमसुमाउँदै विस्तारमा पल्टिन्छ । प्रमोद बाबाको आगमनले अत्यन्तै खुसी हुँदै रमाउँदा रमाउँदै निदाउँछ । विहान हुन्छ सबैतिर आवाज आउन थाल्छ प्रमोद पनि उठ्छ र बाबा उठ्नुहोस् के तपाईलाई सन्चो छैनर भन्छ , जवाफमा सुवोदले सन्चै छ भन्छ । प्रमोदले आमा आज आउनुहुन्छ भनेर बाबालाई भन्दै जान्छ सुवोदलाई झन् झन् पिडाले सताउँदै जान्छ । सुवोद आफू केही खाँदैन तर प्रमोदलाई खुवाएर विद्यालय समयमै पठाउँछ र ऊ आउँदा नास्ता पनि तयार गरेर राखिदिन्छ । प्रमोद नयाँ झोला, नयाँ खेलौना, नयाँ कपडाले गर्दा खुसी हुँदा हुँदै दिन बिताउँछ । सुवोदले प्रमोदलाई सँगै सुताउन लैजान्छ , प्रमोदले विस्तारामा आमाको रुमाल देख्छ र आमालाई सम्झिन्छ । बाबा आमा हामीसँग रिसाएर हो नआएको भोली तपाईले फकाएर ल्याउनुहोस् है म कहिल्यै आमालाई दुःख दिन्न ।
प्रमोदको यो वाणीले सुवोदलाई अब अर्को फसाद पर्छ यो केटालाई अब कसरी आमाको मायाँ गर्ने, फेरी कसरी त्यो हत्यारा पापिनी, नर्कतीलाई लिएर आउने र कसरी जेलबाट निकाल्ने । ऊ हत्यारा भएपनि प्रमोदकी आमा हो बिचरा प्रमोदलाई के थाहा ऊ कसरी, के कामले प्रहरीसँग गई । मैले अब मिलेसम्म कोपिलालाई छोराको इच्छा पुरा गर्न पनि उसलाई लिएर आउनु पर्छ तर मैले कसरी कानुनलाई मिच्न सक्छु , यो बालकलाई कानुन के थाहा भन्दै अनेक कुरा मनमा खेलाउँदा खेलाउँदै निदाउँछ । विहान हुन्छ सुवोद उठ्छ र आफ्नो निदाइरहेको छोरो प्रमोदलाई मसार्छ र तँ अभागी रैछस् छोरा सानै छँदा पैसाको लोभमा र स्वास्नीको इच्छा पुरा गर्न म विदेश गए त्यसपछि तैले बाबुको माया पाउन सकिनस् र जब बाबाको माया पाउने बेला भयो तेरी आमाले प्रकाशको हत्या गरेर जेलमा पुगी तँ अभागी रैछस् छोरा तँ अभागी रैछस् भन्छ । प्रमोद उठ्ला भनेर आफ्नो हात उठाउँछ । सुवोदले हातमुख धोएर प्रमोदको लागि नास्ता तयार गर्छ , प्रमोद पनि उठ्छ , हातमुख धुन्छ र नास्ता खान्छ । प्रमोदले विद्यालयको गृहकार्य गर्छ र केही समय पढ्छ । विहानको ९ बजीसकेको हुन्छ । सुवोद हतार हतार गर्दै प्रमोदलाई खाना खान बोलाउँछ । खाना खुवाउँछ, कपडा लगाइदिन्छ र विद्यालय पठाउँछ । आफू खाना खान बस्छ तर खाना मिठो हुँदैन र त्यही छोराको वाणी भोली आमालाई फकाएर ल्याउनुहोस् भन्ने कुरा सम्झन्छ । सुवोद सरासर प्रहरी कार्यालयमा जान्छ ।
प्रहरी जवानलाई आफू कोपिलालाई भेट्न आएको बताउँछ । प्रहरी सिपाईले कार्यालय प्रमुख अविनासलाई खबर गर्छ, अविनासले कोठामा यतै पठाइदे भन्छ । प्रहरीले त्यही खवर सुवोदलाई पु¥याउँछ । सुवोद अविनाशको कोठामा जान्छ नमस्कार गर्छ । अविनाशले के भो किन आउनुभएको भन्छ । सुवोदले आफ्नो सम्पूर्ण घटनाक्रम बताउँछ र ऊ हत्यारा हो, ऊ मेरो नजरमा मरिसकी अब मसँग उसको छाँया मात्र छ जुन छाँया पवित्र छ तर मेरो छोरो बालकले आमा भनेर सतायो उसको नजरमा ऊ आमा हो हत्यारा होइन र उसलाई नत हत्या नत कानुन उसले मात्रै आमा जानेको छ त्यसैले म जसरी भएपनि बालकले आमाको माया पाओस् उसलाई आमाको अभावको महसुस नहोस् भन्ने मेरो चाहाना कसरी पुरा हुन सक्छ भनेर सल्लाह लिन आएको हुँ भन्छ । जवाफमा अविनासले यदि तपाईले तिन लाख दिनुभयो भने कोपिलालाई जेलबाट निकाल्न सक्नुहुन्छ र बालकलाई आफ्नै घरमा आमाको माया दिन सक्नुहुन्छ भन्छ । सुवोदले एक्कासी हत्यारा बस्ने जेल हो, यदि म कोपिलालाई यहाँबाट निकालेर घर लगेपछि मेरो घरपनि जेलै हुन्छ । म प्रमोदलाई यहीँ आमासँग छोड्छु र बेलाबखत उसलाई चाहिने सम्पूर्ण सामान पु¥याउन आउँछु भन्छ । सुवोदको कुरा सुनेर बालकलाई जेलमा राख्न नियमले दिँदैन यदि राखे पनि उसलाई मनोवैज्ञानिक असर पुग्छ । असर भन्ने शब्द सुुन्नासाथ सुवोद तर्सिन्छ , अझ त्यो पनि छोरो प्रमोदलाई । अह म उसलाई कुनै पनि असर पर्न दिन्न । त्यसो भए के गर्नुहुन्छ भन्दै अविनास रिसाएजस्तो गर्छ ।
सुवोद बिचराले तपाई के भन्नुहुन्छ त्यही गर्छु भन्छ । अविनासले पहिले तिन लाख दिनुहोस् अनि लैजानुहोस् भन्ने कुरा दोहो¥याउँछ । सुवोद मञ्जुर हुन्छ । अविनासले अस्पतालको डाक्टरलाई फोन गर्छ । डाक्टर तपाईले एक लाख पाउनुहुन्छ तुरुन्तै पहिले गोप्य राखिएको रिपोर्टलाई बदलेर मानसिक असन्तुलन भएको रिपोर्ट पठाउँनुहोस् भन्ने निर्देशन दिन्छ । डाक्टरले हतारहतार गर्दै गोप्य रिपोर्टलाई बदलेर मानसिक असन्तुलन भएको रिपोर्ट तयार गरी प्रहरी कार्यालयमा पठाउँछ । अविनासले अनुसन्धानमा कोपिला र सविनाको कुनै संलग्नता नदेखिएको कारणले थुनामुक्त गर्ने आदेश प्रहरी सिपाईलाई दिन्छ । प्रहरीले कोपिला र सविनालाई जेलबाट निकाल्छ । सुवोदको मनमा पसुलाई पो किनबेच हुन्छ के कोपिला पसु हो र अह होइन फेरी ऊ कसरी मान्छे हो उसलाई मैले तिन लाखमा किनेको छु । हो यो न मानिस न पसु बिचको के जात हो खै थाहै भएन जस्ता अनेक कुरा खेलाउँदै कोपिलालाई लिएर घर आउँछ । प्रमोद कोपिलाको आगमनले असाध्यै खुसी हुन्छ । कोपिलालाई दैनिक जसो इस्टमित्रले प्रकाशको हत्यारा भन्ने घोचपेच सुनाउँछन् यस्तै घोचपेच सुन्दासुन्दै एक महिना बित्छ । एक दिन कोपिलाले अब यो ठाउँ छोडेर सम्पर्क विहिन भएर बस्ने निधो गर्छे र ऊ धेरै टाढाको मान्छेसँग पोइला जान्छे ।
कोपिलाले छोडेर अन्तै गएपछि प्रमोद साह«ै दुःखीत हुन्छ । सुवोदले मनमनै सोच्छ कोपिला हत्यारा नै हो तरपनि मैले आफ्नो छोरालाई खुसी पार्न उसलाई जेलबाट निकाले ऊ प्रहरीको घेराबन्दीको जेलबाट त पैसाको बलमा निस्की तर उसलाई समाजले हत्याराकै रुपमा लिएका थिए । ऊ सिङ्गो समाजकै नजरमा हत्यारा थिई र उसको लागि समाज नै जेल थियो किनकी ऊ हत्यारा हो । फेरी मैले जती लाख खर्च गरे पनि उसलाई समाजको जेलबाट निकाल्न कहाँ सक्थे र फरी म पैसाको बलमा उसलाई समाजको नजरमा हत्यारा होइन कोपिला भनेर कसरी प्रमाणित गर्न सक्थे ऊ वास्तवमा हत्यारा नै हो मैले पैसाको आडमा अविनास र डाक्टर पैसाको प्रलोभनमा परेर कागजमा कोपिलालाई हत्यारा होइन भन्ने प्रमाणित गरे तरपनि कागज र यथार्थ धेरै फरक कुरा हो । दिनहरू बित्दै जान्छन् प्रमोद पनि विस्तारै बढ्दै जान्छ । समाजका व्यक्तिहरू, छरछिमेकीले सुवोदलाई अर्को विवहा गर्न सल्लाह दिन्छन् । सुवोद भने प्रमोदले दुःख पाउँछ र मलाई पनि श्रीमतीको लेखामै रहेनछ किनकी मैले विवहा गरेपनि छोरो काखमा भए पनि श्रीमती मेरो साथमा छैन भन्दै टार्छ ।
सुवोदलाई प्रमोदको स्याहर सुसार गर्न गाह«ो हुन थाल्छ प्रमोदले बारम्बार आमा कहिले आउनुहुन्छ भन्ने प्रश्न गर्छ , जुन प्रश्नको उत्तर सुवोदले दिन सक्दैन । सुवोद यदि मैले कोपिलालाई तिन लाख तिरेर जेलबाट ननिकालेको भए प्रमोदको जवाफमा २० वर्षपछि भन्न सक्थे तर कोपिला अन्तै गई मसँग सम्पर्क तोडी अब ऊ कहिले आउँछे जुन कुरा मलाई पनि थाहा छैन र जुन प्रश्नले सुवोदको मुटुको घाउ झन् कोट्याउछ फेरी बिचरा प्रमोदलाई के थाहा मेरो प्रश्नले बाबुको मुटुमा चोट पर्छ भन्ने, त्यसैले उसले बारम्बार यही प्रश्न गर्छ किनकी उसको प्रश्नमा बाबुले वास्ता गर्दैन, उत्तर दिन सक्दैन । सुवोद प्रमोदको हेरचाह गर्न असजिलो भएको र छिमेकीले पनि बारम्बार गरेको अनुरोधलाई मनन गर्दै दोस्रो विवहा गर्न पुग्छ । केही दिन त प्रमोद आफ्नो घरमा सानीआमाको प्रवेशले खुसी हुन्छ र सानीआमाले पनि प्रमोदलाई राम्रै व्यवहार गर्दै जान्छे । सुवोदको जीवनशैली पनि केही सुखी हुँदै जान्छ । दुई वर्षपछि प्रमोदकी सानीआमाको कोखबाट एक छोराको जन्म हुन्छ प्रमोदले भाई पाएकोमा गर्व गर्छ । फेरी तिन वर्षको अन्तरालमा प्रमोदको सानीअमाको कोखबाट अर्को छोरो जन्मिन्छ । समाय बित्दै जान्छ प्रमोदकी सानीअमाले आफ्ना दुई छोरा र प्रमोदलाई भेदभाव गर्न थाल्छे त्यही चोटले प्रमोदलाई मानसिक असर देखिन्छ । ऊ पनि लगभग १४ वर्षको पुगिसकेकोे हुन्छ । ऊ परिवारबाट माया नपाएकै कारणले कुलतमा फस्छ , उसको लागि चुरोट, खैनी, रक्सी, पुकार, सुर्ती सामान्य खानाजस्तै लाग्छ र ऊ कुलतलाई साहारा बनाउँदै दिन बिताउँदै जान्छ । एकदिन ऊ अपराराधिक समूहमा प्रवेश गर्छ । उसले त्यहाँ बन्दुक पड्काउन, मान्छेको हत्या गर्न, जवरजस्ती पैसा लुट्न सिक्छ ।
उसलाई अब अर्काको ज्यान लिन कुनै डर लाग्दैन । ऊ पुलिस प्रशासनको आँखा छलेर मान्छेलाई धम्काउने, लुट्ने र मार्ने जस्ता कार्यमा संलग्न हुन्छ । यसैगरी दिनहरू बित्दै जाँदा जाँदै अपराधिक सङ्गठनको नाइके सरकारसँग वार्तामा जान्छ । सरकारले उसलाई पैसाकै प्रलोभनमा सेवा सुविधा दिने आस्वासन दिएर अपराधिक क्रियाकलाप बन्द गर्न सहमती जनाउँछ । त्यसपछि अपराधिक सङ्गठनको क्रियाकलाप पूर्ण रुपमा बन्द हुन्छ । प्रमोदको अब सङ्गठनमा कुनै काम हुँदैन । त्यसपछि ऊ बसमा खलासीको काम गर्न थाल्छ । उसले बसमा खलासीको काम गर्दै त्यहाँबाट आएको पैसा कुलतमा खर्च गर्छ र बाकी रहेको पैसा बचाएर बस किन्ने सपनाको लागि बचत गर्छ । प्रमोद आमाको माया नपाएको कारणले गर्दा उसले स्त्रीलाई÷नारीलाई भोग्याको रुपमा लिन्छ र नारीलाई आफ्नो स्वार्थ पूरा गर्ने साधन मात्र सम्झिन्छ । त्यसैले ऊ राम्रा केटी आफ्नो बसमा चडे भने तिनीहरूसँग पैसा नलिने, सँगै बस्ने गर्न थाल्छ । यस्तै बानीको कारण धेरै सम्म पनि बसले राम्रो आम्दानी दिन नसकेको कारणले गर्दा बसको साहुँले प्रमोदलाई बसको खलासीबाट निकालिदिन्छ । प्रमोदले पहिला लुटेर जम्मा गरेको केही पैसा र बसको खलासी हुँदा बचत गरेको पैसाले आफ्नै बस किन्ने बिचार गर्छ तर पैसाले पुग्दैन । अब ऊ केही ऋण खोजेर भए पनि बस किन्ने निर्णय गर्छ । प्रमोदले केही पैसा ऋण खोजेर र केही आफूसँग भएको पैसाबाट नयाँ बस किन्छ र बसको कन्टेक्टर र खलासी दुबै काम आफूले सम्हालेर बसमा हिँड्न थाल्छ ।
प्रमोदले धेरै समयपछि अकस्मात् आफ्नो घर, आफ्नो बाबु र आफ्नो सानीआमा र दुई भाईहरू सम्झिन्छ । म यत्रो समयसम्म रक्सी, पुकार र सुर्तीलाई साथी बनाएर जीवन धान्ने आधार बनाएर घरदेखि छुट्टिएर बसेको १२ वर्ष भएछ । यत्रो १२ वर्ष हुँदा सम्म मलाई रक्सी, पुकार र सुर्तीले एक्लो भएको महसुस हुनै दिएन । अब यत्रो वर्षपछि म कसरी घर जाने भन्दै मनमा कुरा खेलाउन थाल्छ । प्रमोदले एक हप्ता भित्रै समय मिलाएर घर जाने निर्णय गर्छ । प्रमोद घर सम्झिँदा वित्तिकै डराउन थाल्छ । यत्रो समयमा घर जाँदा मलाई अरुले के भन्ने होलान् ? भन्दै मनलाई झन्–झन् भारी बनाउँदै जान्छ । प्रमोद भारी मनलाई बोकेर घर जाने साहित गर्छ । प्रमोद मनमा अनेकन कुरा खेलाउँदा खेलाउँदै घर पुग्छ । प्रमोद घर जाँदा उसलाई कसैले पनि चिन्न सक्दैनन् । सुवोद विरामी भएर बिस्तामा लडिरहेको हुन्छ । प्रमोद सरासर बाबुको कोठमा प्रवेश गर्छ र बाबा म छोरो प्रमोद भनेर खुट्टा समाउँछ । सुवोदले बर्वर्ती आँसु खसाल्छ । प्रमोद बाबुको छेउमै बस्छ । क्रमशः त्यस कोठमा को रैछ भन्दै प्रमोदकी सौतेनी आमा र दुई छोरा प्रवेश गर्छन् । सौतेनी आमाले नचिनेर को हौ तिमी ? भनेर प्रश्न गर्छे । प्रमोद केही बोल्दैन सुवोदले केही समयपछि दबेको स्वरमा छोरो प्रमोद चिनिनस् भन्छ । प्रमोदले सौतेनी आमालाई ढोग गर्छ । सौतेनी अमा मनमनै अपराधिक सङ्गठनमा गएपछि मरेको होला भनेको त जिउँदै आएछ यत्रो समयपछि पक्कै बाबुको सम्पत्ति खोज्न आए होला भन्दै रिसाउँदै भान्सामा जान्छे ।
ऊ भान्सामा पनि बस्न सक्दिने र छट्पटिटदै फेरी प्रमोद र सुवोद भएको कोठामा आएर एक छेउमा बस्छे । प्रमोदले सौतेनी अमालाई आफू भोेली नै फर्किने र जाँदा बाबुलाई औषधी गर्न सँगै लैजाने बताउँछ । प्रमोदले भोली नै घरबाट जाने कुरा निकालेपछि बल्ल सौतेनी अमाले प्रमोदसँग तिम्रो हालखबर के छ ? यत्रो समयसम्म कसरी घर बिर्सेर बस्यौ ? भनेर सोध्छे । जवाफमा प्रमोदले बितेको कुरा वित्यो वितेको कुराले किन बाँकी जीवनलाई दुःखी बनाउने । अहिले चाँहि एउटा बस किनेको छु । जीवन राम्रै चलेको छ त्यसैमा कन्टेक्टरको काम आफै गरिरहेको छु । प्रमोदको कुरा सौतेनी अमालाई पत्यार लाग्दैन र बस कहाँ छ ? भन्छे । प्रमोदले साँझ यही आउछ भन्छ । केही समयपछि बसको हर्न सुनिन्छ प्रमोद बाहिर निस्कन्छ र बस ड्राइभरले प्रमोदलाई देखेपछि बस रोक्छ । ड्राइभर प्रमोदको पछि – पछि आउँछ । प्रमोद सुवोदको छेउमै बस्छ र ड्राइभरलाई खाली कोठा बताइदिन सौतेनी अमालाई प्रमोदले अनुरोध गर्छ । ड्राइभर खाली कोठामा जान्छ र आराम गर्छ । सौतेनी अमाले खाना तयार गर्न थाल्छे । सुवोद र प्रमोद गफ गर्दै जान्छन् । सुवोदले विगतको कुरा सबै प्रमोदलाई बताउँदै जान्छ , प्रमोद सुन्दै जान्छ ।
सुवोदले म अभागी रैछु भन्दै रुन थाल्छ । प्रमोदले किन बाबा ? भन्ने प्रश्न गर्छ । कुनै समय म हत्याराको श्रीमान् थिए र फेरी अपराधीको बाबु बने अब भन् म भन्दा अर्को को अभागी हुन सक्छ । भन् छोरा । प्रमोदले वितेका कुरा विते अब आउने कुरा सोच्नुहोस् । अब पछुताएर आफैलाई दुःखी नबनाउनुहोस् बगेको पानीलाई फेरी फर्काउन सकिन्न त्यसैले आउने पानीलाई रोक्नुहोस् बगरे गएको पानी सम्झेर आफूलाई दुःखी नबनाउनुहोस् । यसै समयमा प्रमोदकी सौतेनी आमाले खाना खान बोलाउँछे । प्रमोदले बाबुलाई डोहोराउँदै भान्सामा पुग्छ । ड्राइभर पनि भान्सामा पुग्छ । सबैले एक साथ खाना खाएर सुत्न जान्छन् । विहान सबेरै उठेर सौतेनी आमाले नास्ता तयार गर्छे र सबैलाई बोलाउँछे , सुवोद विरामी भएको र बाटामा गाडि लाग्ने कारण बताउँदै नास्ता लिन अस्वीकार गर्छ । अरु सबैले नास्ता चिया लिन्छन् । प्रमोदले बाबुलाई बसमा चढाउँछ र सबैलाई विदाइका हात हल्लाउँछ । बस अगाडि बड्छ र सबै विस्तारै टाढा–टाढा हुँदै हराउँदै जान्छन् । प्रमोदले गाडि रोक्छ र बाबुलाई यहिबाट अस्पताल गइन्छ भनेर बाटो बताउँछ र बाबुसँग विदा भएर गाडिमा ढ्याप्–ढ्याप् हान्छ र ड्राइभरले आवाजसँगै गाडी अगाडि बढाउँछ ।
सुवोदलाई एकदमै पेट दुख्छ । दुखाइसँगै सुवोद बाटोमा थचक्क बस्छ । सुवोदले बाटोमा आवत–जावत गर्ने मान्छेलाई हेर्छ । कसैले सहयोग गर्छ कि भन्ने आस गर्दै हेर्छ तर कसैले उसलाई ध्यानै दिँदैनन् । परबाट एकजना युवक सुवोद तिरै आएको देख्छ । सुवोदले एक टकसित हेर्छ, युवकले पनि सुवोदलाई हेर्दै आउँछ । सुवोदले युवकको पोशाकलाई हेर्छ पोसाक साधारण तर मिलेको देख्छ । सुवोदलाई युवकको हिडाइ, लगाएको लुगा सबै राम्रो लाग्छ र एकोहोरो युवकलाई हेरिरहन्छ । युवकले बुढो मान्छे थचक्क भुइमा बसेको र मलिन अनुहार देखेर के भएको रहेछ भन्ने सोच्दै र आफूलाई हेरेको हेर्यै देखेर कोही मलाई चिनेको मान्छे त होइन भनेर सुवोदको नजिक पुग्छ । युवकले तपाई कहाँबाट आउनुभाएको ? किन आउनुभएको ? किन यहाँ बाटामा बस्नुभएको भन्ने प्रश्न गर्छ । सुवोदले युवकलाई आफ्नो सबै कुरा बताउँछ । युवकले हिड्नुहोस् म अस्पताल पु¥याउँछु भन्छ तर सुवोदले अफ्टेरो मान्दै तिमी को हौ ? भन्छ । जवाफमा युवकले आफ्नो नाम राज भएको र म पनि तपाईकै छोरा जस्तै त होनी भन्छ । सुवोदलाई हिड्नुहोस् भनेर हातमा समाएर उठाउँछ । सुवोदले मनमनै छोरो भनेको यस्तो आफ्नो त छोरो पनि खाली पैसाको पछि लाग्ने कुलङ्गार प¥यो यहाँ बाटोमा ल्याएर अलपत्र पा¥यो भन्दै विस्तारै अस्पतालमा पुग्छ । राजले सुवोदलाई अस्पतालमा पु¥याउँछ र टिकट काटेर सुवोदलाई डाक्टरको हातमा सुम्पेर अप्ठेरो परेमा फोन गर्नु भन्दै फोन नम्बर दिएर विदा हुन्छ । राज सुवोदलाई अस्पतालमा छोडेर विद्यालयमा जान्छ उसले विद्यार्थीसँग साथीभाई जस्तो गरेर रमाइलो तरिकाले पढाउँछ । राजलाई प्रायः सबै विद्यार्थीहरूले मन पराउँछन् । पवित्रा नाम गरेकी विद्यार्थीले राजलाई साह«ै मन पराउँछे र राजसँग नजिक हुन खोज्छे तर राजले सबैलाई समान व्यवहार गर्छ । पवित्राले राजको सम्पर्क नम्बर माग्ने उद्यश्यले राज बसेको ठाउँमा गई नजिकै बस्छे तर नम्बर माग्न डराउँछे र अरु सामान्य कुरा गरेर फर्किन्छे । पवित्राले एक दिन राज मुनासँग बोलेको देख्छे र मुनाबाटै राजको नम्बर पाउन सकिन्छ भन्ने अनुमान गर्छे ।
पवित्राले मुनालाई बोलाएर एकान्तमा लैजान्छे र आफ्नो कुरा बताउँछे मुनाले पवित्रालाई सहयोग गर्ने बाचा दिन्छे । पवित्राले यदि फोन नम्बर मागेर ल्याएमा १,००० रुपैयाँ दिन्छु भन्छे । मुना राज भएको ठाउँमा पुग्छे । राज अरु चार–पाँच जनासँग बसिरहेको हुन्छ । मुनाले राजलाई काम छ यस्सो यता आउनुहोस् न भन्छे राजले के काम ? यँही भन भन्छ राज जान मान्दैन । मुनाले जिद्धी गर्छे राज जान्छ । मुनाले पवित्रालाई तपाईको फोन नम्बर दिनुहोस् न भन्छे राजले अर्काको लागि फोन नम्बर अब कहिल्यै नमाग्नु, यस्तो काम कहिल्यै नगर्नु भनेर मुनालाई पठाउँछ । मुना भुतुक्क भएर पवित्रासँग जान्छे । राजको मनमा यदि सकारात्मक भएको भए पवित्राले आफै फोन नम्बर माग्थी ऊ डराउन्नथी अर्कालाई माग्न पठाउन्नथी भन्ने जस्ता कुरा खेल्न थाल्छन् । यसै गरेर राजका दिन बित्दै जान्छन् मुना राजसँग धेरै नजिक हुन्छे ,उसले राजको फोन नम्बर लिन्छे र विदाको समयमा फोन गर्छे । राजले पनि असल विद्यार्थीको रुपमा मुनालाई सहयोग गर्छ । एक दिन मुनाले राजलाई आफ्नो घर जान निम्तो गर्छे तर राज मान्दैन राजले मुनाको बारेमा बुझ्छ, उसले मुना अन्य ठाउँबाट यहाँ अएको र फुपुसँग बसेर पढेको कुरा थाहा पाउँछ । मुनाले राजलाई बोलाउन फुपुलाई लगाउँछे फुपुले बारम्बार गरेको अनुरोधबाट राज मुनाको घरमा जाने निधो गर्छ । आफू एक्लै मुनासँग जनाने र एउटा आफ्नो मिल्ने साथी राहुललाई लैजाने निर्णय गर्छ । राजले राहुललाई मुनाको घर जान आग्रह गर्छ र राहुल, मुना र राज भएर मुनाको घर जान्छन् । मुनाकी फुपु शर्मिलाले राज आएकोमा खुसी व्यक्त गर्छिन । राज फेरी आउँछौँ भनेर तुरुन्तै विदा हुन खोज्छ मुनाकी फुपुले रोकेर चिया पिएर जान अनुरोध गर्छिन । मुनाले चिया तयार गर्छे र राज अनि राहुललाई दिन्छे । चिया पिएर राज र राहुल विदा हुन्छन् । मुनाकी फुपुले पुनः आउँदै गर्न अनुरोध गर्छिन ।
केही समयपछि मुनाले राजलाई आफ्नो विवहा हुँदैछ भन्ने फोनबाट जानकारी गराउँछे । राजले सानो उमेरमा विवहा गर्नु हुँदैन तिम्रो पढ्ने समय हो पछि पनि विवहा भईहाल्छ विवहा गर्दिन भनेर फुपुलाई भनन भन्छ । जवाफमा मुनाले आफूले विवहा रोक्न नसक्ने जवरजस्ती पनि विवहा हुने कुरा बताउँछे र फोन राख्छे । राजले मुनाकी फुपुलाई फोन गर्छ र मुना बालिका भएको कारण अनि उसको पढ्ने समय भएकोले विवहा नगर्नको लागि अनुरोध गर्छ । तर फुपुले घरबाट दबाव आएको र पछि फेरी समस्या भएमा दुःख हुने बताउँछिन् । राज तापाईको निर्णय नराम्रो छ भन्दै फोन राख्छ । राज मुनाको फुपुको घरमा जान्छ र फुपुलाई सम्झाउँछ र मुना पनि त्यहीँ आइपुग्छे । राजले मुनालाई तिम्रो मनमा के छ ? विवहामा तिम्रो सहमत छ ? भनेर प्रश्न गर्छ मुनाले जवाफमा म हजुरलाई मायाँ गर्छु र हजुरसँग विवहा गर्न चाहान्छु तर हजुर र ममा भिन्नता छ अब आफै सोच्नुहोस् भन्दै बोली बन्द गर्छे र एक टकसित राजको अनुहारमा हेर्छे । राज मुनाको मुखबाट यस्तो कुरा भन्दै अक्कनबक्क हुन्छ । कोही नभएकोजस्तो वातावरण शान्त हुन्छ सबै मौन रहन्छन् । फेरी राजले यदि तिमीले पढेमा मैले विवहा नगरे तापनि म जस्तै जो कोहीले पनि तिमीलाई विवहा गर्न सक्छ । हो फुपु मुनाको विवहा रोकेर उसलाई पढ्ने वातावरण निर्माण गर्नुहोस् उसको यसैमा भविष्य राम्रो हुनेछ । यदि यो सानो उमेरमा विवहा गरिदिएमा उसको पढाई र शारीरिक अवस्था पनि विग्रन सक्छ । फुपुले यदि राज तिमीले विवहा गर्छौ भने म मुनालाई पढाएर राख्छु र यो विवहा रोक्छु र मुनालाई तिम्रो हातमा राखिदिने बाचा गर्छु भन्छिन् । राजले खाडलमा पसेकी मुनालाई निकाल्न खोज्दा आफै खाडलमा पर्न थालेको खतरा देख्छ । समस्यामा परेकी मुनालाई सहयोग गर्छु भन्दा आफै समस्यामा परेको अनुभव गर्दै राज मुनाकी फुपुको घरबाट केही नबोली घर फर्किन्छ ।
राजले पढिरहेको हुन्छ अकस्मात् विद्धुतको लाइन काटिन्छ । लाइन गएपछि राजले मैनबत्ती बालेर पढ्न थाल्छ । राजले पढ्दै गर्दा उसको आँखा बलीरहेको मैनबत्तीमा पर्छ । उसले मैन आफू पग्लिएर उज्यालो दिइरहेको हेरिरहन्छ । राजले हेर्दा हेर्दै मैन आफू जलेर प्रकाश दिँदा दिँदै सिद्धिन्छ र निभ्छ । कोठा अन्धकार हुन्छ । राजले मान्छेको जीवन पनि त यस्तै मैन जलेर सिद्धिएझै नासवान छ एक दिन सिद्धिन्छ भन्ने सोच्छ र उसको मनमा मुनाकी फुपुको कुरा “राज तिमीले विवहा गर्छौ भने म मुनालाई पढाएर राख्छु र यो विवहा रोक्छु ।” भन्ने आउँछ । आखिर मेरो जीवन पनि मैन जस्तै जलेर सिद्धिन्छ तर मैले कसैलाई प्रकाश दिन सकेको छैन भन्ने कुराले पश्चातप हुन्छ र विस्तारामा पल्टिन्छ निदाउन खोज्छ तर निद्रा लाग्दैन अनेक कुराहरू खेल्न थाल्छन् । फेरी राजको मनमा तेरो जीवनबाट उज्यालो खोज्ने मुनालाई प्रकाश दे त्यसले मुनाको जीवन सफल बनाउँछ , मुनालाई खाडलबाट निकाल्छ, समस्याबाट मुक्ति दिन्छ भन्ने कुरा बारम्बार आइरहन्छ । राजले मेरो परिवारले सही मानोस् या गलत मानोस् मेरा साथीले सही मानुन् या गलत मानुन्, समाजले सही मानोस् या गलत मानोस् म मुनालाई साथ दिन्छु । मैनबत्तीले जस्तै मेरो जीवन अन्त्य नहुन्जेल उसलाई प्रकाश दिन्छु , उसको जीवनको सरल बाटो, सुखी बाटो देखाउँछु । म यो कुरा भोली नै गएर मुनालाई र फुपुलाई भन्छु भन्ने कुरा मनमा खेलाउँदा खेलाउँदै राज निदाउँछ । अर्को दिन राज विहानै मुनाकी फुपुको घरमा पुुग्छ र आफूले मुनासँग विवहा गर्ने र विवहा नगर्दा सम्म पढाएर राख्न अनुरोध गर्छ । राजको कुरा सुनेर फुपु साह«ै खुसी हुन्छिन् र मुनाले पनि खुसी व्यक्त गर्छे । समय वित्दै जान्छ राज मुनालाई विस्तारै प्रेम गर्दै जान्छ र मुना विनाको जीवन सोच्न छोड्छ । मुनाले पनि राजलाई तिमी विना बाच्न नसक्ने बताउँछे । राजले मुनाको शैक्षिक सफलताको कामना गरिरहन्छ । जतिखेर पनि मुनालाई पढाइमा ध्यान दिन आग्रह गर्छ । राज मुनाले धेरै पढेर क्याम्पस र विश्वविद्यालयको अध्ययनको अनुभव गरोस् भन्ने चाहन्छ त्यही अनुरुप उसले मुनालाई व्यवहार गर्दै जान्छ ।
राजले मुनाका हरेक दुःखमा साथ दिन चाहन्छ तर मुना कतिपय कुरा राजसँग लुकाउन खोज्छे जुन कुरा राजलाई मन पर्दैन । राजले मुनाका अङ्कल, हजुरआमा लगाएत अन्य मुनाका परिवारका सदस्यसँग परिचित हुने अवशर पाउँछ र उसलाई मुनाका सबैजसो परिवारका सदस्यले मन पराउँछन् । राजको सबैसँगको राम्रो व्यवहार, सरल जीवन शैली, असल बानी व्यवहारका कारण राजलाई हरेक ठाउँमा राम्रै नजरले हेर्छन् । राज पैसा भनेको तुच्छ वस्तु हो पैसाको पछाडी लागेमा दुःख हुन्छ । पैसा नासवान् छ तर प्रेम अमर हुन्छ भन्ने ठान्छ । राज मुनालाई वास्नात्मक प्रेम देखाउँदैन हृदयदेखि नै प्रेम गर्छ । राजले मुनाकी फुपुका दुई छोरीहरू दीपिका र सोनिकालाई आफ्नै परिवारका सदस्यलाई जस्तै व्यवहार गर्छ र मुनाकी फुपु र फुपुका छोरीहरूले पनि राजलाई अत्यन्त माया गर्छन् । मुना रिसाएमा फुपुले राजलाई सम्झाइदिन भन्छिन् र फुपुले केही भनेमा फुपुलाई समेत सम्झाउने काम राजले गर्छ । फुपुले राज र मुनाको चाडै विवहा गराइदिन पाए हुन्थ्यो भन्ने सोच्छिन् तर राज केही समय मुनाको पढाइ चलेको र आफ्नो पनि पढाइ चलेकोले पर्खन अनुरोध गर्छ । राज छिटो–छिटो फुपुको घरमा जान थाल्छ र मुनाले सधैँजसो आए हुन्थ्यो भन्ने गर्न थाल्छे । राज मुना रिसाउली भन्ने डरले पनि समय मिलाएर सकेसम्म छिटो छिटो फुपुको घरमा जान थाल्छ । राज फुपुको घरमा जाँदा फुपुका छोरीहरू अत्यन्तै खुसी हुन्छन् ।
मुनाकी फुपुले मुनाको भन्दा बढी राजको माया लाग्छ भन्छिन् । मुनाकी हजुरआमा विरामी भएर अस्पताल आएको समयमा राज मुनाकी हजुरआमालाई भेट्न अस्पताल पुग्छ । मुनाकी हजुरआमाले पनि राजको व्यवहारलाई मन पराउँछिन् । राजले मुनालाई सिन्दुर नलगाए पनि मुनाको परिवारमा आफू भावनात्मक रुपले भिजिसकेको अनुभव गर्छ । मुनाकी आमा सीता फुपुले गरेको राजको वर्णनबाट नै अकर्षित हुन्छन् र राजलाई आफ्नी छोरी दिएर सम्बन्ध बढाउन चाहन्छिन् । उनीहरू पनि चाडै नै मुनालाई राजको हातमा सुम्पेर मुनाको जीवनलाई झन् उज्यालो बनाउन चाहन्छन् । राज मुनासँगको भेटमा जतिखेर पनि पढाइको बारेमा गफ गर्छ र मुनालाई अझ पढाइमा ध्यान दिन मिहेनत गर्न अनुरोध गर्छ तर मुनालाई राजको कुरा त्यती मन पर्दैन । राजको साथीहरूबाट भ्रमणको आयोजना हुन्छ राजले भने मुना विनाको भ्रमणको कुनै औचित्य देख्दैन राज आफूले देखेको स्थल मुनाले पनि देखोस् भन्ने चाहन्छ । राजले मुनालाई पढाइरहेको विद्यालयबाट विदा हुने समय नजिकिँदै जान्छ । एक दिन राजले म यस विद्यालय छोडेर जाँदैछु भन्ने विदाइको गीत गाउँछ मुना गीत सुनेर रुन्छे । मुनाको आँसुले राजलाई रोक्न सक्दैन अन्ततः राज उक्त विद्यालय भन्दा टाढाको विद्यालयमा पढाउन थाल्छ ।
राजसँगै मुनाको छाँया पनि राज जहाँ जान्छ , त्यही पुग्छ । राजले मुनाको छाँयासँग हिडिरहेको अनुभव गर्छ, आखिर मुना टाढा भएर के भो त उनको छाँया मैसँग छ । मुना र राजको भेट हुँदैन मात्रै फोन सम्पर्क हुन्छ । फोन भने छिटो छिटो र लामो समयसम्म हुन्छ । फोनमा मुनाले राजलाई बारम्बार भेट्न आग्रह गर्छे तर राज आफूले आफ्नो घरमा व्यस्त हुनुपर्दा आउन नसक्ने समय मिलाएर आउने बताउँछ । मुना फोनमा राम्रै गफ गर्छे , राज मुनाको बोलीमा आनन्द मान्छ । एकदिन मुनाको विद्यालयमा विदा भएपछि ऊ आफ्नो आमा बुबासँग जान्छे र फोन गर्छे , राजले फोन उठाउँछ तर आवाज आउँदैन । राजले फेरी आफै फोन गर्छ मुनाले फोन उठाउँछे तर आवाज आउँदैन । पछि राजले फोन गर्छ फोनै जाँदैन नेटवर्कले राम्रोसँग काम गर्दैन जसको कारण राज र मुनाको फोन सम्पर्क बन्द हुन्छ नेटवर्क मुना र राजको बिचमा पर्खाल बनेर उभिन्छ । मुनाले राजलाई बारम्बार फोन गर्छे तर फोन लाग्दैन र मुना रिसाएर म पागल भएँ ही ही भन्ने म्यासेज पठाउँछे । राजले फोन गर्छ तर फोन लाग्दैन । राज डराउँछ मुनाले पढाई बिगार्ली भन्ने डरले राजले मुनाकी फुपुलाई मुनाले लेखेको म्यासेजको बारेमा बताउँछ र मुनालाई सम्झाइदिन अनुरोध गर्छ । फुपुले राजको कुरा मुनालाई बताउने प्रतिज्ञा गर्छिन् । फुपुले मुनाकी आमा सीतालाई फोन गरेर मुनाको हालखबर सोध्छिन् र मुनाले राजलाई गलत म्यासेज पठाएको बताउँछिन् । फुपुको कुरा सुनेर सीताले मुनालाई सम्झाउने बताउँछिन् ।
मुनालाई सीताले सम्झाउँदा मुना रिसाउँदै राजले किन भन्नु परेको होला भन्छे । केही दिनपछि नेटवर्कले राम्ररी काम गर्छ । राजले मुनालाई फोन गर्छ तर राजलाई मुनाले सबै कुरा सबैलाई भन्नुपर्छ भन्छे । राजले के ? भन्छ मुनाले म्यासेज भन्ने वित्तिकै राजले बुझ्छ र राजले तिमीलाई फोन लागेन अनि मैले कसलाई भन्ने मैले त तिम्रो पढाई बिग्रेला भनेर फुपुलाई सम्झाउन भनेको मात्र हुँ भन्छ अनि गल्ति भए माफ गर भन्छ । मुना अली शान्त हुन्छे र मेरो माया लाग्दैन जस्तो छ हो हैन यदि लाग्ने भए फोन गथ्र्यौ भन्छे जवाफमा राजले मुना म तिमीलाई माया गर्छु , तिमीले भनेजस्तो फोनबाट म माया गर्दैन म त तिमीलाई हृदयदेखि माया गर्छु । तिमीले कस्तो माया चाहन्छ्यौ ? भन्ने प्रश्न गर्छ तर मुनाले राजको प्रश्नको उत्तर दिन सक्दिने । विद्यालय खुलेपछि मुना फुपुकहाँ आउँछे र परीक्षा नजिकिँदै गरेको अवस्थामा अझै राम्ररी पढ्न राजले दवाव दिन्छ । राजले फुपुलाई पनि अलि बढि मुनाको पढाइमा सघाउन र ख्याल गर्न अनुरोध गर्छ ।
मुनाको परीक्षा आउँछ जुन परीक्षा राज आफ्नै परीक्षा जस्तो सम्झिन्छ । यदि आफूले पढेर दिन मिल्ने भए आफू फेल भएर मुनालाई पास गराउने थिए भन्छ । मुनाको परीक्षा सकिन्छ । मुना परीक्षा सकेपछि हजुरआमा हजुरबुबालाई भेट्न जान फुपुबाट विदा भएर हिड्छे , फुपुले चाँडै फर्किन अनुरोध गर्छे जवाफमा हुन्छ भन्दै मुना फुपुबाट विदा हुन्छे । मुनाले गाडी कुरेर बसिरहन्छे केही समयपछि एउटा बस आउँछ । मुनाले बसलाई रोकाउँछे , बस रोकिन्छ तर बस खचाखच भरिएको हुन्छ । मुनाले सिट छैन यस्तो खचाखच बसमा जान्न भन्छे । प्रमोदको बानी नै त्यस्तै सुन्दर केटी देखेपछि जसरी पनि लैजाने र पैसा नलिने । प्रमोद मुनाको रुपबाट मोहित हुन्छ र उसले एक महिलालाई सिटबाट उठाएर मुनालाई त्यही सिटमा राख्छ । प्रमोद मुनाको नजिकै आउँछ र उभिन्छ मुनाले पैसा दिएर टिकट दिनुहोस् भन्दै प्रमोदलाई पैसा दिन्छे तर प्रमोदले मुनाको पैसा अस्वीकार गर्छ । तिमीलाई टिकट चाहियो भने लौ भन्दै टिकट दिन्छ , मुनाले टिकट समाएर पैसा दिन्छे फेरी पनि प्रमोदले मुनाको पैसालाई अस्वीकार गर्छ । प्रमोदले मुनालाई यस्ती सुन्दरी त मैले आजसम्म देखेकै थिएन एकै भेटमा यति माया लाग्ने भन्दै मुनाको यौवन रुपलाई वर्णन गर्छ मुना मख्ख हुन्छे । मेरो आफ्नै बस हो तिमीलाई घरै लैजान्छु भन्छ मुना म घर जान हिडेकीलाई घर नलाएर कहाँ लैजान्छौ ? र भनेर मुनाले मजाक गर्छे प्रमोदले घर त घर मेरो घर भनेको तिमीलाई भन्छ ।
मुनाले बस हेर्दै नयाँ देख्छे र उसको मनमा बसमालिक भन्ने कुरा आउँछ । उसले बस चम्केको देख्छे तर प्रमोदको झर्न लागेको पाइन्ट, मुखको पुकार, प्रमोदको बास्नात्मक प्रेम र नारीलाई भोग्या बनाउने जस्ता नराम्रा बानी केही देख्दिने उसले खाली बसलाई मात्र हेर्छे । प्रमोदले मुनासँग फोन नम्बर माग्छ , मुनाले आफ्नो फोन नम्बर दिन्छे र प्रमोदको पनि फोन नम्बर माग्छे । मुनाले विस्तारै प्रमोदसँग पनि सम्पर्क गर्दै जान्छे र राजसँग पनि सम्पर्क गर्दै जान्छे । मुना फुपुकोमा फर्किन्छे तर आफ्नो पढाइलाई ख्यालै नगरी घर जान्छु भन्दै हिड्न थाल्छे । यसको कारण फुपुलाई थाहा हुँदैन किनकी फुपुले प्रमोदको फोन मुनालाई दिँदैनथिन र फुपुले मुनाको राज बाहेक कसैसँग सम्पर्क नहोस् भन्ने चाहन्थिन् । मुना प्रमोदको बसबाट भौतिक प्रेममा फसेको कारण आफूलाई हृदयदेखि प्रेम गर्ने राजलाई विस्तारै फोन कम गर्दै जान्छे र राजसँग सम्पर्क घटाउँछे । तर राजले एकोहोरो मुनालाई सम्पर्क गरिरहन्छ , राजले मुनाको अन्य व्यक्तिसँग सम्पर्क छ भन्ने कल्पना पनि गर्दैन । प्रमोदले मुनालाई विभिन्न उपाय निकाल्दा पनि भोग गर्न सक्दैन र अन्ततः मुनालाई विवहा गरेरै भए पनि भोग गर्ने निर्णय गर्छ । प्रमोदले मुनालाई विवहाको प्रस्ताव राख्छ । मुनाले राजलाई छोड्ने कि प्रमोदलाई छोड्ने निर्णय गरिनसकेको कारण प्रमोदको प्रस्तावको तुरुन्तै उत्तर दिँदैन अन्ततः मुनालाई भौतिक सम्पत्तिले नै तान्छ प्रमोदको बसले तान्छ र हुन्छ भन्छे । मुनाले प्रमोदलाई एउटा सर्त राख्छे र जुन सर्त मानेमा मात्र विवहा हुन सक्ने बताउँछे । प्रमोदले सर्त मान्न तयार भएको तर तिमीलाई जसरी पनि आफ्नो श्रीमती बनाएर छाड्ने बताउँछ । प्रमोदले माने राम्ररी नमाने जबरजस्ती पनि श्रीमती बनाएरै छाड्ने बताउँछ ।
मुनाले घरबाट आफ्नो विवहा राजसँग मात्र हुने किनकी राज र मेरो सम्बन्ध परिवारका प्रत्येक सदस्यलाई थाहा भएको कारणले गर्दा भागेर विवहा गर्ने सोच्छ र भागेर विवहा गर्ने सर्त राख्छे तर प्रमोदलाई राजसँगको सम्बन्धको केही बताउँदिने । प्रमोद पनि भागेर विवहा गर्ने पक्षमा हुन्छ किनकी उसको एउटा बस त हो न शिक्षा छ, न व्यवहार राम्रो छ, पहिलेको कुलतको सेवन त्यसपछि अपराधिक सङ्गठनमा लागेको अपराधीलाई कसरी छोरी दिन्थे त्यसै कारणले प्रमोदले जतिसको चाँडै मुनालाई विवहा गर्ने बताउँछ । मुनाले भोली नै दिदी– भिनाजु कहाँ जाने भनेर घर छोडेर पहिले भट्ने चोकमा आउँछु तिमी आउनु ल भनेर मुना प्रमोदबाट विदा हुन्छे । मुनालाई रातभरी निद्रा लाग्दैन उसका मनमा अनेक कुराहरू खेल्न थाल्छन् । त्यसै समयमा राजले फोन गर्छ मुनालाई डर लाग्छ मुना डराइ–डराइ फोन उठाउँछे राजलाई सबैकुरा भन्न खोज्छे तर डराउँछे र भन्न सक्दिन । मुना राम्रोसँग नबोलेको हुनाले राजलाई निद्रामा परेकी होली भन्ने लाग्छ र फोन राख्छ । मुनालाई झन् झन् डर लाग्छ मैले राजलाई किन धोका दिए ? भनेर प्रश्न गर्छे उसले उत्तर पाउन सक्दिन विभिन्न कुरा खेलाउँदा खेलाउँदै उज्यालो हुन्छ । मुना घरबाट विदा भएर दिदीकहाँ जाने भन्दै हिड्छे र चोकमा पुग्छे । चोकमा प्रमोद आइसकेको हुन्छ , प्रमोदले मुनालाई अङ्कमाल गर्छ । मुनाले राजले आफूलाई कहिल्यै अङ्गालो नहालेको सम्झिन्छे । मुनालाई राजले भावनात्मक प्रेम गरेको थियो भौतिक प्रेम गरेको थिएन त्यही भएर मुनालाई प्रमोदको क्रियाकलाप नौलो लाग्छ र मुना पनि प्रमोदको अङ्गालोमा बेरिन्छे । प्रमोद र मुना मन्दिरमा गएर विवहा गर्छन र प्रमोदको घर जान्छन् ।
राजलाई मुनाको विहेको बारेमा केही थाहा हुँदैन , उसले बारम्बार फोन गरिरहन्छ तर फोन उठ्दैन । फोन नउठेपछि राजले कृपया मलाई फोन गर म तिम्रो जीवनमा जहिले पनि सहयोगी बनेर आउँछु तिम्रो खुसीमा कहिल्यै बाधक बनेर आउँदिन भन्छ । दिन वित्दै जान्छ साँझ पर्न थाल्छ राजले मुनाको फोनको प्रतिक्षा गर्छ तर फोन आउँदैन । राज खान खाएर सुत्न जान्छ तर निद्रा लाग्दैन । त्यही समयमा एउटा नयाँ नम्बरबाट फोन आउँछ राजले मुनाले फोन गरी भन्दै तुरुन्तै फोन उठाउँछ । फोनबाट मुनालाई फोन दिनुहोस् केही हुँदैन भन्ने आवाज आउँछ , राज अचम्म पर्छ जसलाई म खोजीरहेको छु उसैलाई फोन दिनु भन्ने को हो ? भनेर राजले सोध्छ , जवाफमा मुनाको भनाजु भन्ने आवाज आउँछ । त्यो फोनले राजलाई मुना कहाँ गएकी होली मलाई किन फोन नगरेकी होली भन्ने अनेक प्रश्न खेल्न थाल्छन् । उसलाई मुनाकी फुपुलाई फोन गर्न मन लाग्छ तर यस्तो राती फोन नगर्ने निर्णय गर्दै विहानै गर्ने निर्णय गर्छ । विहानै फेरी राजले मुनालाई फोन गर्छ र मुनाले फोन उठाउँछे । राजले तिमी कहाँ छौ अनि किन फोन नउठाएकी भन्ने प्रश्न गर्छ । जवाफमा मुनाले आफ्नो विवहा भएको र आफू अहिले श्रीमान्सँगै सुतिरहेको बताउँछे तर राजले मुनाको कुरा पताउँदैन र मजाक नगर भन्दा मुनाले नपताउने हो भने मेरो श्रीमान्लाई फोन दिऊ कुरा गर्नुहुन्छ भन्छे । राजले फोन काट्छ । राजलाई अझ पनि मुनाको विवहा भएको जस्तो लाग्दैन , उसले मुनाले ठट्टा गरी भन्दै फुपुलाई फोन गर्छ ।
फुपुले फोन उठाएर मुनाको विवहा भएको यथार्थ कुरा हो भन्दै आफूलाई साह«ै दुःख लागेको बताउँछिन् र राजलाई चिन्ता नगर्न र आफैले मुनाभन्दा राम्री पढेकी केटिसँग विवहा गरिदिने बताउँदै सबै परिवार शोकमा परेको बताउँछिन् । राज छागाबाट खसेजस्तो हुन्छ तर पनि उसले उल्टै फुपुलाई पिर चिन्ता नगर्नुहोस् लेखेको हुन्छ देखेको हुँदैन र मुना पनि कसैलाई लेखेकी रहिछ मलाई रहेनछ भन्दै सम्झाउँछ । फुपुले नरिसाउन र पुनः पहिलेजस्तै व्यवहार गर्न अनुरोध गर्छिन् । जवाफमा राजले तपाईसँगको मेरो सम्बन्ध कहिल्यै टुट्दैन सधँैभरी उस्तै हुनेछ भन्दै फोन राख्छ । राजले एक्लै मुनाले मलाई किन छोडी, यस्तो व्यवहार किन गरी, उसको मैले के विगार गरेको थिए र बदला लिई जस्ता अनेक प्रश्न गर्छ तर कुनै प्रश्नको उत्तर पाउन सक्दैन । फेरी आफै भन्छ हो उसले मलाई धोका दिई, घृणा गरी तर पनि म किन उसलाई माया गर्छु, एकोहोरो माया गर्छु भन्दै थुप्रै प्रश्न उठाउँछ तर कुनै पनि प्रश्नको उत्तर प्राप्त हुँदैन । मुनाको विवहा देखि एकोहोरो हुन थाल्छ । एक्लै हिड्ने एक्लै बस्ने, एक्लै कुरा गर्ने एकान्तप्रेमी बन्न पुग्छ ।
राज अब झरेको फूललाई सम्झेर जीवन दुःख बनाउन भन्दा नयाँ कोपिलालाई फुलाउनुपर्ने सोच्छ , जसको लागि पहिला मुनालाई भुल्नुपर्छ भन्ने सोच्छ तर राजले मुनालाई भुल्न त्यति सजिलो कुरा नहुने कुरा सोच्छ । राज मुनालाई भुल्नको लागि कहिले रमाइलो मेला, कहिले भ्रमण, कहिले पदयात्रा, कहिले महायज्ञमा सहभागी हुन्छ तर जहाँपनि मुना छाँया बनेर राजबाट अलग हुँदिन । राज जति मुनालाई भुल्न खोज्छ , त्यती धेरै छाँयासँग माया बढेर जान्छ । राज छाँया प्रेमी हुन्छ । राजलाई घरमा विवहाको प्रस्ताव राखिन्छ तर राजले विवहाको प्रस्तावलाई अस्वीकार गर्छ । राजको बुबाले राजलाई विवहा गर्नै पर्छ तेरो जोसँग सम्बन्ध छ म उसैसित विवहा गरिदिन्छु र तेरो सम्बन्ध छैन भने मैले तेरोलागि केटी खोज्छु । बुबाको कुरालाई राजको मनमा चोट पर्छ राजले मनमनै भन्छ सम्बन्ध छ भनौ भने मुना अर्कैकी श्रीमती हो फेरी छैन भनौ भने ऊँ मेरो छाँया बनेर मसँगै छे के भनौ के भनौ भन्दै दुविधामा पर्छ । राजले बुबालाई अहिले आफ्नो विवहा हुन नसक्ने बताउँछ । राजको स्वास्थ्य स्थिति दिन प्रतिदिन विग्रँदै जान्छ ।
राजको बुबाले राजलाई उपचारको लागि अस्पताल लैजानुहुन्छ राजलाई अस्पतालले भर्ना गरी राख्छ र राजलाई मानसिक चोटको कारण स्वास्थ्यमा समस्या आएको रिपोर्ट निकाल्छ र मानसिक रुपमा उपचार गर्छ । अस्पतालले राजलार्ई १५ दिन पश्चात् डिस्चार्ज गर्छ । राजलाई मानसिक चोट पर्ला भन्ने डरले राजलाई परिवारबाट विवहाको दवाव दिन छोडिन्छ । राज आफ्नो पहिलो प्रेम मुनालाई दिएकाले अब विवहा गर्दा मुनाको छाँयाले श्रीमतीलाई प्रेम गर्न छेक्ने र जसको कारण अरुको जीन्दगी बर्वाद हुने हुँदा मुनाको छाँयालाई हटाएपछि मात्र आफूले विवहा गर्ने निर्णय गर्छ । राजका थुप्रै वर्षहरू बित्दै जान्छन् तर उसले मुनाको छाँयालाई आफूबाट हटाउन सक्दैन , छाँयासँग प्रेम गरिनै रहन्छ । राजलाई घरपरिवार, छरछिमेक तथा साथीहरूले विवहा गर्न अनुरोध गर्छन् तर राजले विवहा गर्दै । राजलाई एक्लो भन्छन् तर राज आफू एक्लो नभएर मुनाको छाँयासँग खेलीरहेको, डुलीरहेको, दिन कटाइरहेको अनुभव गर्छ ।
प्रमोद एकदिन साथीको लहलहैमा लागेर रेष्टुरेन्टमा बस्न पुग्छ जहाँ यौनकर्मीसँगै प्रमोदले रक्सी खान्छ र यौनकर्मीसँगै रात विताउँछ । प्रमोदलाई रेष्टुरेन्टमा रात विताउने र नयाँ नयाँ यौनकर्मीसँगै सहबास गर्ने लत बस्छ जसको कारण प्रमोद घरमा कम समय मात्र जान्छ धेरै जसो रातको समय रेष्टुरेन्टमा विताउन थाल्छ । प्रमोद विस्तारै दुब्लाउँदै जान्छ र उसलाई स्वास्थ्य समस्या देखिन पुग्छ र ऊ अस्पतालमा भर्ना हुन्छ , उसको रगत परिक्षण गर्दा एच्.आई.भी. एड्स रोग लागेको पत्ता लाग्दछ । प्रमोद निकै चिन्तामा पर्दछ । प्रमोदको एक्कासी मन परिवर्तन हुन्छ । उसले आफ्नो रोग गोप्य राख्ने र हाँसी खुसी बाँकी जीवन विताउने ताकी कसैलाई आफ्नो रोगको बारेमा थाहा नहोस् भन्ने योजनाका साथ पहिलेकै जस्तो जीवन विताउन थाल्दछ । मुनालाई पनि केही समयपछि स्वास्थ्य समस्या देखिन्छ ।
मुना अस्पताल जान खोज्छे तर प्रमोद मुनालाई रोकेर अस्पताल जान दिँदैन र आफैले औषधी ल्याइदिने बताउँछ । प्रमोदले मुना अस्पताल गएमा उसलाई लागेको एच्.आई.भी.एड्स रोगको जानकारी हुने र जसको कारण बाँकी जीवन झन जटिल हुने हुनाले जसरी भए पनि मुनालाई अस्पताल जान नदिने निर्णय गर्दै मुनालाई चाहिने औषधी आफै अस्पतालबाट ल्याइदिने गर्दछ । प्रमोदले एन्टि रेट्रो भाइरल औषधी लिएर आई मुनालाई नियमित खाएमा यसैले निको हुने बताउँछ । मुनाले उक्त औषधी नियमित खान्छे तर उसलाई सन्चो हुँदैन । एकदिन प्रमोद घर नभएको समयमा मुनाले एकजना नजिकैको डाक्टरलाई आफूले खाएको औषधी देखाएर यो औषधीले आफूलाई सन्चो नगरेको बताउँछे । डाक्टरले उक्त एन्टी रेट्रो भाइरल औषधी देखेपछि एन्टी रेट्रो भाइरल औषधी त एच्.आइ.भी. एड्स लागेकाले पो खाने हो कि मुनालाई पनि एच्.आइ.भी. एड्स लागेको त छैन ? डाक्टर मौन रहेको देखेर मुनाले किन डाक्टर केही नबोलेको ? भन्ने प्रश्न गर्छे । डाक्टरले केही पनि होइन भनी कुरा तर्काउँदै तपाईलाई खास त्यस्तो केही भएको छैन एकचोटी तपाईको रगत परीक्षण गर्नुपर्छ भनी मुनालाई रगत परीक्षण गर्न सल्लाह दिन्छ । मुना एकचोटी रगत परीक्षण गर्न जान्छु भन्दै डाक्टरबाट विदा हुन्छे र घर फर्किन्छे ।
मुनालाई मनमा चिन्ता पर्न थाल्छ । मुना एकोहोरो भएर बस्छे , प्रमोद घरमा आउँछ तर मुना नबोलिकन बस्दछे । प्रमोदले मुनालाई मबाट के गल्ति भयो र यसरी रिसाएकी भन्दै मुनालाई फकाउँछ बिचरा मुना केही होइन खाली चिन्ता हामी दुवैलाई विरामी पारेर किन दुःख दिएको होला भन्दै रुन थाल्छे प्रमोदले दैवको अगाडि कस्को के लाग्छ र कुनै मान्छेले यस्तो हालत बनाएको भए म त्यसको छातीमा गोली हानी मारिदिन्थे तर दैवको अगाडि मैले आफूलाई निहुराउन प¥यो मुना म के गरु तिमी आफै भन मुना म के गरु …………….. । मलाई डाक्टरले एकचाटी रगत परीक्षण गर्न भनेको छ कहाँ जाने होला ? प्रमोद भनत भन्दै मुना प्रमोदको काखमा घोप्टिएर रुन थाल्छे । प्रमोदले कसको रगत कसको रगत भन्दै कराउन थाल्छ उसलाई आफूले गोप्य राख्न खोजेको कुरा मुनाले थाहा पाई भन्ने लाग्छ र रुन थाल्छ ।
मुनाले प्रमोदको आँखामा आँसु देख्न सक्दिन र आफ्नो पिरले प्रमोद रोएको ठानेर मलाई केही भएको छैन तिमी किन रोएको प्रमोद भन्दै प्रमोदलाई सम्झाउन खोज्छे । प्रमोदले रुँदै तिमीलाई के कुराले रगत परीक्षण गर्नुप¥यो मलाई नढाटी भन मुना । मुनाले डाक्टरलाई आफूले खाएको औषधी देखाएपछि डाक्टरले खासै केही नभएको तर एकचोटी रगत परीक्षण गर्न सल्लाह दिएको बताउँछे । प्रमोद खाडलबाट निस्केको अनुभव गर्दै मनमनै आफ्नो गोपनीयता अझै भङ्ग नभएको तर डाक्टरसँग कुरा मिलाएर मुनाको रगत परीक्षण गरी मुनाबाट सत्य कुरा लुकाउनको लागि डाक्टरलाई प्रयोग गर्नुपर्ने निर्णयमा पुग्छ । प्रमोदले तिम्रो रगत परीक्षणको लागि म भोली गएर अस्पतालमा टिकट काटेर फर्कन्छु अनि पर्सी सँगै अस्पताल जाने है मुना अबत हासन मुना ।
प्रमोदको कुराले मुना नचाहाँदा नचाहाँदै मुख खोलेर हासेको जस्तो गर्छे । अर्को दिन विहानै प्रमोद अस्पतालमा पुग्छ र डाक्टरलाई प्रमोदले तपाईसँग केही काम छ भनी एक्लै कोठामा लैजान्छ र गोप्य कुरा छ भनी डाक्टरलाई लिएर कोठामा जान्छ । प्रमोदले डाक्टरलाई मुनाको रगत परीक्षण गरी गलत रिपोर्ट दिन अनुरोध गर्छ । डाक्टर प्रमोदको कुरामा सहमत हुँदैन र उसले सूचनाको हक सबैलाई भएको बताउँदै रोगीलाई आफ्नो रोगको सत्यता लुकाउन नमिल्ने बताउँछ । प्रमोद डाक्टरसँग रिसाउँदै मुनालाई रोग लुकाउनु पर्ने बाध्यता रहेको र यदि तपाईले उसको रगत परीक्षण गरी वास्तविक कुरा बताएमा पेस्तोल निकालेर म पहिले तपाईलाई मार्छु अनि आफूले आफैलाई गोली हानी यही अस्पतालमै आत्महत्या गर्ने त्यस्तो अवस्थामा बिचरा मुनाको जीवन झन कष्टकर हुने बताउँछ । तपाईलाई मेरो आत्महत्या चाहिएको छ भने गलत रिपोर्ट नबनाउनु जसले तपाईको पनि मृत्यु हुनेछ भन्दै प्रमोदले डाक्टरको कन्चटमा पेस्तोल ताक्छ प्रमोद फेरी कन्चटमा ताकेको पेस्तोल बिस्तारै तल झार्छ । डाक्टर तपाई भन्नुहोस् यदि मेरो जस्तै अवस्था तपाईको भए तपाई पनि म जस्तै गर्नुहुन्थ्यो जो कसैले यस्तै गथ्र्यो । प्रमोद तिम्रो कुरा मैले बुझे तर मेरो नैतिकताले गलत रिपोर्ट बनाउन दिँदैन म के गरु प्रमोद तिमी आफै भन । हो तपाईको नैतिकताको कुरा ठिकै हो तर तपाईले आफ्नो नैतिकतालाई तोड्दा मेरो र मुनाको बाँकी जीवन रोगले खाएपनि कम्तीमा म विनाको जीवन त उसले जीउन पर्दैन । त्यसैले तपाईले आफ्नो नैतिकतालाई तोड्नुहोस् । प्रमोद म तिम्रो कुराले हारे प्रमोद म अनैतिक काममा जानी जानी हात हाल्दैछु पहिलो पटक भन्दै डाक्टरले बाध्यात्मक अवस्थाले गर्दा सहमत जनाउँछ ।
डाक्टरको कुराले प्रमोद खुसी हुँदै पेस्तोल कपडाले ढाकेर लुकाउँछ र घर फर्किन्छ । मुनाले प्रमोदलाई अस्पतालमा टिकट काट्नुभयो भनेर सोध्छे जवाफमा प्रमोदले काँटे भन्छ । प्रमोदले अस्पतालमा बिरामीको भिडको कारणले गर्दा चाँडै फर्कन्छु भन्दा भन्दै अबेर भयो के तिमी मसँग रिसाएकी त छैनौ ? मुनाले जवाफमा आफ्नै देवतासँग रिसाएर के गर्नु कसलाई पुजा गर्नु मेरो अरु को छ र तपाई बाहेक भन्छे । मुनाले प्रमोद र आफू दुवैलाई खाना लगाएर आउँछे अनि भान्सामा जाउ प्रमोद भन्छे । प्रमोदले खान मन लागेको छैन तिमी खाऊ मुना भन्छ तर मुनाले एक्लै खाना नखाने बरु आफूपनि भोकै सुत्ने बताउँछे । मुनाको कुरा सुनेपछि प्रमोद खाना खान जाऊ हिड भन्दै भान्सामा जान्छ । दुवैले खाना खाएर सुत्छन् । विहानको मिर्मिरेसँगै प्रमोदको आँखा खुल्छ । प्रमोदले मुनालाई उठाउँछ र मुना आज हामी राजधानीमा रहेको ठूलो अस्पतालमा उपचार गर्न जाँदैछौ छिटो उठ अबेर हुन्छ ।
मुना हतपत गर्दै उठ्छे र आफ्नो र लोग्नेको उपचारपश्चात् स्वस्थ जीन्दगीको कल्पना गर्दछे । प्रमोदको आफ्नै बस आउँछ र प्रमोदको घर अगाडी रोकिन्छ । मुनाले छिटो छिटो खाना तयार गर्छे र सबैलाई खुवाएर आफूले पनि खान थाल्छे । मुनाको खुसी देखेर प्रमोद दङ्ग पर्छ तर केही बोल्दैन । ड्राइभरले छिटो गरौँ नत्र हामी राजधानीको अस्पतालमा पुग्दा अध्यारो हुने र अध्यारोमा दुःख हुने बताउँछ । सबैजना छिटो छिटो गरी बसमा बस्छन् । मुना पनि हतार हतार गरेर बसमा बस्दछे । ड्राइभरले बस हिडाल्न थाल्छ र हर्न बजाउँछ । प्रमोदले राजधानी सहर राजधानी सहर भन्दै जोड – जोडले चिच्चाउँदै बसको ढोका बजाउँछ । ढोकाको ढ्याप – ढ्याप आवाजसँगै ड्राइभरले बसलाई अगाडी बढाउँदै जान्छ । बसमा यात्रुको चाप बढ्दै जान्छ सम्पूर्ण बसका सिट यात्रुले भरिन्छन् । राज राजधानी जानको लागि गाडी कुरीरहेको हुन्छ । उ बाटोमा गाडि कुरेर उभिइरहेको हुन्छ । प्रमोदको बस राजको अगाडी आउँछ राजले हातको इसाराले बसलाई रोकाउँछ । प्रमोदले कहाँ जाने हो ? भनेर सोध्छ जवाफमा राजले जाने त राजधानी सहर हो तर बसमा सिट खाली रहेनछ अर्को बसमा आउँला भन्छ । प्रमोदले भित्र हिड्नुहोस् म तपाईलाई सिट मिलाउँछु भनेर प्रमोदको झोला जबरजस्ती हातबाट तानेर आउनुहोस् – आउनुहोस् भन्दै बस भित्र पस्छ ।
प्रमोद पनि यस्तो प्याक बसमा कसरी जान सकिन्छ भन्दै प्रमोदको पछि – पछि जान्छ । प्रमोदले मुनालाई सिटबाट उठाएर तपाईलाई सिट भएन त ल बस्नुहोस् भन्छ र राजको झोला दिन्छ । राजले सिटमा झोला समाउँछ । राजले आफ्नो सिटबाटै आफ्नो नजर उठेका यात्रुहरुमा लगाउँछ । राजको नजर दुब्ली कमजोर रोगी जस्तै देखिने एक युवतीमा पर्छ राजलाई उक्त युवती मुनाकी अनुहारकी भएको तर साह«ै दुब्ली र मुनाजस्ती राम्री चाँहि नभएको तर कता कता अनुहार मिलेजस्तो लाग्छ तैपनि राजले मुनालाई चिन्न सक्दैन । राजले मुनालाई नचिनेरै पनि आफू सिटबाट उठेर हजुर बस्नुहोस् भन्दै आफ्नो सिटमा मुनालाई बस्न आग्रह गर्दछ । मुनाले म उठेरै जान्छु हजुर बस्नुहोस् भन्छे तर राजले तपाई जस्तो कमजोर मान्छेलाई उठाएर म सिटमा बस्न सुहाउँदैन त्यसैले हजुरले गाह«ो नमानी बस्नुहोस् भन्दै आफूले सिट छोडिदिन्छ । मुनाले एकचोटी राजतर्फ आँखा लगाएर कतै यो राज त होइन भन्छे उसले मनमनै राजको पनि यस्तै बानी थियो आफू उठेर अरुलाई सिट दिने , अरुलाई सहयोग गर्ने । मुनालाई आफूलाई सिट दिने मान्छे राज हो जस्तो लाग्छ मुनाले पहिले आफूले धोका दिएको राज पातलो थियो तर यो मान्छे अलि मोटो छ अनुहार भने उस्तै उस्तै लाग्छ भन्दै मनमनै कुरा खेलाउन थाल्छे ।
मुना डराउन थाल्छे कतै यो राज नै त होइन उसले राजको अनुहार ठम्याउन अनुहारमा आँखा लान्छे तर डराएर तुरुन्तै आफ्नो नजर मोड्छे घोप्टो पर्छे । त्यतिकैमा प्रमोदले राजको अगाडि आएर तपाई किन उठ्नुभएको भन्छ । जवाफमा राजले विरामीलाई सिट दिए त्यसैले भन्छ । प्रमोदले तपाईको टिकट लिनुप¥यो तपाईको नाम के हो ? जवाफमा राजले आफ्नो नाम राज भनेर बताउँछ । प्रमोदले राजलाई टिकट दिन्छ र पैसा लिन्छ । जब मुनाले राज भन्ने नाम सुन्छे त्यसपछि मुनाले राजलाई हेर्न खोज्छे तर सक्दिने टाउको घोप्टो पार्छे । राजले मुनाको जस्तो अनुहार भएकी युवती भनेर हेर्न खोज्छ तर जतिखेर पनि मुन्टो घोप्टो परेकाले अनुहार देख्न पाउँदैन । मुनाले मनमनै आज फेरी किन यस्तो अवस्थामा राजसँग भेट भयो होला भन्दै आफैलाई धिकार्छे र रुमालले मुख छोप्छे । गाडी तिब्र गतिमा अगाडि बढ्दै जान्छ । राजले मुनाको जस्तै अनुहार भएकी युवती भन्दै मुनालाई नचिनेर हेर्न खोज्छ ।
मुनाले राजले आफूलाई नचिनोस् भनेर मुख रुमालले छोपी घोप्टो मन्टो लगाउँछे । अकस्मात बस राजधानीबाट आउँदै गरेको ट्रकसँग ठोकिन पुग्छ । सेकेन्ड भरमै बस घजाम – घुजुम हुन्छ । प्रमोद ढोकाबाट उछिटिन्छ तर उसलाई कही पनि हुँदैन । प्रमोदले फर्केर बसलाई हेर्दा बस टुक्रा टुक्रा भएको देख्छ । प्रमोद हतार हतार मुनालाई के भयो भन्दै बसमा हेर्छ सबैजना बेहोस देख्छ । प्रमोदको नजर मुनामा पर्छ मुनाको खुट्टा काटिएको र बेहोस अबस्थामा पल्टेको देख्छ । मुनाको दृश्य देखेपछि प्रमोदले यस्ती खुट्टा काटिएकी मुनालाई स्याहार गर्नु भन्दा लङ्गडीको श्रीमान् भएर बाच्नु भन्दा यहाबाट भाग्नुपर्छ भन्ने निर्णय गर्दै प्रमोद भाग्छ । केही समयपछि राजको होस खुल्छ राजले आफ्नो हातबाट रगत बगेको देख्छ उसले तुरुन्तै रुमालले आफ्नो हात बाध्छ । राजले जताततै मान्छे रगतमा पल्टिरहेको देख्छ । उसको आँखा एउटा युवतीमा पर्छ जसको एउटा खुट्टा काटिएर रगत बगिरहेको देख्छ । राजले यताउता खुट्टाको रगत रोक्न बाध्नको लागि कपडा खोज्छ तर भेटाउँदैन राज निकै आत्तिन्छ । राजले आफ्नै हातमा बाधेको रुमाल फुकाएर त्यही रुमालले मुनाको खुट्टा बाध्छ र बोकेर अस्पतालमा लैजान्छ ।
राज रगतैसँग अस्पताल पुग्छ । काधमा युवतीलाई बोकेर रगतै रगत हुँदै आएको राजलाई डाक्टर रोजिनाले देख्छे । रोजिना राजको कक्षा साथी भएकोले उसले राजको अवस्था देखेर के भयो ? भन्छे जवाफमा राजले बस दुर्घटना भयो भन्छ । डाक्टर रोजिना काधमा बोकेको को हो ? भन्छे राजले आफूले नचिन्ने बताउँछ । डाक्टर रोजिनाले राजलाई आकस्मिक कक्षमा लैजान्छे राजले युवतीलाई वेडमा सुताउँछ । डाक्टर रोजिना डाक्टर योगेशलाई युवतीको उपचार गर्न लगाई आफूले राजलाई अर्को कोठामा लगेर उपचार गर्न थाल्छे । राज दुखाइले आत्तिन थाल्छ । डाक्टर रोजिना राजलाई बेहोस हुने इन्जेक्सन लगाइदिन्छे र राजको हातको घाउ सफा गर्न थाल्छे । राजको हातमा सिसा गडेर भित्रै पुगेको डाक्टर रोजिनाले देख्छे । डाक्टर रोजिनाले छिटोछिटो राजको घाउँबाट सिसा निकाल्ने क्रममा आफ्नो हात सिसाले काटेर रगत आउँछ । डाक्टर रोजिनाले रगताम्मे हातले नै राजको घाउबाट सिसा निकाल्छे अनि आफ्नो हातको घाउ सफा गरेर व्यान्डेज लगाउँछे । डाक्टर रोजिनाले राजको घाउ सफा गरेर पट्टि लगाइदिन्छे ।
राजलाई वेडमा सुताएर डाक्टर रोजिना राजको लागि फलफुल लिन जान्छे । रोजिना फलफुल र पानी लिएर राज भएको कोठामा प्रवेश गर्छे । रोजिनाले राजले टाउको उठाउन खोजेको देख्छे र राजको टाउको समाएर विस्तारै उठाउँछे । राजको होस् खुल्छ । राजले मेरो हातमा यो के ? म कहाँ ? भनेर आत्तिँदै म सपनामा छु कि विपनामा छु हँ भन्छ । रोजिनाले राजलाई समाउँदै तिमी नआत्तिएर बस लेऊ यो दवाई र पानी खाउ भन्छे राजले दबाई र पानी खान्छ । डाक्टर रोजिनाले यत्रो ठूलो दुर्घटनामा परेर पनि तिमीलाई भगवानले केही हुन नदिएकोमा तिमीले भगवानलाई धन्यवाद दिनु पर्छ भन्छे । जवाफमा राजले भगवानले मलाई बचाएर कतिको ज्यान बचाउन नसकेकोले भगवानलाई धन्यवाद दिन आवश्यक नरहेको बताउँछ । डाक्टर रोजिना आकस्मिक कक्षमा राखिएकी युवतीको अवस्था बुझ्न पुग्छे ।
युवतीको उपचारमा सङ्गलग्न डाक्टरले युवतीको शरीरबाट धेरै मात्रामा रगत बगेकाले उसलाई तुरुन्तै रगत दिनुपर्ने नत्र ज्यान पनि जान सक्ने खतरा रहेको र अझै पनि उसको होस नआएको बेहोसै रहेको जानकारी गराउँछ । डाक्टर रोजिनाले डाक्टर योगेशलाई विरामी भेट्न कोही आयो त ? भनेर सोध्छे । डाक्टर योगेशले अहिलेसम्म कोही नआएको र कसैले फोन पनि नगरेको जानकारी दिन्छ । डाक्टर रोजिना विरामीको ठेगानाको खोजी र उपचार सँगसँगै लैजानुपर्ने बताउँछे । डाक्टर रोजिनाले सबैभन्दा पहिला रगत खोजी गर्न रगत गु्रप पत्ता लगाउनुपर्ने बताउँछे र रगत ग्रुप पत्ता लगाउन डाक्टर योगेशलाई आग्रह गर्दछे । डाक्टर रोजिना राजलाई औषधी खुवाउन ढिला भयो भन्दै राजको कोठामा पुग्छे । डाक्टर रोजीनाले राजलाई औषधी खुवाउँछे । डाक्टर रोजिनाले गरेको आफूप्रतिको व्यवहार देखेर राजले आफू अब तिमीलाई दुःख दिन यहाँ नबस्ने र आफूलाई अस्पताल छोड्न मन लागेको बताउँदै डिस्चार्ज गरिदिन रोजिनालाई आग्रह गर्छ । रोजिनाले राजलाई प्रश्न गर्दै भन्छे के तिमीलाई मैले अस्पतालमा सेवा गर्न सकिन एउटा डाक्टरले निभाउन पर्ने भूमिका निभाउन सकिन र तिमी यो अस्पताल छोड्ने निर्णयमा पुग्यौ ।
जवाफमा राजले मैले त्यस्तो भनेको होइन रोजिना आज तिमी मेरो साथी भएर त विना धरौटी मलाई उपचार गरेकी छौ रात दिन नभनेर सम्पूर्ण आफ्नो समय मलाई अर्पण गरेकी छौ त्यो मैले बुझेको छु । रोजिना रिसाउँदै भन्छे त्यसो हो भने तिमी अस्पताल के को लागि छोड्दै छौ ? जवाफमा राजले मैले आजसम्म अस्पतालमा एक रुपैयाँ पनि जम्मा गरेको छैन फेरी तिमीलाई अफ्ठ्यारो पर्ला त्यसैले अस्पतालको पैसा जम्मा गराउँन म अस्पताल छोड्न चाहेको हो । हो राज तिमी मेरो कक्षा साथी हौ तिमीलाई अहिले आरामको खाचो छ अझै उपचारको खाचो छ तिम्रो घाउ समय समयमा सफा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तिमी आफ्नो शरीरलाई जोखिममा राखेर पैसा लिन बाहिर जान्छु भन्नु तिम्रो मुर्खता हो , फेरी तिमीलाई अस्पतालमा अहिलेसम्म कसैले पैसा जम्मा गराउन भनेको पनि छैन । यदि कसैले भनेमा तिम्रो पैसा म जम्मा गरिदिन्छु । त्यसैले पनि तिमी यो अस्पताल छोडेर जानु हुँदैन । पैसा भनेको के हो र ? तिमी अहिले बाचेका छौ र पो तिमीलाई पैसाको काम तिमीलाई सम्झना छ राज हामी विद्यालयमा पढ्दा धन ठूलो कि विद्या ठूलो भन्ने वादविवाद प्रतियोगितामा पक्ष र विपक्षमा बोलेका थियौँ । यदि अहिल तिमीलाई रोज्न दिएमा कुन ठूलो मान्छौ ? विद्या ठूलो हो रोजिना जब म दुर्घटनामा परे रोजिना म आफ्नो पैसाले भोरिएको झोला छोडेर ज्यानको मायाले अस्पतालमा दौडिए । आज तिमीसँग धन छैन तर तिम्रो विद्याले मलाई जीवन दियो । जुन जीवन पैसाले म प्राप्त गर्न सक्दैनथे तर तिम्रो विद्याले आज मैले आफ्नो नयाँ जीवन पाएँ ।
डाक्टर रोजिना मैले त भुसुक्कै बिर्सेको मैले बोकेर एउटा युवतीलाई अस्पताल ल्याएको थिए उसको अवस्था कस्तो छ ? उसलाई यदि तिमीले समयमा अस्पताल नल्याएको भए तुरुन्तै मृत्यु हुन्थ्यो तर तिमीले समयमा उसलाई ल्याएकोले हामीले उसलाई अहिलेसम्म मृत्युबाट त जोगाएका छौँ तर खतरामुक्त भने बनाउन सकेका छैनौ । उसको खुट्टाबाट अत्यधिक रगत बगेकोले उसलाई अहिले रगत चाहिएको छ र मैले उसको रगत ग्रुप पत्ता लगाएर रगतको खोजी गर्न अनुरोध पनि गरिसके तर राज उसलाई भेट्न कोही पनि आजसम्म आएको छैन । डाक्टर योगेशले पनि उसको उपचारको पैसा कसले बेहोर्छ भन्ने प्रश्न गर्नुभयो जुन प्रश्नको उत्तरमा मैले उसको आफन्तको खाजी सँगै उपचारलाई अगाडि बढाउनुपर्ने बताए तर उसका आफन्त नआएको खण्डमा के गर्ने होला राज । हो रोजिना त्यही भएर त म अस्पताल बाहिर जान चाहन्थे र उसको र मेरो पैसा अस्पतालमा जम्मा गरेर तिमीलाई यो झमेलाबाट मुक्त गर्न चाहन्थे । हो रोजिना मलाई अस्पतालबाट डिस्चार्ज गरिदेऊ म मेरो र युवतीको सम्पूर्ण रकम अस्पतालमा जम्मा गराउँछु ।
रोजिना रिसाउँदै तिमीलाई अस्पतालमा पैसा किन चाहिएको छ ? तिम्रो जिम्मा म लिन्छु तिमी बारम्बार पैसाको कुरा ननिकाल बरु आफ्नो स्वास्थ्यको बारेमा सोच । त्यसोभए डाक्टर रोजिना पैसाका कारणले त्यस युवतीको पनि उपचार रोकिनु हुन्न । पैसा मात्र सब थोक होइन हो मेरो बैँक एकाउन्टमा अहिले प्रशस्त पैसा छ जुन पैसाको मलाई अहिले कुनै काम छैन । यदि उसका कुनै आफन्त नआएमा त्यसको सम्पूर्ण अस्पतालको रकम म जिम्मा लिन्छु । केही समय म यहाँ बसुन्जेल त्यसको जिम्मा तिमीले लिनुपर्छ । त्यसको जिम्मा लिन तयार छौ ? रोजिना । हो राज तिमीलाई पैसा ठूलो लाग्ला तर जति म गर्न सक्छु त्यति पैसाले गर्न सक्दैन । मलाई विश्वास गर पैसाको कारणले तिम्रो र युवतीको उपचार म अस्पतालबाट रोक्न दिन्न म आफै दुवैको उपचारलाई अगाडि बढाउँछु । तिमी आराम गर राज म युवतीको कोठामा पुगेर उसको अवस्थाको बारेमा राम्ररी बुझेर उसको उपचारलाई अगाडि बढाउँछु भन्दै डाक्टर रोजिना युवतीको कोठामा पुग्छे । रोजिनाले डाक्टर योगेशलाई निरास देख्छे । किन निरास भएको ? डाक्टर योगेश भनेर प्रश्न गर्छे । हो रोजिना जब मैले उसको रगत गु्रप पत्ता लगाउने क्रममा उसको रगत परीक्षण गरे उसको रगतमा एच्.आई.भी. पोजेटिभ देखियो, जसले मलाई झस्कायो त्यसैले अब के गर्ने होला रोजिना तिमी भन अब के गर्ने यस्तो विरामीलाई जसको आजसम्म आफन्त पनि आएको छैन । डाक्टर रोजिना छाँगाबाट खसेजस्तै भई ।
रोजिनाले राजले रगतको लतपतसँगै ल्याएको दृश्य सम्झी र अब राजलाई पनि एच्.आई.भी. एड्स सरेको हुनुपर्छ । फेरी डाक्टर रोजिनाले राजको घाउबाट सिसा निकाल्ने क्रममा आफ्नो हात काटेको र राजको रगत अनि आफ्नो रगत सँगै लतपत भएकोले आफूलाई पनि एच्.आई.भी. एड्स सरेको हुनसक्ने कुराले एकोहोरो हुन्छे । डाक्टर योगेशले रोजिना तिमीले के गरेको यस्तो किन तिमी केही पनि बोल्दिनौ भन्छ तर रोजिना केही पनि बोल्दिन । ऊ एक्कासी बेहोस भएर पल्टिन्छे । डाक्टर योगेशले हतपत रोजिनालाई आकस्मिक कक्षमा लैजान्छ र अक्सिजन लगाइदिन्छ । अस्पतालमा खैलाबैला हुन्छ सबै डाक्टरहरू आकस्मिक कक्षतर्फ दौडिन्छन् । राजले केको हल्ला सबै आकस्मिक कक्षतर्फ लागेका छन् , युवती मरी कि क्याहो ? भन्दै राज पनि आफ्नो वेडबाट उठेर आत्तिँदै आकस्मिक कक्षमा पुग्छ । जहाँ उसले आफ्नी साथी डाक्टर रोजिना बेहोस अवस्थामा पल्टेको देख्छ । डाक्टर रोजिनाको अवस्था देखेर राज निकै निरास हुन्छ ।
राजले अब अस्पताल छोडी अस्पतालको पैसा जम्मा गराउने निर्णय लिएर अस्पतालबाट बाहिरिन्छ केही दिनपछि राजले पैसा लिएर अस्पतालमा आउँछ । आफ्नो सम्पूर्ण अस्पताल खर्च जम्मा गर्छ । राज अस्पतालको आकस्मिक कक्षमा पुग्छ त्यहाँ उसले डाक्टर रोजिनालाई देख्दैन त्यहाँ अर्कै डाक्टरले काम गरेको देख्छ । राजले तपाई को हो ? भन्छ जवाफमा आकस्मिक कक्षमा काम गरेकी डाक्टरले आफू डाक्टर मीरा भएको बताउँछे । राजले डाक्टर रोजिनालाई तपाई चिन्नुहुन्छ ? भन्ने प्रश्न गर्छ । जवाफमा मीराले चिन्छु भन्छे । राजले उहाँ अहिले कहाँ हुनुहुन्छ म उहाँलाई भेट्न आएको म रोजिनाको साथी भन्छ । डाक्टर मीराले आँखाबाट आँसु खसाल्छे केही पनि बोल्दिन । तपाई डाक्टर मीरा के गर्नुभएको के गर्नुभएको भन्नुहोस्न डाक्टर रोजिना कहाँ हुनुहुन्छ म चाडै भेट्न चाहान्छु । हो एउटा बस दुर्घटनामा डाक्टर रोजिनाको साथी पनि परेछ उसले आफूसँगै दुर्घटनामा परेकी युवतीलाई रगतसँगै लतपत्तिँदै काधमा बोकेर अस्पताल ल्याएको थियो रे जुन दुर्घटनामा आफ्नो साथी पनि घाइते देखेपछि डाक्टर रोजिनाले दिन राज नभनेर राजको सेवा गर्नुभएछ । केही दिन पछि पनि साथीले बोकेर ल्याएकी युवतीको होस नखुलेपछि उसको शरीरबाट धेरै रगत बगेको कारणले उसलाई रगतको कमि भए पश्चात् डाक्टर योगेशले युवतीको लागि रगत खोजी गर्नको लागि रगत गु्रप पत्ता लगाउने क्रममा उसको रगत परीक्षण गर्दा एच्.आई.भी. एड्स लागेको पत्ता लागेछ । एकदिन डाक्टर रोजिना युवतीको अवस्था बुझ्न युवती भएको कोठामा गएको बखत डाक्टर योगेशले उक्त कुरा सुनाउँदा डाक्टर रोजिना बेहोस भई पल्टिनुभयो । त्यसपछि डाक्टर रोजिनाको एक हप्तामा बल्ल होस आयो । उहाँ आफैले आफ्नो रगत परीक्षण गर्नुभयो त्यसपश्चात् डाक्टर रोजिनालाई पनि एच्.आई.भी. एड्स लागेको थाहा भयो । त्यसपछि डाक्टर रोजिनाले राजको कोठामा गई रोजिनालाई केही भएको छैन भनिदिनु भन्ने समाचार पठाउनुभयो तर राजले अस्पताल छोडेकाले समाचार दिन सकिएन ।
राजले अस्पताल छोडेकोमा डाक्टर रोजिनाले निकै चिन्ता गर्नुभयो आफैले अस्पताल वरपर खोज्नुभयो तर केही पत्ता लागेन त्यसपछि उहाँले राजको नाममा एउटा पत्र लेख्नुभएछ र आफूले इन्जेक्सन लागाई विष शेवन गरी डाक्टर रोजिनाले आत्महत्या गरी यो संसार छोडी सदाको लागि विदा हुनुभयो । राजको आँखा रसाएर आँसु झर्दै थिए तर पनि राजले आफ्नो मन थाम्दै सकेसम्म आँसु रोक्ने प्रयास गर्दै डाक्टर मीरा रोजिनाले लेखेको पत्रमा के लेखिएको थियो ? जवाफमा डाक्टर मीराले दराजबाट निकालेर यही हो डाक्टर रोजिनाले यो संसारबाट विदा हुनुभन्दा अघि राजलाई लेखेको पत्र म पढ्न सक्दिन तपाई आफै पढ्नुहोस् लिनुहोस् भन्दै डाक्टर मीराले पत्र राजको हातमा राखिदिन्छे राजले उक्त पत्र पढ्न सुरु गर्छ – प्रिय राज म तिमीलाई के भनु कसरी भनु म सँधै तिम्रो खुसी चाहन्थे र मैले तिमीलाई राम्ररी चिन्थे किनकी धेरै समयसम्म हामीले सँगै अध्ययन गरेका थियौ । म तिमीलाई सबै कुरा भन्न सक्थे एउटा कुरा चाहिँ कहिल्यै पनि भन्न सकिन म तिमीलाई आफ्नो जीवन साथी बनाउन चाहान्थे फेरी यो कुरा मैले तिमीलाई पहिले भन्न सकिन तर मैले आफ्नो जीवन तिमी बाहेक कसैसँग विताउन नसक्ने अवस्थामा थिए किनकी म तिमीलाई एकतर्फी प्रेम गर्थे । समयको क्रमसँगै तिम्रो र मेरो अध्ययनको क्षेत्र फरक प¥यो त्यसपछि मैले तिमीलाई चाहन्छु भन्ने कुरा तिमीलाई सुनाउने अनुकुल समय पाउनै सकिन पछि मैले तिमीले अर्कै युवतीसँग प्रेम गर्छौ भन्ने थाहा पाएँ । त्यसपछि मैले तिम्रो खुसीको लागि तिमीलाई यो कुरा कहिल्यै नभन्ने र सकेसम्म तिमीलाई भुलेर नयाँ जीवन सुरु गर्ने निर्णय गरे तर मैले आज म यो जीवनको अन्तिम समयमा पनि तिमीलाई भुल्न सकिन र यो पत्र लेख्न बाध्य भए ।
राज तिमी दुर्घटनामा परेर घाइते भएको देख्दा मनमा पिडा थियो तर जब म तिम्रो दिन रात सेवा गर्थे त्यसमा मलाई सन्तुष्टि मिल्थ्यो आनन्द आउँथ्यो त्यतिखेर बल्ल थाहा पाए मैले प्रेम कस्तो हुँदो रहेछ । तिम्रो उपचारको क्रममा मैले तिम्रो घाउबाट सिसा निकाल्ने क्रममा मेरो हात काटेर रगत आएछ त्यो पनि मैले जब तिम्रो घाउबाट सिसा निकाले त्यसपछि मात्र थाहा पाएँ । मैले सँधै तिमीलाई सेवा गर्न चाहन्थे तर तिमी अस्पतालबाट निस्केर मबाट टाढा हुन चाहान्थ्यौ यसै कुरामा मलाई चिन्ता लाग्थ्यो । हो राज तिमीले युवतीलाई बोकेर ल्याउने क्रममा एच्.आई.भी. एड्स लागेछ किनकी तिमीले बोकेर ल्याएकी युवतीलाई एच्.आई.भी. एड्स लागेको रहेछ त्यसले गर्दा तिमीलाई उक्त रोग सर्न पुग्यो । मेरै कमजोरीले गर्दा मलाई पनि एच्.आई.भी. एड्स लाग्न पुग्यो हो राज मलाई यो रोग लागेर त्यति चिन्ता परेको होइन मलाई यो एच्.आई.भी. एड्स लाग्यो भनेर म बेहोस भएको पनि होइन तिमीलाई लाग्न सक्ला कारण के हो ? भन्ने ।
राज म तिमीलाई सँधै खुसी सँधै हाँसेको देख्न चाहान्थे तर राज जब मैले तिमीलाई एच्.आई.भी. एड्स लाग्यो भन्ने थाहा पाउँदा म बेहोस हुन पुगे म पछि होसमा आउने बित्तिकै तिमी रहेको अस्पतालको वेडमा पुगे तर तिमी पहिले नै अस्पताल छोडेर गएको थाहा पाएँ । हो राज तिमीलाई त्यसको बारेमा थाहा थिएन र पहिले मलाई पनि त्यसको बारेमा थाहा थिएन जब तिमीले ल्याएकी युवतीको लागि रगतको खोजी गर्ने क्रममा उसको रगत गु्रप पत्ता लगाउन रगत परीक्षण गर्ने क्रममा उसलाई एच्.आई.भी. एड्स लागेको प्रमाणित भयो त्यसपछि त्यो कुरा डाक्टर योगेशले बताएपछि मैले आफ्नो रगत परीक्षण गरे मैले आफूलाई पनि एच्.आई.भी एड्स लागेको कुरा थाहा पाएँ । हो राज मैल आफ्नो जीवनमा तिम्रो खुसी हेरेर बाच्ने निर्णय गरेकी थिए तर अब मैले तिम्रो आँखामा आँसु तथा तिम्रो दुःख देख्नुभन्दा त्यस भन्दा पहिले नै तिमीले आफूलाई एच्.आई.भी. एड्स लागेको थाहा पाउनुभन्दा अगाडि नै यो संसारबाट विदा लिने निर्णय लिए । मलाई माफ गर तर तिमीले तिम्रो आफ्नी प्रेमिकालाई सँधै खुसी राख्नु र अस्पतालमा आफन्त विहिन रहेकी युवतीलाई उपचार गर्ने सम्पूर्ण जिम्मा तिमीलाई दिन्छु मेरो अनुरोध स्वीकार ल राज …………..।
पत्र पढ्दा पढ्दै राजको आँसुले पत्र लेखिएको कागज भिजेको थियो । राजको आँखाबाट आँसु बर्वर्ती झन् झन् साउनको झरी जस्तै नरोकिकनै झर्न थाले त्यो दृश्यले डाक्टर मीराका आँखा पनि रसाउन थाले डाक्टर मिराले राजलाई सम्झाउँदै रोएर अब हामीले डाक्टर रोजिनालाई पाउँन सक्दैनौ हामीले पाउँन सक्दैनौँ । डाक्टर मीरा तपाईलाई थाहा छ म त्यही राज हुँ जसले डाक्टर रोजिनाको हत्या ग¥यो । म हत्यारा हुँ डाक्टर मीरा म त्यही हत्यारा राज हुँ भन्दै राज झन रुँदै चिच्याउँछ । डाक्टर मीराले सम्झाउन थाल्छे । तपाईको दोष केही छैन । तपाईलाई के थाहा युवतीलाई एच्.आई.भी. एड्स लागेको छ भन्ने । फेरी डाक्टर मीराले तपाईको घाउको सिसा निकाल्दा आफ्नो शरीरलाई जोखिममा राखेर सावधानी नअपनाउँदा र आफ्नो साथी भनेर बढी भावुक हुँदा घटना घटेको हो यो अवस्था आएको हो । फेरी एच्.आई.भी. एड्स लाग्यो भन्दैमा मनुपर्ने कारण पनि केही थिएन । त्यसैले यसमा तपाईको केही दोष छैन ।
यो घटनामा सबै काम भावनाले गरेको छ तपाईले युवतीको सेवा गर्नु, रोजिनाले तपाईको सेवा गर्नुमा होसियारी नअपनाएर भावनामा डुब्दा यो घटना घट्न पुग्यो । डाक्टर रोजिनाको मृत्युले अस्पतालमा पूरै शोकमा देखिन्छ । डाक्टर रोजिनाले लेखेको पत्रबाट तथा डाक्टर मीराको कुरा सुनेर राजले आफूलाई पनि एच्.आई.भी. एड्स लागेको कुरा थाहा पाउँछ । राजलाई एच्.आई.भी. लाग्नुमा भन्दा डाक्टर रोजिनाको आत्महत्याले बढी चिन्ता पार्छ । डाक्टर मीराले राजलाई तपाईको परिवार भनेर सोध्छे । राजले आफ्नो परिवार नभएको बताउँछ । डाक्टर मीराले साच्चै तपाईको परिवारमा बालबच्चा पनि छैन ? भनेर सोध्छे । जवाफमा राजले छैन भन्छ । फेरी डाक्टर मीराले तपाईले प्रेम गर्नुभएन विवहा गर्नुभएन ? भनेर सोध्छे । जवाफमा राजले पे्रम गरे तर विवहा भएन भन्छ । डाक्टर मीराले मैले तपाईले भनेको कुरा बुझिन भन्छे ।
राजले के तपाई मेरो बारेमा बुझ्न चाहनुहुन्छ ? भन्छ । डाक्टर मीराले बताउन अनुरोध गर्छे । राजले बताउँन थाल्छ कुनै समय म एक विद्यालयमा शिक्षण गर्थे त्यसै समयमा मुना नाम गरेकी एक विद्यार्थी थिई ऊ बालिका थिई उसको विवहाको कुरा मैले जानकारी पाएँ । म एक असल शिक्षक भएकोले उसको उमेर नभएको र पढ्ने समय भएकोले उसको परिवारलाई विवहा रोक्न आग्रह गरे तर परिवारले उसको विवहा नरोक्ने बताए । मैले फेरी मुनालाई भेटेर सम्झाए अनि तिमीले यो विवहालाई स्वीकार ग¥यौ त भने प्रश्न गर्दा मुनाले मन्टो हल्लाई । मैले किन भन्ने जवाफमा ति बाल ओठबाट म हजुरलाई मन पराउँछु , हजुरसँगै विवहा गर्न चाहान्छु । त्यसैले मेरो विवहा रोकिदिनुहोस् । ति बाल ओठबाट निस्केका वाणले मलाई हान्यो मैले केही भन्न सकिन मनमनै खाल्डोबाट कसैलाई निकाल्छु भन्दा आफै खाल्डोमा भासिएको अनुभव गरे । त्यसपछि मुनाको फुपुलाई विवहा रोकेर मुनाको पढाइको वातावरण मिलाउन आग्रह गरी म आफ्नो डेरामा पुगे । मलाई दिनभर त्यही मुनाको विवहाको कुराले सतायो र मुनाको अवस्था देखेर टिठ लाग्यो फेरी आफूले जोखिम मोलेर उसको विवहा रोक्ने आँट मैले गर्न सकेन । साँझ भयो मैले आफ्नो मन भुलाउन एउटा किताबको साहरा लिएर समय विताउँदै थिए अकस्मात विद्धुतको लाइन काटियो कोठा अन्धकार भयो ।
सँधैको लोडसेडिङ्गले गर्दा मैले मैनबत्तीको व्यवस्था गरेको थिए मैनबत्ती सल्काए अनि किताब पढ्न थाले अकस्मात मेरो आँखा मैनबत्तीमा पर्न गयो । म भावुक भए । मान्छेको जीवन पनि मैन जस्तै छ एक दिन पग्लिएर सिद्धिन्छ साह«ै छोटो समयमै तर मैनबत्तीले आफू जलेर पनि अरुलाई प्रकाश दिएको छ तर मान्छे किन अरुलाई दुःख दिइरहेको छ सहयोग किन गर्न सक्दैन । मेरो मनमा फेरी दिउसोको कुरा आयो अब म भावुक भएकोले मैनबत्तीले मेरो मन मैन जस्तै पगालिदिएकाले म जसरी पनि मुनाको विवहा रोकिदिन्छु बरु आफूलाई माया मारिदिन्छु । त्यसपछि मैले अर्को दिन मुनाको विवहा रोकिदिन आग्रह गरे र केही वर्षपछि आफैले मुनालाई विवहा गर्ने बताए ।
मेरो कुरा सुनेपछि मुनाकी फुपुले तपाईले विवहा गर्नुहुन्छ भने मुनाको विवहा रोक्न सहमत भएको कुरा जनाउनुभयो । यसरी दिन बित्दै गए विस्तारै मैले मुनालाई अन्तरआत्मा देखि नै माया गर्न थाले । समयको दौरानसँगै मुना विनाको जीवन मैले कल्पना पनि गर्न नसक्ने भए । एकदिन मुनाले पैसाको प्रलोभनमा परी मलाई छोडेर एकजना बसवालासँग मुना मबाट सँधैको लागि अलग भई तर म मुनाबाट अलग हुन सकेन । मैले मुनालाई भुल्न हिमाल, पहाड, तराई हरेक ठाउँ गए तर मुना मेरो पछिपछि छाँया बनेर हरेक ठाउँमा पुगी । मैले जबसम्म मुनाको छाँयालाई आफूबाट अलग गर्दिन तबसम्म अरुसँग विवहा गर्दिन भन्ने निर्णय लिए र मुनाको छाँयालाई हटाउने प्रयास गरे तर मैले मुनाको छाँयालाई पे्रम गरे हटाउन सकेन । आजसम्म पनि मुनाको छाँयालाई प्रेम गर्दै बाँचेको छु ।
जसलाई म विर्सन खोज्छु तर विर्सन सक्दिन । राजको कुरा सुनेर डाक्टर मीराले आँखा रसाउँदै तपाईले प्रेम गर्ने भएर त दैवले तपाईकै काखमा ल्याएर मुनालाई छोडेछ । तपाईले अस्पताल ल्याएकी युवती नै मुना हो । उसको आफन्त पत्ता लगाउने क्रममा उसको साथमा रहेका कागजपत्र चेक गर्दा उसको पटुकामा च्यापेको नागरिकतामा मुना लेखेको थियो । होइन डाक्टर मीरा मैले प्रेम गर्ने मुना साह«ै सुन्दर थिई त्यो मुना जस्ती होइन मेरो छाँया बनेर मसँगै रहेकी मुनाको अनुहा मेरो आँखा अगाडि छ त्यो अझै पनि साह«ै सुन्दर छे । मैले बुझे तपाईले प्रेम गर्दा मुनालाई एच्.आई.भी. एड्स रोग थिएन तर जब मुनालाई एच्.आई.भी. रोग लाग्यो त्यसले उसको सुन्दरता खोस्यो र तपाईले चिन्न सक्नुभएन । त्यसो भए डाक्टर मीरा मुना कहाँ छिन् ? मुनाको के कुरा गर्नु उसलाई अहिलेसम्म एच्.आई.भी. एड्स लागेको कुरा थाहा रहेनछ । जब उसको उपचारपछि होस आयो त्यसपछि डाक्टर योगेशले तपाईलाई एच्.आई.भी. एड्स लागेकाले एन्टि रेट्रो भाइरल औषधी नियमित खानुपर्छ भन्नुभयो । अनि तपाईको आफन्त भन्दा उहाँले प्रमोद भन्नुभयो जसको खोजी गर्दा प्रहरीले दुर्घटना भएको बस प्रमोदकै भएको र मुना प्रमोदको श्रीमती भए पनि प्रमोद फरार रहेको प्रहरीबाट अस्पतालले जानकारी पाएको कुरा डाक्टर मीराले बताउँछिन् । त्यसपछि मुनाको अस्पतालमा तिर्नुपर्ने रकम थुप्रै रहेको तर मुनासँग पैसा केही नभएको हुँदा मुनाले अस्पताललाई थाहै नदिई अस्पताल छोडेर भागेको कुरा बताउँछे । राजले अस्पतालको एकाउन्ट शाखामा गएर मुनाले अस्पताललाई तिर्नुपर्ने सम्पूर्ण रकम बुझाइदिन्छ । अनि डाक्टर मीरा तथा अस्पतालका अन्य डाक्टरसँग विदा हुन्छ । राज जताततै भौतारिन्छ न ऊ मर्न सक्छ न राम्ररी बाच्न सक्छ , न आफ्नो जीवनलाई ख्याल गर्छ । उसले आफ्नो जीन्दगीको माया मारेर पनि बाच्छ ।
राज एक्लै बस्ने टोलाउने खाने लाउने बोल्ने हरेक कुरामा परिवर्तन हुन्छ कुनै कुराको ख्याल गर्दैन । राज एकदिन एक्लै जङ्गलमा पुग्छ । राजले अब नयाँ जीवनको शुरुवात गर्ने योजना बनाउँछ । आजसम्म म आफ्नो लागि बाँचे अब म अरुको लागि बाच्छु , आजसम्म मैले आफ्नो लागि गरे अब अरुको लागि गर्छु भन्दै खाते बालबालिका , एच्.आई.भी. एड्स को कारण समाजबाट अपहेलित र दीन दुःखीको लागि काम गर्ने आश्रम खोलेर तिनैको सेवा गर्ने अठोट लिएर राजधानी सहरमा पुुग्छ । आफ्नो योजना अनुसार आश्रम खोलेर त्यही संस्थामा बेसाहारा, दीन–दुःखीको साहारा बनेर काम गर्न थाल्छ र आफ्नो पुरानो सम्पूर्ण दुःख बिर्सेर राजले सन्तुष्टि प्राप्त गर्छ । बाच्नुको सार राजले बल्ल पत्ता लगाउँछ । उसले बेसाहारा बालबालिकालाई समाजका अन्याय, अत्याचार कुरीतिको विरुद्धमा लाग्न , सच्चा प्रेम गर्न धनको पछि नलाग्ने शिक्षा दिन्छ । राजको प्रशंसा र आलोचना दुवै हुन थाल्छ । एच्.आई.भी. एड्स लागेकालाई बस्तीबाट निकाला गर्नुपर्छ भन्नेहरू राजको तिव्र आलोचना गर्छन् भने केही जानेबुझेका मान्छेले राजको प्रशंसा गर्छन् ।
राजले खोलेको आश्रमको व्यापक प्रचार प्रसार हुन्छ । एकदिन अस्पताल छोडेर भागेकी मुनाले पनि एच्.आई.भी. एड्स लागेकालाई राख्ने आश्रम खुलेको छ भन्ने थाहा पाई उक्त आश्रममा आइपुग्छे । संस्थाको अध्यक्षमा राजको फोटो र नाम देखेपछि मुना फर्किन खोज्छे । राजले अस्पतालको दृश्य डाक्टर मीराको कुरा सम्झिन्छ र राजले मुनाको गालाको कोठी र दाँतबाट मुनालाई चिन्छ । त्यसपछि राजले तुरुन्तै मुनालाई रोकेर तिमी जति भाग्ने भाग्यौ अब भाग्न सक्दिनौ । आज तिमी नभाग तिमीले मबाट जे चाहेकी थियौ म त्यही दिन चाहान्छु जीवनको अन्तिम घडीमा भएपनि । तिमीले पैसालाई माया गर्ने तर म तिमीलाई माया गर्ने यही कुरामा हाम्रो विभाजन रह्यो । तिमी पैसाको खोजीमा हिड्यौ म मायाको खोजीमा हिडे । मैले माया नपाए पनि तिमीले खोजेको कुरा म दिन्छु भन्दै राजले आफूसँग भएभरको पैसा सम्पत्ती र संस्थाको साँचो मुनाको हातमा राखिदिन्छ । आफूले जीवनको अन्तिम घडीमा भएपनि मुनालाई सेवा गर्न पाएकोमा सन्तुष्टि पाएको बताउँदै आफ्नो घाटीमा आफै छुरा हानेर आत्महत्या गरी सदाको लागि संसारबाट विदा लिन्छ ।
आश्रमका बेसाहारा बालबालिका , एच्.आई.भी. एड्स लागेका युवा युवती वृद्धा सबैजनाको रुवाबासी चल्छ । मुनालाई के गरु कसो गरु हुन्छ छट्पटाउन थाल्छे तर केही गर्न सक्दिने राजकै आश्रममा बस्ने एकजना युवक शुनिलले आश्रमका सबैलाई जे भयो भयो अब यसरी रोएर हुँदैन हामीले राजको अन्तिम दाहसंस्कार गर्नुपर्छ भन्दै दाहसंस्कारको कार्यमा लाग्न अनुरोध गर्दछ । एकजना आश्रमकै युवतीले राजले हामीलाई मर्नबाट बचाएर साहस दिएर बाच्न सिकाउनुभयो तर आज आफै यसरी मर्नुभयो । अब हाम्रो बिचल्ली हुनेभयो भन्दै जोड–जोडसँग रुन थाल्छे । आश्रममा बस्ने सबै वृद्धा तथा युवतीहरूले माला र अबिरले राजको लासलाई रङ्गाउँछन् । राजकै आश्रममा बस्ने युवक शुनिलको नेतृत्वमा राजको अन्तिम दाहसंस्कारमा आश्रमका सम्पूर्णले भाग लिन्छन् । राजको मृत्युसँगै आश्रममा बस्ने एच्.आई.भी. एड्सका रोगीहरूको साहारा हराएको महसुस हुन्छ । आश्रमकै युवक शुनिलले मुनालाई विन्ती गर्दै अब आश्रमको कामकाज गर्न अनुरोध गर्छ । मुनाले रुँदै राजले मलाई आश्रमको साँचो तथा सम्पत्ती दिएर गए तर राजलाई आश्रम कसरी चलाउने सबै ज्ञान थियो शिक्षा थियो तर मलाई त्यो ज्ञान छैन म अशिक्षित छु र म राजको हत्यारा पनि हुँ । त्यसैले मलाई जेलमा लगेर राखेहुन्छ म नै राजको हत्यारा हु भन्छे । शुनिलले मुनालाई मैले हजुरको कुरा बुझिन के अब तपाई यो आश्रमका रोगीहरूको आँसु नपुछेर आँसुको पोखरीमा पौडी खेल्न यो आश्रम देखि भाग्न खोज्दै हुनुहुन्छ । होइन शुनिल मैले त्यसो गर्न खोजेको राज मेरै कारणले मरेको हो र मैले यहाँ बसेर पनि आश्रम चलाउने ज्ञान नभएको कारण आश्रम चलाएर यहाँको आँसु पुछ्न सक्दिन । म अशिक्षित एच्.आई.भी. एड्स लागेकी युवती हुँ । शुनिलले साहस बटुलेर राजलाई पनि त एच्.आई.भी. एड्स लागेको थियो र मलाई पनि राजले नै समाजको तिरस्कारको विरुद्ध अन्यायको विरुद्ध र सम्पूर्ण देशभरिका एच्.आई.भी. एड्स रोगीमाथी हुने अपराधका विरुद्ध लड्नुपर्छ भन्दै आश्रममा ल्याई शिक्षा दिनुभयो र मैले राजसँग अन्यायका विरुद्ध लड्ने बाचा गरेको थिए । अब तपाईलाई आश्रम चलाउने ज्ञान छैन शिक्षा छैन भने पनि मसँग राजसित जति शिक्षा नभएपनि केही ज्ञान छ केही शिक्षा छ मुना तपाई आश्रमको अध्यक्ष बन्नुहोस् र अहिले बगीरहेका आश्रमका आँसु पुछ्नुहोस् मैले सम्पूर्ण काम गर्नेछु । यसैमा राजलाई हामीले गर्नुपर्ने माया गरौँ ,आश्रमलाई खुसी राख्ने राजको पनि सपना हो । अब हामीले राजलाई केही गर्न सक्दैनौ तर राजले सडकबाट बटुलेर ल्याएका आश्रमका एच्.आई.भी. एड्स लागेका रोगीहरूका आँखामा आँसु नभएर ओठमा हाँसो राख्ने काममा लागौँ यही नै अबको हाम्रो कर्तव्य हो । युवक शुनिलको कुरामा मुनाले पनि सहमत जनाउँछे ।
आश्रममा पहिलेकै जस्तै काम कुराहरू हुन थाल्छन् । आश्रममा रहेका राजले पढाउने एच्.आई.भी. एड्स लागेका अनाथ बालबालिकाको शिक्षा–दिक्षाको काम भने रोकिन्छ । मुना र शुनिलले कुनै शिक्षकलाई खोजेर ल्याई मासिक तलब भत्ता व्यवस्था गरेर भएपनि अनाथ बालबालिकाको पढाई पुन सुरु गर्नुपर्ने सल्लाह गर्दछन् । शुनिलले शिक्षकको खोजी गर्छ तर एच्.आई.भी. एड्स लागेका बालबालिका भन्ने सुन्ने बित्तिकै शिक्षकहरू पढाउन अस्वीकार गर्दछन् । कतै पनि शिक्षक पाईदैन । मुना आश्रमका बालबालिका बस्ने कोठामा पुग्छे । त्यहाँ रहेका एच्.आई.भी. एड्स लागेका भनिने अनाथ बालबालिकालाई शिक्षा दिएमा भोलीका दिनमा अन्यायका विरुद्ध यिनै कलिला बालबालिकाले आवाज उठाउने थिए तर के गर्नु मलाई यस्ता बालकलाई ज्ञान दिन मन भए पनि म नै अशिक्षित छु । राज कम्तीमा यिनै बालबालिकाको लागि भए पनि , यिनैलाई शिक्षा दिनको लागि भए पनि बाच्नु पथ्र्यो । मलाई आज दैवले किन यो आश्रममा ल्यायो बरु मलाई पहिले नै मारेको भए हुन्थ्यो म मरेर कसैलाई केही हुने थिएन तर आज राजले आत्महत्या गर्दा यो आश्रम र यी कलिला अनाथ बालबालिकाको भविष्य अन्धकार भयो भन्दै मनमा कुरा खेलाउँछे । त्यत्तिकैमा शुनिल प्रवेश गर्छ । मुनाले शुनिललाई कतै शिक्षक पाहियो त भन्छे जवाफमा शुनिलले शिक्षक त भेटिए तर एच्.आई.भी. एड्स लागेका बालबालिका भन्ने वित्तिकै सबै तर्सिएर कसैले पनि पढाउन स्वीकार गरेनन् । अब वर्वादै हुने भयो ।
मुना र शुनिलले मनमा चिन्ता लिएरै भएपनि आश्रमका सम्पूर्णलाई खाना खुवाउँछन् र आफूले पनि खाएर आ–आफ्नो कोठामा सुत्न जान्छन् । विहानैको मिर्मिरे उज्यालो सँगै शुनिल र मुना उठ्छन् । शुनिलले मैले बालबालिकाको पढाइको लागि अब आश्रम नजिकैको सरकारी विद्यालयमा भर्ना गराएर भए पनि उनीहरूको पढाईलाई निरन्तरता दिने विचार गरेको छु के यसो गर्न हामीले सकिन्छ ? जवाफमा मुनाले यो नै हाम्रो एउटा मात्र विकल्प हो किनकी अरु विकल्प हामीसँग छैन त्यसैले अब त्यही भर्ना गरी बालबालिकालाई विद्यालय छोड्न जाने र लिन जाने कार्यमा आश्रमकै कुनै एक जनालाई जिम्मा दिनुपर्छ । अब यसै गर्नुपर्छ । मुना र शुनिल बालबालिका लिएर सरकारी विद्यालयमा भर्ना गर्न पुग्छन् तर विद्यालय प्रशासने एच्.आई.भी. एड्स लागेका विद्यार्थी भन्ने वित्तिकै बालबालिकालाई भर्ना गर्न मान्दैन तर मुना र शुनिलले कि हामीलाई शिक्षक खोजिदिनुहोस् नत्र यिनीहरूलाई भर्ना गर्नुहोस् यी बालबालिका राजले पढाएका बालबालिका हुन् अहिले राजले आत्महत्या गरेपछि यी बालबालिकाको बिचल्ली भयो यिनीहरूको पढाइ रोकिन पुग्यो । विद्यालय प्र.अ. ले राजको नाम सुन्ने वित्तिकै राजको बारेमा आफूले दुर्घटनाको समचार पढ्दा पढेको उहाँ एकदमै समाजसेवी हुनुहुन्थ्यो आश्रम पनि राजले नै खोलेको हो के राजले आत्महत्या गर्नुभयो ? मुनाले जवाफमा हो त्यसैले आश्रममा समस्या परेको हो । बल्ल बालबालिकालाई विद्यालय प्रशासनले भर्ना गर्छ । केही समयसम्म त बालबालिकाले सरकारी विद्यालयमा पढ्ने मौका पाउँछन् तर त्यस विद्यालयमा पढ्ने अन्य बालबालिकाका अभिभावकले विद्यालयमा एच्.आई.भी. एड्स लागेका बालबालिका विद्यालयमा भर्ना भएको थाहा पाएपछि विद्यालयमा आएर हामीले हाम्रा छोरा छोरीलाई एच्.आई.भी. एड्स लागेका बालबालिकासँगै राखेर पढाउन सक्दैनौं भनेर आफ्नो छोराछोरी निकाल्न थाल्छन् ।
विद्यालयमा सबै विद्यार्थीले छोड्न थालेपछि विद्यालय प्रशासनले बाध्यात्मक अवस्थाका कारण हामीले आश्रमका बालबालिका पढाउन सकेनौ त्यसैले आश्रमका बालबालिका भोली देखि नपठाउनु भन्दै मुनालाई विद्यालय प्रशासनले जानकारी गराउँछ । विद्यालयको यस्तो निर्णयबाट आश्रमका बालबालिका फेरी समस्यामा पर्छन् । उता मुनादेखि भागेर हिडेको प्रमोदलाई रोगले झन्–झन् च्याप्दै जान्छ । प्रमोद अब यस्तो चालले नहुने भन्दै एकचोटी एन्टि रेट्रो भाइरल औषधी थप गर्न अस्पताल जान्छ । प्रमोदले डाक्टरलाई आफूलाई अब बाच्न भन्दा मर्न मन लागेको कुरा गर्छ । जवाफमा डाक्टरले प्रमोदलाई एच्.आई.भी. एड्स लागेकालाई स्याहार गर्ने आश्रम खुलेको छ तिमी त्यही जाऊ भनी सल्लाह दिन्छ । प्रमोद डाक्टरसँग हुन्छ भन्दै अस्पतालबाट बाहिर निस्कन्छ । प्रमोदले मनमनै यस्तो बेसाहारा भएर बच्नुभन्दा आश्रममै गएर बस्न पाए हुन्थ्यो । फेरी आश्रममा सबै निशुल्क पक्कै छैन होला फेरी अहिले मसँग सम्पत्तीको नाममा केही छैन के गर्ने के गर्ने भन्दै मनमा अनेक कुराहरू खेलाउन थाल्छ ।
प्रमोदले पत्रकार लेखेको लुगा लगाएको मान्छेलाई देख्छ । प्रमोद त्यही पुगेर हजुर पत्रकार हो ? भनेर प्रश्न गर्छ , जवाफमा त्यो मान्छेले म पत्रकार हुँ भन्नुहोस् तपाईलाई के भयो ? प्रमोदले पत्रकारसँग मलाई एच्.आई.भी. एड्स लागेको छ र मेरो साहारा कोही छैन । अहिले एच्.आई.भी. एड्स लागेकालाई स्याहार गर्ने आश्रम खुलेको छ भन्ने सुनेको छु के त्यहाँ पैसा लाग्दैन ? भन्छ । जवाफमा पत्रकारले हजुर त्यही आश्रममा जानुहोस् तपाईलाई त्यहाँ राम्रो स्याहार हुन्छ र कुनै पैसा लग्दैन भनी त्यहाबाट हिड्छ । प्रमोद अब आश्रममै जाने निर्णय गरी आश्रम खोजीमा बाटो सोध्दै यात्रा सुरु गर्छ । प्रमोद सोध्दै खोज्दै आश्रममा पुग्छ । प्रमोदले आश्रमको अध्यक्षमा मुनाको फोटो देख्छ । प्रमोदले आफूले त्यस्तो हालतमा छोडेकी मुना आश्रमकी अध्यक्ष भन्दै एक मनले आश्रमबाट भाग्ने सोच्छ भने अर्को मनले मुनासँग भाग्नु भन्दा मुनासँग माफ मागेर विदा हुनु राम्रो हुने सोच्छ । अन्तिममा प्रमोदले मुनासँग माफ मागेर विदा हुने निर्णय गर्छ र आश्रम भित्र प्रवेश गर्छ । मुनाले एक्कासी प्रमोदलाई देखेर झस्किन्छे । प्रमोद माफी माग्न आएको बताउँदै मुनासँग माफी दिन अनुरोध गर्छ । जवाफमा मुनाले माफी तिमीले होइन माफी मैले राजसँग माग्नुपर्ने हो जसलाई मैले जीवनभरी साथ दिन्छु भनेर बिचमै पैसाको लोभमा छाडे, तिम्रो भौतिक सम्पत्तीको लोभमा छाडे । त्यसपछि पनि राजले मेरो छाँयासँग प्रेम गरेर आफ्नो जीवनलाई अरुको सेवामा समर्पीत ग¥यो । यसरी जीवन विताइरहेको राजसँग दैवले मेरो भेट गरायो । जसको कारण राजले मैले खोजेको माया मैले आफ्नो जीवनभरी खोज्दा पनि पाएन तर तिमीले खोजेको भौतिक सम्पत्ती म दिन्छु भनी आफ्नो सम्पूर्ण सम्पत्तीको साँचो मेरो हातमा राखेर यो संसारबाट विदा भयो । राजको मृत्युको कारण म हुँ । त्यसैले राजसँग मैले माफी माग्नुपर्छ ।
शायद ऊ मसँग भेट्न चाहँदैन किनकी उसको मायाको बदलामा मैले चोट दिए मृत्यु दिए तर पनि मैले जिउँदो छँदा माफ माग्न नसके पनि मृत्युपछि भएपनि अर्को जन्ममा भएपनि माफ माग्न चाहन्छु माया गर्न चाहन्छु भन्दै आफ्नो हातमा रहेको तरकारी काट्ने चक्कुले आफ्नो घाटी तथा शरीरको थुपै भागमा रोपेर मुनाले अर्को जन्ममा राजलाई मायाँ गर्ने आशामा यो संसारबाट विदा लिन्छे । आश्रममा मुनाको मृत्युसँगै रुवाबासी चल्छ । आश्रमको वातावरण शोकमय बन्छ ।
= = =
November 18, 2014
वेद प्रसाद कंडेल (युबराज)
श्री भैरव नवदीप उ.मा.वि. तथा भैरव बहुमुखी क्याम्पस छहरा–पाल्पा लुम्बिनी नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)