कविता : आमाको पुकार

~हिम कला राई~

बिजयी भए लाउनु है छोरा शिरैमा शिर फूल
नभए दुःखी भएर फेरी नजाउ है जंगल ।

रितीनुसम्म रितीयो आँशु दश महिने कोख पनि
सुन्दउ है पुकार नत्र जाने छ बाँकी यो सास पनि ।

नोट देख्दा साधुको पनि आँखा झलल बल्छ रे
मुठ्याउने दाउमा धरम पनि भुसुक्क भुल्छ रे ।

सयपरी छोरा कुर्सिको नाउँमा तानातान नर्गनु
रगतको भेलले ल्याएको यो दिन गुमाउला होस गर्नु ।

लडाइ झगडा गरेर मात्र हुन्न है प्रगती
विकाशको नाउँमा भोग्नु पर्छ है झन ठूलो दुर्गती ।

बुहारी भए बिधुवा बरै छोरा चांहि शहिद
जाने त गए बाँच्नेलाई अब नबनाउ बर्बाद ।

नौरंगी फूल जाँ फूले पनि माटो हो एउटै
जातजाती भाषा भाषी भएनी नेपाली हो एउटै ।

रतन्छा ७, खोटाङ
8th October 2008

(स्रोत : खोटाङ डट अर्ग)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.