कविता : हिनताबोध

~इन्द्रकुमार ‘विकल्प’~

कुनै अप्रत्यासित/अप्राकृतिक
आफूलाई सम्हाल्न नपाउँदै
कता कताबाट । कसरी कसरी
थिचिदैछ भारी पहाडले “टाउको”
उठाउन नसक्ने गरी ।

टक्क रोकिन खोज्दैछ
नौ डाँडा पार गरेर
जानु पर्ने पाइलाहरु
सायद, खुट्टामा नेल ठोकिदैछन्
र…….हिम्मत शिला बन्दैछ ।

बोली अबरुद्ध भै, बन्द हुंदैछ
मानौ चटकीले चुट्की मार्दा झैँ,
र……छटपटिदैछ “जिब्रो”
माछा तातो बालुवामा फ्याँकिदा झैँ ।

जो म एक स्थूल शरीर
शरीरमात्र भै रहेछु
र,
अप्रत्तासित/अप्राकृतिक
म ?
‘म’ नभएर
एउटा आकार मात्र उभिइरहेछु
यन्त्र चालित रोबर्ट झैँ
र,
म ?
‘म’ नभएर
बिना अमरत्वको मानव भै रहेछु ।

(२०४५)

– कुश्मा, पर्वत

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.