~सुजन बुढाथोकी ‘कान्छा’~
के छ कसो छ कुनै हाल खबर चाहिदैन
त्यो कुन मान्छे हो जस्लाइ घर चाहिदैन
बस ! यत्ती एउटा चोट नै काफी छ
जिन्दगी के हो जान्नलाइ टिचर चाहिदैन
उसो भा के चाहिएको छ भनेर सोध्ने मन्छ
जस्ले भन्छ मलाइ अनुहार सुन्दर चाहिदैन
उखु खुवाउने किसान चाहिन्छ हामिलाइ बरु
यो देस्मा अब गु गाने भ्रस्ट लिडर चाहिदैन
शितलहरमा कापिरहेको अनाथले भन्यो आमा
तिम्रो काख भए पुग्छ मलाइ हिटर चाहिदैन
– रतुवामाइ,मोरङ्ग
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )