~चक्रपाणि चालिसे~
नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात ।
बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।।
रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त ।
छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज विभिन्न ।।२।।
धूर्त-को-सँग भयो त-करार, बिल्कुलै बदलियेछ मुहार ।
बोलि मन्द सुनदा छन कान देखिंदैन अघिको अभिमान ।।३।।
नेत्रमा अरुण (न) ता झलकन्छ, खिन्नता बसनमा द्दढ हुन्छ ।
अङ्गमा शिथिलता छ अघोर, भैरहेछ सब देह कठोर ।।४।।
देखिंदैन मनमा पनि शान्ति, तेज छैन अति मन्द छ कान्ति ।
नीच विग्रह पर्यो कसमाथी ? दुर्दशा हुन गयेछ नजाती ।।५।।
ओष्ठबाट घनराग उडेछ, नील रङ्ग उसमाथि गडेछ ।
छैन दन्तविच दाडिमि रङ्ग, ढङ्गदेखि मन हुन्छ भरङ्ग ।।६।।
छिन्न भो-कि-त-व-हा-र-मणीको, सङ्गमा विपुल तेज भयेको ।
छातिमा पनि छ चोट गभीर, भैरहेछ मन खुब अधीर ।।७।।
भालमा छ नख-रा-ग-हिरो (लौ)नै, गण्डमण्डल पनी छ दिलोमै
उर्लदा हृदयमा कुचचिन्ह, स्पष्ट यो विदित हुन्छ नवीन ।।८।।
ठीक छैन सुरु-वा (बा)ल समाई, रागहीन गरि छाति दबाई ।
जानुयुग्म धसियेछ अवश्य यै रहेछ कि त ? गुप्त रहश्य ।।९।।
जानिंदैन रतिकारण साफ, चित्तमा छ जरुरै परिताप ।
भन्-नुहोस यदि त्यो सब बात–बातमा गरिदिनेछु म हात ।।१०।।
भन्नुहुन्नत त भने अबलाई
जातलाय पनि दिन्छु बिदाई ।
खाति धर्म भय शोक र लाज
बाँकी के छ ? अव (व)-ना-गर राज ।।११।।
एक पल्ट भइगो अबदेखी
रातमा नहिंडनू लिइ सेखी ।
भोर भो कक्ष-(र)-श(स)ली(री) र (ल) सराग
साफ होस, नरहोस विराग ।।१२।।
(स्रोत : कमल दीक्षितद्वारा सम्पादित पुस्तक “सूक्तिसिन्धु (फेरि),जगदम्बा प्रकाशन, २०२४” बाट सभार)