कविता : समुद्रलहरी

~वसन्त शर्मा लुइटेल~

सुन सुन पाँच हो ! म केही भन्छू ।
समुद्रका लहरि झैं मनमा गुन्छु ।।
छोटा बडा सबल् भन् भन् भन्छू ।
कर्मविशेषको काज कहन्छु ।।

क्षत्रि र वैश्य ब्राह्मण जाहाँ ।
उत्पत्ति सबको यही लोकमाहा ।।
जन्मदिने भगवान् स्वरुप छ कस्तो ।
बलियो लीखत जस्ताको तस्तो ।।

लिखत् बुझदैन र मनमा गुन्छा ।
तालिवर हुनको सबको मन्छ ।।
सम्पवत्तिको शोकले दिनहुँ रुन्छ ।
भाग्यले दिएदेखि सबैकन हुन्छ ।।

दिन्यादिलाउँन्या धनि छन् जाहाँ ।
कर्मगति लेखिदियो सबैमा ताहाँ ।।
लेख्याको माइन्छ र नरमा आइन्छ ।
मीतिभरिभोग्गरी स्वर्गलोक जान्छ ।।

कर्मविशेषको संगति चाहिन्छ ।
गतिमुक्ति सबैको ताहिं पाइन्छ ।।
चैतन्य ज्योति छरकी न चिताउनू ।
साँचो र सत्यले धर्म चिताउनू ।।

लक्ष्मीको दृष्टिले जहाँसम्म पाउँछ ।
उसै बखत्मा धर्म पनि आाउँछ ।।
लक्ष्मी लडेपछि धन काहाँ पाइन्छ ।
धनविनु धर्म कसो गरी हुन्छ ।।

जाहाँ धरं छ र करं पनि ताहीं ।
कर्मकरतुत मीसिया नाही ।।
कर्म विनाको तर्जूक झूटो ।
जीवनभरी छुटतैन एहि मन्को भूटो ।।

चार जुग सबको येसै गरी जान्छन् ।
आजंबरी पाए झैं मनमा ठान्छन् ।।
नरमा नारायण्‌को खेल्ठूलो येहि हो ।
बखत चिन्यो भन्या ईश्वर तेहि हो ।।

– ‘समुद्रलहरी’ बाट उद्‌धृताँश

(सम्पादक :कृष्ण भक्तिधारा श्रीकृष्णको जीवनसँग सम्बन्धित विविध पक्षलाई विषयवस्तु बनाई आफ्ना भावना व्यक्त गर्ने कविहरुमा वसन्त शर्मा लुइटेल प्रमुख तथा केन्द्रीय प्रतिभा हुनुहुन्छ । उहाँका समुद्रलहरी खण्डकाव्य र कृष्णचरित्र खण्डकाव्य(१८८२) दुई कृति रहेकाछन् । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.