गजल : केही छैन

~सुजन बुढाथोकी ‘कान्छा’~

मैले हेरेकै हु आँखा अन्तै फर्कायौ,केही छैन
आखिर माया नगर्नेलाई मन परायौ,केही छैन

ए ! मन र मुलुकलाइ माया गर्छु भन्नेहरु हो
मेरो देह यो देस तिमिले नै नङ्गग्यायौ, केही छैन

छोरा बुहारिले त म बुढोलाइ गाली गरेकै थिए
छोराकि आमा तिमिले पनि वचन लगायौ,केही छैन

साथी भएर हिजो सङ्गै हिड्ने भनी अङ्गालो मार्यौ
आज बाटो छाती र पार्टी आफै भत्कायौ,केही छैन

आखिर के दिउ के सम्झिउ मृग बगर गए जस्तो
मलाइ सम्झिएर तिमी यस्तो बेलामा आयौ,केही छैन

– रतुवामाइ,मोरङ्ग

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.