~सोमनाथ सिग्देल~
सफर गरी अति टाढा आयें आशा लिई गाढा ।
पाऊँ म आज खास प्रेमसँगै आश (स)पाश (स)मा वास ।।१।।
नगरी नगरी-वास त्यागी कान्तारको त्रास ।
आयें नलिई धन्दा दौडाउँछ कामको फन्दा ।।२।।
अब सब राह हरायो चारैतिर अन्धकारले छायो ।
सुन्दरि १ शरण दिलाऊ कुनै कुनाको निगाह फर्माऊ ।।३।।
तरुण तरुगण सङेली प्रबल-लता-जालले जेली ।
उम्कन दिंदैन वनले आधार अरु लिंदैन यो मनले ।।४।।
सुनमा कसि झैं खुल्दै दाग दिलाई कली कली झुल्दै ।
वरिपरि हूँ हूँ गर्छन् मधुकर चारे दिशा रोक्छन् ।।५।।
अभिनव कली खिलेका सहरा सङमा लियेर उर्लेका। ।
वनपादपका विचमा शरण नपापई परुँन थिचमिचमा ।।६।।
ए-कान्त (!) भनी वनमा न संझनू अन्यथा मनमा ।
राख बरु पहरामा बाहु (-) लता पाशले कसी रामा ! ।।७।।
घन घनघटा हगाई बिजुली झैं दिव्य दीप्ति झल्काई ।
वेदाग चाँद-मुहुडा पार्दछ भित्री तमै पनि टुकडा ।।८।।
यो जो-वनको सुष्मा देखी आँखा डुबै वडो सुखमा ।
मह-गो-सरको धारा पाई अब अङ्ग मग्न हुन् सारा ।।९।।
पद-लीलामा करिणी, चल-लोचनको विलासमा हरिणी ।
देख्छु सहेली भोली बोलीमा कोइली होली ।।१०।।
चौआँखी घेरामा मन मुनियाँ फस्छ पीर पिंजरामा ।
तर दिनुपर्दछ खाना सूक्ति-द्रव-दन्त-रश्मिका दाना ।।११।।
स्मितको गरी वहार स्पष्ट गराये मुहारमा हार ।
हर्दैन चित्त कसको राग बढी अधर(-)पानका रसको ।।१२।।
विरही नसही दागी परपर घुम्छन् शशी भई वागी ।
शीतल गर दिललाई वेदागी वदन-चाँदनी छाई ।।१३।।
सोह्र कलैले विधु झन् आश्मान पुगेर चम्कँदै घुम्छन् ।
दुगुना पनी दवाई किन गम्भीर छ मुखेन्दु अझ हाई ।।१४।।
लागी बात अचानक कनक-लताको खुली मुख-स्तवक ।
पारी रसमय सारा बस्र्यो मकरन्द-विन्दुको धारा ।।१५।।
वनवासिनी अकेली के आरामी यहाँ देली ।
वास रुचाउँनु वनको ठान्दछु सौभाग्य यो जनको ।।१६।।
बोली सुनी रसीलो झल्काइ प्रेम चहकीलो ।
मद-न-चढेका जनको देख्छु सफा चित्र उत्रने मनको ।।१७।।
विनकामका त जो छन् लायक पहुनाइमा हुन्छन् ।
यस्ता अतिथि रसीला पाउँनु संयोग(-) भाग्यको लीला ।।१८।।
अतिथि-जनको जवानी हालत नजरैभरी जानी ।
सत्कारमा दिल दिई देह सफा गर्छु काममा लदिई ।।१९।।
झुपडी, पल्लव-शय्या, गोरस, फल, मूल, अन्नमा घय्या ।
यो(-)वनको रस नाना, प्राण पनी गर्छु नजराना ।।२०।।
(स्रोत : कमल दीक्षितद्वारा सम्पादित पुस्तक “सूक्तिसिन्धु (फेरि),जगदम्बा प्रकाशन, २०२४” बाट सभार)